साउन १५, काठमाडौँ । काठमाडौँमा भूकम्पको धक्का महसुस भएको छ । आइतबार बिहान करिब सवा आठ बजे भूकम्पको धक्का महसुस गरिएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले केहीबेर अघि गएको भुकम्पंको मापन ६ म्याग्निच्यूडको रहेको बताएका छन् । अधिकारीका अनुसार खोटाङको मार्तिम बिर्ता केन्द्रबिन्दु भएर बिहान ८ बजेर १३ मिनेटमा ६ म्याग्निच्यूडको भूकम्प मापन भएको हो । भूकम्पको धक्का काठमाडौँमा समेत महशुस भएको थियो । साथै यसको धक्का पूर्वी नेपालमा अझै कडा महसुश भएको थियो ।
भूकम्पबाट के कति क्षति भयो भन्नेबारे खुलिसकेको छैन ।