२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हलिउड र बलिउड सिनेमाले ओगट्ने मुम्बइका प्रचार बाेर्डमा नेपाल सिनेमा ‘प्रेम गीत ३’ को पोष्टर

१७ श्रावण २०७९, मंगलवार ११:२४

साउन १७, काठमाडौं | नेपाली चलचित्र ‘प्रेम गीत ३ ’को पोष्टरले अहिले भारतका विभिन्न शहर रंगिएका तस्बिरहरू सार्वजनिक भइरहेका छन् । बलिउडका चर्चित निर्देशक, कलाकारले पनि यो तस्बिरहरूलाई राखेर सामाजिक सञ्चालमा चर्चा गरिरहेका छन् । 

नेपाल बाहिरका ठूला हलमा यसरी पहिलो पटक नेपाली चलचित्र प्रदर्शन हुन लागेकाे प्रेम गीत ३ का निर्देशक सन्तोष सेनको दाबी छ । उनी अब भारतका विभिन्न सहरमा नेपालीपन बोकेर नेपाली सिनेमा पुग्ने बाटो खुलेको बताउँछन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘नेपाली स्वाद चखाउने गरी पुग्दैछौँ । मुम्बई सपनाको शहर हो । दिनरात जाग्राम रहने मुम्बई हामीहरूको सपना पूरा गर्ने शहर पनि हो ।’

बलिउड र हलिउड फिल्मका पोस्टर टाँसिने स्थानमा अहिले नेपाली फिल्म प्रेम गीत ३ ले ओगटेको भन्दा खुसी साटेका छन् । उनले लेखेका छन्, ‘म आफ्नै चलचित्र भएर बहकिएको होइन, एउटा नेपाली फिल्मको दर्शकको तर्फबाट सोच्दा पनि यो सामान्य पहलबाट सम्भव हुने बिषय होइन । र, आम नेपालीका लागि ठूलो खुसी र गौरवको कुरा हो ।’

उनले संघर्षका अनेकौं पहाड छिचोल्दै विश्व चलचित्रको समुन्द्रमा हाम फालेको बताएका छन् । आफू र आफ्नो टिमको शाहसका कारण नेपाली फिल्मलाई विश्वभरका दर्शकसम्म पुराउने ठुलो जोखिम मोलेका बताएका छन् । 

उनले प्रेम गीत ३ भारतीय बजारमा मात्रै नभएर संसारभरका दर्शकसम्म पुग्दै गरेको जनाएका छन् । उनले भनेका छन्, ‘नेपालकै लोकेसन, नेपालकै कथा, नेपालकै कलाकार, नेपालकै प्राविधिकको वर्षौसम्मको मिहिनेत बलिउड बजार मात्रै होइन संसारका अत्याधुनिक दर्जनौं मल्टिप्लेक्समा नयाँ मेनुको रुपमा पुग्दैछ । यदि यो सबैको रोजाइमा पर्यो भने हाम्रा परिकार मज्जाले बिक्ने छन् । त्यसको फाइदा हामी सबै जसले नेपाली फिल्ममा काम गरेका छौं, उहांहरूलाई हुने हो ।’

साउथ, तमिल लगायतका चलचित्रले जसरी बलिउड र एशियन फिल्ममा आफ्नो दबदबा सुरु गरेको छ, त्यो सपना पनि हामीले देख्न बेला भएको उनको भनाइ छ । 

बलिउडका फिल्मकर्मी, अग्रज पत्रकार, बलिउड फिल्मका दर्शकबाट मिठो साथ र सपोर्ट पाएको उनको भनाइ छ । आगामी २३ सेप्टेम्बरदेखि यो सिनेमा रिलिज हुँदैछ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा रु ६७ लाखको क्षति सशस्त्रद्वारा दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रस्तुत अमेरिकी व्यापार नीतिको असर, जर्मनीको वृद्धि दर घट्ने सङ्केत ट्रकमा कार ठोक्किँदा वृद्धको मृत्यु जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ घाइते हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड मन्त्रिपरिषद् विस्तार हुँदै, थपिए चार मन्त्री ‘अण्डा’को लागत मूल्य बढ्यो सुनचाँदीको मूल्य निरन्तर उकालोतिर नागढुङ्गा मलेखु सडकखण्ड : शुक्रबार र शनिबार आंशिक बन्द नहुने