२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विल भन्छन्–ओस्कारमा मानसिक सन्तुलन गुमाएको थिएँ

१५ श्रावण २०७९, आईतवार ०९:४२

साउन १५, न्युयोर्क | बलिउड अभिनेता विल स्मिथ ओस्कार अवार्डमा कमेडियन क्रिस रकलाई थप्पड हिर्काएपछि लगातार चर्चामा छन् । यो घटनाको ४ महिनापछि अभिनेताले सामाजिक सञ्जालमार्फत एक भिडियो जारी गर्दै क्रिससँग पुनः एकपटक माफी मागेका छन् । भिडियोमा उनले आफूले क्रिससँग नियमित कुरा गर्ने कोशिस गरे पनि क्रिस यो कुरामा तयार नभएको दाबी गरेका छन् ।

विलले केही कुरा लेख्दै भिडियो सेयर गरेका छन् । ‘म पछिल्लो केही महिनादेखि धेरै कुरा सोचिरहेको छु र यसमा काम पनि गरिरहेको छु । तपाईंहरुले मलाई केही प्रश्न सोध्नुभयो । म आज त्यसको जवाफ दिन्छु । ओस्कार अवार्डमा मैले मानसिक सन्तुलन गुमाएको थिएँ । थाहा छैन मैले के सोचिरहेको थिएँ, धेरै अलमलमा पनि थिएँ’,उनले लेखेका छन् ।

उनले आफूले क्रिसको मोबाइलमा कुराकानी गर्न सन्देश पठाएको उल्लेख गरेका छन् । तर, उनी कुराकानी गर्न तयार नभएको विलको गुनासो छ । उनका अनुसार क्रिसले विललाई ‘जब म कुरा गर्ने स्थितिमा आउँछु, तब तपाईंसँग कुरा गर्नेछु’ भनी सन्देशको जवाफ पठाएका छन् ।

‘क्रिस म तपाईंसँग माफी पनि माग्न चाहन्छु । मलाई थाहा छ मेरो व्यवहार स्वीकार गर्न लायक थिएन । तपाईंलाई जहिल्यै कुरा गर्न मन लाग्छ, म यहीँ छु’, उनले भनेका छन् ।

विलले ओस्कार अवार्ड २०२२ को समयमा क्रिसमाथि थप्पड हिर्काएका थिए । क्रिसले विलकी पत्नीको मुण्डन रोगको बारेमा मजाक गरेपछि विल रिसाएका थिए । सँगै रहेकी श्रीमतिमाथि मजाक गरेपछि विल स्टेजमै गएर क्रिसमाथि थप्पड हिर्काएका थिए ।

क्रिसलाई हानेपछि विलले मार्च २९ मा एकेडेमी अफ मोसन पिक्चरबाट राजीनामा दिएका थिए । विलले यसअघि पनि क्रिससँग पटक–पटक माफी मागिसकेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा रु ६७ लाखको क्षति सशस्त्रद्वारा दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रस्तुत अमेरिकी व्यापार नीतिको असर, जर्मनीको वृद्धि दर घट्ने सङ्केत ट्रकमा कार ठोक्किँदा वृद्धको मृत्यु जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ घाइते हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड मन्त्रिपरिषद् विस्तार हुँदै, थपिए चार मन्त्री ‘अण्डा’को लागत मूल्य बढ्यो सुनचाँदीको मूल्य निरन्तर उकालोतिर नागढुङ्गा मलेखु सडकखण्ड : शुक्रबार र शनिबार आंशिक बन्द नहुने