२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विल भन्छन्–ओस्कारमा मानसिक सन्तुलन गुमाएको थिएँ

२०७९, १५ श्रावण आईतवार ०९:४२

साउन १५, न्युयोर्क | बलिउड अभिनेता विल स्मिथ ओस्कार अवार्डमा कमेडियन क्रिस रकलाई थप्पड हिर्काएपछि लगातार चर्चामा छन् । यो घटनाको ४ महिनापछि अभिनेताले सामाजिक सञ्जालमार्फत एक भिडियो जारी गर्दै क्रिससँग पुनः एकपटक माफी मागेका छन् । भिडियोमा उनले आफूले क्रिससँग नियमित कुरा गर्ने कोशिस गरे पनि क्रिस यो कुरामा तयार नभएको दाबी गरेका छन् ।

विलले केही कुरा लेख्दै भिडियो सेयर गरेका छन् । ‘म पछिल्लो केही महिनादेखि धेरै कुरा सोचिरहेको छु र यसमा काम पनि गरिरहेको छु । तपाईंहरुले मलाई केही प्रश्न सोध्नुभयो । म आज त्यसको जवाफ दिन्छु । ओस्कार अवार्डमा मैले मानसिक सन्तुलन गुमाएको थिएँ । थाहा छैन मैले के सोचिरहेको थिएँ, धेरै अलमलमा पनि थिएँ’,उनले लेखेका छन् ।

उनले आफूले क्रिसको मोबाइलमा कुराकानी गर्न सन्देश पठाएको उल्लेख गरेका छन् । तर, उनी कुराकानी गर्न तयार नभएको विलको गुनासो छ । उनका अनुसार क्रिसले विललाई ‘जब म कुरा गर्ने स्थितिमा आउँछु, तब तपाईंसँग कुरा गर्नेछु’ भनी सन्देशको जवाफ पठाएका छन् ।

‘क्रिस म तपाईंसँग माफी पनि माग्न चाहन्छु । मलाई थाहा छ मेरो व्यवहार स्वीकार गर्न लायक थिएन । तपाईंलाई जहिल्यै कुरा गर्न मन लाग्छ, म यहीँ छु’, उनले भनेका छन् ।

विलले ओस्कार अवार्ड २०२२ को समयमा क्रिसमाथि थप्पड हिर्काएका थिए । क्रिसले विलकी पत्नीको मुण्डन रोगको बारेमा मजाक गरेपछि विल रिसाएका थिए । सँगै रहेकी श्रीमतिमाथि मजाक गरेपछि विल स्टेजमै गएर क्रिसमाथि थप्पड हिर्काएका थिए ।

क्रिसलाई हानेपछि विलले मार्च २९ मा एकेडेमी अफ मोसन पिक्चरबाट राजीनामा दिएका थिए । विलले यसअघि पनि क्रिससँग पटक–पटक माफी मागिसकेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी