२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यस्तो छ तपाइँको आजको राशिफल

१८ श्रावण २०७९, बुधबार ०२:३२

साउन १८, काठमाडौँ | आजको पात्रो: आज १८ साउन २०७९, बुधबार । तद्नुसार अगष्ट महिनाको ३ तारिक २०२२ । श्रावणशुक्लपक्ष षष्ठी, बालव करण, हस्त नक्षत्र, सिद्ध योग, चन्द्रमा कन्या राशिमा रहेको छ । आज विहान सूर्योदय ५ः२८ र सूर्यास्त ६ः५२ मा हुनेछ । आजको देवता कार्तिकेय, र ग्रहदेव केतु रहेको छ । बुधबारको दिन घर गृहस्थ सम्बन्धी कार्य गर्दा शुभ हुनेछ । आज विहान ११ः४४ देखि १२ः३७ सम्मको समय अभिजित मुहूर्त रहेको छ । यो समयमा शुभकार्य गर्दा राम्रो हुनेछ । विहान १२ः११ देखि १ः५१ सम्मको समय राहुकाल रहेको छ । यो समयमा कुनै पनि शुभकार्य गर्नुहुँदैन । बुधबारको दिन आर्थिक कारोबारको लागि शुभ मानिन्छ ।  

आजको राशिफल ः

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)

मेष राशिको जातकको लागि आजको दिन आकस्मिक अर्थलाभ हुनेछ । दाम्पत्य जीवनमा खुसियाली र सुखद यात्रा हुने देखिन्छ ।आफ्नो स्वास्थ्यमा ध्यान दिनु होला । मित्रजन र घर परिवारबाट साथ सहयोग मिल्नेछ । विगतमा रोकिएका कामहरु सम्पन्न हुनेछ ।

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)

तपाईले आजको दिन विगतमा गरेको कामबाट मानसम्मान मिल्नेछ । शत्रुमाथि विजयप्राप्ति हुनेछ । आर्थिक हानी लाभ दुवै हुनसक्ने छ । त्यसैले आजको दिन खर्च हुने काममा सोच पुर्‍याउनु होला । मनमा अनेक कुरा खेल्नेछन् । आफन्तजनसँग वादविवाद हुनसक्छ । आजको दिन मौन रहनु उत्तम हुनेछ ।   

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)

आजको दिन यात्रा गर्न लाग्नु भएको छ यात्रा कष्टकर हुनेछ । मनमा अशान्ति छाउने छ । अध्ययन अध्यापनको काममा लाग्नु वेश हुनेछ । ध्यान साधनामा समय विताउनु भयो भने मनमा उर्जा प्राप्त हुनेछ । सकारात्मक सोच राखेर अघि बढ्नु राम्रो हुनेछ । कसैसँग पनि विवाद नगर्नुहोला । आफ्नो नियमित काममा मात्र ध्यान दिनुहोला ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)

आजको दिन कर्कट राशिका जातकका लागि पारिवारिक समस्याका कारण मनमा अनेक चिन्ता हुनसक्छ । आजको दिन मौन रहनु होला । कसैसँग पनि वादविवाद गर्दा तपाईको लागि अपजस आउनसक्छ । त्यसैले आजको दिन मेरो लागि यस्तै नियमको पालना गर्नु ठीक छ भनेर पालना गर्नुहोला ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)

तपाईलाई आज आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुनेछ । यात्राका समस्या हुनसक्छ । परिवारको साथ पाउने योग रहेको छ । तपाईले गर्नुभएको कामबाट सन्तुष्ठ प्राप्ति होला । सकारात्मक सोच लिनु वेश हुनेछ । कसैसँग पनि विवाद नगर्नुहोला । मौन रहनु, आफ्नो काममा मात्र ध्यान दिनु । वादविवाद हुने काम नगर्दा राम्रो हुनेछ |

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)

मानसिक असन्तोष, परिवारमा विवाद हुनसक्ने भएकाले परिवारका सदस्य र आफ्ना इष्टमित्रसँग विवाद नगर्नुहोला । कुनै नयाँ काम गर्न आटनुभएको छ भने बाधा आउनसक्छ । आफूले गरिरहेको नियमित काममा खुसी खोज्नुहोस् । सकारात्मक सोच र देवालय शिवालयको दर्शन गर्नुहोला । चन्द्रमाको साथ रहेको छ । विहानको सूर्योदयको दर्शन गर्नुहोला । 

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)

तपाईले आजको दिन शुरु गरेको काम सफल हुनेछ । तपाईले आज सबैको भलाइ हुने काम गर्दा वेश हुनेछ । सामाजिक काममा लाग्ने गर्नुभएको छ भने मानसम्मान प्राप्त हुनेछ । परिवार र आफन्तजनले तपाईले गरेको कामको निकै प्रसंशा गर्नेछन् । सरकारी काम रोकिएको छ भने शुरु गर्दा राम्रो हुनेछ । साथै नयाँ कामको पनि थालनी हुन सक्नेछ ।   

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)

समय अनुकुल छैन भन्ने जानेर स्वास्थ्यमा ध्यान दिनुहोला । यात्रामा अनावश्यक समस्या आउनसक्छ । स्वाथ्स्यमा विशेष ख्याल राख्नुहोला । तपाईले समय खर्च गरेर गरेको कामबाट सफलता प्राप्त नहुनसक्छ । त्यसको कारण तपाईमा चिन्ता उत्पन्न हुनसक्छ ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)

तपाईलाई व्यापार ब्यबसायबाट लाभ हुनेछ । सन्तानबाट साथ सहयोग, परिवारबाट नयाँ कार्ययोजना र आफन्तजनको  सहयोग हुनेछ । धनु राशिका जातकको लागि आजको दिन कुमारी कन्याहरुलाई भोजन र दान दिनुभएकामा तपाईको उन्नती र प्रगतिको बाटोहरु खुल्नेछन् ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)

सातामा आजको दिन कार्यसिद्धि हुनेछ । तपाईले गर्नु खोज्नुभएको काममा सफलता प्राप्त हुनेछ । यात्रा गर्नुअघि एकपटक सोच्नुहोला । यदी यात्रा गर्नुछ भने पूर्व तर्फ फर्केर शुरुवात गर्नुहोला । परिवारका सदस्यहरुको साथ सहयोगले नयाँ काम हुनेछ । चन्द्रमाको साथ रहेको छ । विहानको सूर्योदयको दर्शनपछि शुरु गरेको काम सफल हुनेछ ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)

कुम्भ राशिका जातकको लागि आजको दिन स्वास्थ्यसमस्या हुनसक्छ । मनमा अशान्ति जाग्नेछ । यस्तो अवस्थामा तपाई आफूबसेको स्थान नजिकको मठ मन्दिर जा देवालयमा जानु होला । आजको दिन अनावश्यक आरोप पनि लाग्न सक्छ । परिवारका सदस्यहरुले तपाईमाथि अनावश्यक आरोप पनि लगाउन सक्छन् ।

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)

विहान सूर्योदयको दर्शन गर्न उत्तम हुनेछ । काममा धैयता र नियमित काम बाहेक नयाँ काम नगर्नुहोला । ब्यापार ब्यबसायमा लाभ हुनेछ । शिवालय यात्रा फलदायी हुनेछ । अध्ययन अध्यापनमा सफलता मिल्नेछ । आजको दिन घर गृहस्थको लागि केही नयाँ सामग्री खरिद गर्न सक्नुहुनेछ । शिवालयको यात्राका लागि जानुहोला ।


 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता