साउन १८, मुम्बई | साउथ स्टार नागा चैतन्य आफ्नो फिल्मभन्दा बढी व्यक्तिगत जीवनका कारण चर्चामा आउँछन् ।

गत वर्षको अक्टोबरमा नागा र उनकी अभिनेत्री सामन्था रुथ प्रभु अलग्गिएका थिए । सामन्थासँग अलग्गिएपछि नागा अहिले अभिनेत्री शोभिता धूलीपालासँग डेट गरिरहेका छन् । हालैको एक अन्तर्वार्तामा उनले शोभिातसँग डेटलाई पुष्टि गरेका छन् ।

उनी अभिनित फिल्म ‘लाल सिंह चड्डा’को अन्तर्वार्ताका क्रममा शोभितासँगको सम्बन्धलाई लिएर सोधिएको प्रश्नमा उनले मुस्कुराएर डेटमा रहेको पुष्टि गरेका हुन् । एक महिनाअघि नागा र शोभिता एकसाथ कारमा भेटिएका थिए ।

नागाले अन्तर्वार्तामा आफ्नो ‘क्रश’ अभिनेत्री कैटरिना कैफ रहेकोसमेत खुलाएका छन् । उनले कैटरिनाको करियरको सुरुवातदेखि अहिलेसम्म आफूले नजिकबाट नियालिरहेकोले उनी आफ्नो ‘क्रश’को भएको दाबी गरेका छन् ।

आमिर खानको फिल्म ‘लाल सिंह चड्डा’मा नागा र आमिरसँगै करिना कपूर, मानव विज र मोना सिंहको अभिनय छ । यो फिल्म सन् १९९४ मा रिलिज ओस्कार विजेता हलिउड फिल्म ‘फरेस्ट गम्प’को अफिसियल हिन्दी रिमेक हो ।

You Might Also Like
अछाम - ACMअर्घाखाँची - AGKइलाम - ILMउदयपुर - UDPओखलढुङ्गा - OKLकन्चनपुर - KNCकपिलवस्तु - KPLकाठमाडौँ - KTMकाभ्रेपलान्चोक - KVPकालिकोट - KLKकास्की - KSKकैलाली - KLLखोटाङ्ग - KTGगुल्मी - GLMगोरखा - GRKचितवन - CTWजाजरकोट - JKTजुम्ला - JMLझापा - JPडडेलधुरा - DDLडोटी - DTडोल्पा - DLPतनहुँ - TNHताप्लेजुङ्ग - TPLतेह्रथुम - TRTदाङ्ग - DNGदार्चुला - DCLदैलेख - DLKदोलखा - DLKHधनकुटा - DNKधनुषा - DNSधादिङ्ग - DHGनवलपुर - NWLनुवाकोट - NWKपर्बत - PBTपर्सा - PRSपश्चिमी रुकुम - RKMपाँचथर - PCTपाल्पा - PLPप्युठान - PTNबझाङ्ग - BJNबर्दिया - BRDबाँके - BNKबाग्लुङ्ग - BGLबाजुरा - BJRबारा - BRबैतडी - BTDभक्तपुर - BKTभोजपुर - BJPमकवानपुर - MKWमनाङ्ग - MNGमहोत्तरी - MHTमुगु - MGमुस्ताङ्ग - MSTमोरङ्ग - MRGम्याग्दी - MGDरसुवा - RSWरामेछाप - RMCरुपन्देही - RPDरोल्पा - RLPरौतहट - RTHलम्जुङ्ग - LMGललितपुर - LLTसङ्खुवासभा - SKWसप्तरी - SPTसमाजसर्लाही - SLHसल्यान - SLNसिन्धुपाल्चोक - SDPसिन्धुली - SDLसिराहा - SRHसुनसरी - SNSसुर्खेत - SKTसोलुखुम्बु - SLKस्याङ्गजा - SNJहुम्ला - HML