१० मंसिर २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यस्तो छ तपाइँको आजको राशिफल

१७ श्रावण २०७९, मंगलवार ०७:४६

साउन १७, काठमाडौँ | आजको पात्रो आज साउन  १७, २०७९, ,मंगलबार ।   तद्अनुसार अगस्ट महिनाको २ तारिक २०२२ । श्रावण शुक्लपक्ष पञ्चमी तिथि । आजको दिनलाई नागपञ्चमी भनिन्छ । सनातन मान्यताअनुसार आज घरको मुल ढोकामा नागको तस्वीर टाँस्ने गरिन्छ । आज विहान सर्योदय ५ः२८ मा हुनेछ भने ६ः५३ मा सूर्यास्त हुनेछ । आज चन्द्रमा कन्या राशिमा रहेको छ । आजको देवता मित्र र ग्रहदेव बुध रहेको छ । मंगलबारको दिन गणेश र हनुमानको आरधना गर्दा मनमा सन्तोष छाउने छ । आजको दिन विशेष दिन हो । दिनभर नैं शुभ मानिन्छ । मंगलबारको दिन नयाँ शुभकार्य गर्दा राम्रो हुनेछ ।

आजको राशिफल ः

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)

मेष राशि भएका जातको लागि हरेक मंगलवारको दिन नयाँ कामको शुरुवात गर्न सक्नेछन् । धनलाभ, स्वास्थ्यमा प्रतिकुलता र विजयप्राप्त हुनेछ । शत्रुमाथिको विजयप्राप्ति हुने भएपनि आर्थिक व्याय र हानी हुने देखिन्छ । विलासिताको सामान खरिद र यात्रामा जाँदा अर्थहानी हुने संभावना रहन्छ । तपाईको आजको दिन मौन रहनु उत्तम हुनेछ ।

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)

अध्ययन अध्यापनमा समय दिनुभयो भने मनमा चिन्ता हटदै जानेछ । आजको दिन यात्रा गर्न खोज्नु भएको छ भने त्यति फलदायी भन्दा यात्रा कष्टकर हुनेछ । यदी यात्रा गर्नै पर्ने छ भने पूर्व दिशा तर्फ फर्केर यात्रा शुरुवात गर्नुहोला । सामाजिक सेवा र अध्यात्म सेवाको काममा मन लगाउनु होला । बालक, बृद्धलाई भोजन र बस्त्र दान गर्नुभयो भने तपाईको मन खुसी हुनेछ । विहान सूर्योदयको दर्शन गर्नु उत्तम हुनेछ ।   

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)

आजको दिन परिवार र आफन्तजनमा विवाद हुनसक्छ । त्यसैले मिथुन राशि भएका जातकले आजको दिन मौन रहनु ठीक होला । ब्यापार ब्याबसायमा रहेका साझेदारसँग अनावश्यक विवाद उत्पन्न हुनसक्छ त्यसैले मौन रहेर काम गर्दा तपाईलाई निकै फाइदा हुन्छ । आवश्यक भन्दा बढी नबोल्ने,आफ्नो नियमित काम मात्र गर्ने, नयाँ कामको शुरुवात नगर्नुहोला ।  

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)

तपाईको लागि आजको दिन अनुकल देखिन्छ । धनप्राप्तिको योग  छ । नयाँ वस्त्र खरिद गरेर लगाउन सक्नुहुनेछ । आफन्त र मित्रजनबाट साथ सहयोग पाउनुहुनेछ । निराशा हटेर आशाका किरणहरु फैलने छन् । अर्थकारोबार गर्दा विचार गर्नुहोला । कसैलाई दिनुभएको सापटी रकम समेत तपाईले पाउनुहुनेछ । कसैमाथि नकारात्मक सोचर काम नगर्नुहोला ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)

आजको दिन तपाईले घर परिवार र मित्रहरुसँग अनावश्यक विवाद हुनसक्छ त्यसैले सिह राशिका जातकले विचार गर्नुहोस् । लामो दुरीको यात्रा पनि नगर्दा वेश हुनेछ । स्वास्थ्यमा प्रतिकुल असर र आर्थिक व्यय हुने संभावना बढी छ । अध्ययन अध्यापनको काममा बाधा उत्पन्न हुनसक्छ । तपाईले विश्वास गरेको मित्रबाट तपाईलाई धोका हुनसक्छ । परिवारका सदस्यहरुसँग विवाद हुनसक्छ ।  

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)

दाम्पत्य जीवनमा सुख, समृद्धि हुने योजना तय हुन सक्छ ।  मंगलवारका दिन कुनै नयाँ काम शुरुवात र मान सम्मान समेत मिल्नेछ । तपाईले गरेको कामको मान सम्मान र व्यबसायमा समेत सोचेभन्दा बढी फाइदा हुनेछ । आजको दिन तपाईले केही कन्याहरुलाई फलफूल उपहार दिनु भयो भने तपाईको मनमा प्रशन्नता छाउनेछ । चन्द्रमाको साथ रहेको छ ।

तुला (रा.री.रु.रे.रो.ता.ती.तु.ते)

आजको दिन त्यति समय अनुकुल देखिदैन । अनावश्यक यात्रा र अनावश्यक खर्च ब्यबभार बढ्ने छ । आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला । परिवारका सदस्यहरुमा समेत स्वास्थ्य समस्या हुनसक्छ त्यसैले आजको दिन तुला राशिको जातकहरुले कुनै पनि काम गर्दा ध्यान दिनुहोला । तपाईले सोचअनुसार काम नहुँदा तपाईको मनमा अनेक प्रश्न उठनसक्छन् ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)

ब्यापार ब्याबसायबाट लाभ हुने देखिन्छ । स्त्रीबाट साथ सहयोग मिल्नेछ । घरबाट बाहिर निस्कदा आमा, श्रीमति, छोरीहरुलाई जानकारी दिएर काममा निस्कनु भयो भने आजको दिन तपाईको कार्य सफलता मिल्नेछ । आफन्त र मित्रजनहरुले भेटघाट र भोजनका लागि अनुरोध समेत गर्नेछन् । सरकारी काममा अवरोध आएको छ भने आज काम छिटो हुनसक्छ । 

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) 

तपाईले गरिरहनु भएको कामबाट आजको दिन  सफलता मिल्नेछ । तपाईलाई साथ सहयोग दिने कुनै एकजना मित्र र आफन्तलाई आजको दिन भेट गर्नुभयो भने तपाईलाई सकारात्मक उर्जा भरिने छ । आजको दिन कसैलाई धन सापटी दिनुभयो भने फिर्ता हुने संभावना कम हुन्छ । व्यापार ब्यबसायमा तपाईले गरेको लगानीमा राम्रो प्रतिफल प्राप्त हुनेछ ।  

मकर भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)

मकर राशिका जातकले आजको दिन अध्यात्मिक कार्य गर्दा मनमा प्रसन्नता छाउने छ । आज तपाईको सोचका आधारमा काम सफल हुनेछ ।  तपाईले आज आफ्नो बसोबास भएकोे स्थानमा रहेको मठ मन्दिर वा गणेशको मन्दिरको दर्शन र हुनमान चालिसा पाठ गर्ने वा सुन्ने मात्रले पनि तपाईलाई उर्जा थप हुनेछ । गणेशको मन्दिरको परिक्रमा गर्नुहोला ।  

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)

समय गणनाअनुसार आजको दिन अनुकुल देखिदैन, नियमित काम बाहेक अन्य काममा त्यति ध्यान नदिनु होला । यात्रा गर्नुभन्दा पहिले पूवै तयारी गर्नुहोला । आकस्मिक समस्या र मनमा अशान्त छाउने छ । तपाईले सोचअनुसारको काममा कठिनाई हुनेछ । यदी व्यापार ब्याबसायमा हुनुहुन्छ भने धैर्यपूर्वक कार्य गर्नुहोला । आजको दिन तपाईले बालकलाई भोजन गराउनु भएकामा मनमा शान्ति मिल्नेछ । 

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)

दाम्पत्य जीवनमा सुख प्राप्तिका लागि परिवारका सदस्यहरुसँग यात्रा गर्नुहोला । घरमा खानेकुरा किनेर ल्याइदा परिवारमा हर्ष छाउने छ । मीन राशिका जातकले मंगलवारको दिन लेख्ने र पढ्ने कामको शुरुवात गर्नसक्नुहुन्छ । कुनै नयाँ पुस्तक खरिद, बस्त्र खरिद र दान र शिवालय रदेवालयमा गएर भोकाहरुलाई खानेकुरा खान दिनुभयो भने तपाईको उन्नती र प्रगति हुँदै जानेछ । सिर्जनात्मक कार्यमा सहभागी हुँदा नयाँ उत्साह थपिने छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईँलाई थप ५ दिन हिरासतमा राख्नअदालतले दियो अनुमति रुखले च्यापिएर एकको मृत्यु, दुई घाइतेको हेलिकोप्टरबाट उद्धार गरिँदै जीपीएसकाे भर पर्दा कार नदीमा खस्याे, तीन जनाको मृत्यु प्रदर्शनको २४ दिनसम्म ‘पूर्णबहादुरको सारंगी’ले कमायो साढे ४३ करोड आईपीएल इतिहासकै महँगा खेलाडी बने श्रेयस अय्यर अस्ट्रेलियाको राजदूतमा चित्रलेखा यादव नियुक्त फिल्म तेल भिसाको शुरुवाति कमाई कस्तो ? रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अदालतको अनुमति मृत्युपश्चात अंग दान गर्नेका परिवारलाई २ लाख दिने स्वास्थ्यमन्त्रीको निर्णय एमालेद्वारा काठमाडौं महानगरको जरिवाना पत्र बुझ्न अस्वीकार, त्यसै फर्कियो महानगर टोली एमालेले काठमाडौं महानगरको जरिवाना नतिर्ने दुर्गा प्रसाईँको बन्दीप्रत्यक्षीकरण मुद्दा: सरकारको नाममा कारण देखाउ आदेश जारी एनपीएल खेल्न नेपाल आइपुगे काठमाडौं गुर्खाजका माइकल लेभिट हिरासतबाट दुर्गा प्रसाईँको पत्र, लेख्छन्- प्रमाण सत्य हो, कम्बोडिया लगानीबारे छानबिन गरियोस् गेस्ट हाउसमा दम्पत्तीको शव फेला, क्यानडाबाट दुई वर्षपछि शनिबार मात्रै फर्किएका थिए मानव इतिहासकै सबैभन्दा धनी व्यक्ति बने मस्क रास्वपाका नेताविरुद्ध अदालतको अवहेलना मुद्दाको पेशी न्यायाधीशद्वय फुयाल र ढकालको संयुक्त इजलासमा आज तोलामै १७ सयले बढ्यो सुनको मूल्य, चाँदी पनि महँगियो मलेसियाका पेट्रोल पम्पहरुमा काम गर्न विदेशी कामदारलाई खुला अनुसन्धानको म्याद सकिएकाले आज फेरि रविलाई कास्की अदालत उपस्थित गराइँदै