२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हाफ-पाइन्टका टाँकमा सुन लुकाएर ल्याउने एक जना पक्राउ

२०७९, १८ श्रावण बुधबार ०८:४२

साउन १८, काठमाडौं | साउन १८, काठमाडौं | हाफ-पाइन्टका टाँकभित्र सुन लुकाएर ल्याउने एक जना भारतीय नागरिक पक्राउ परेका छन्। 

मंगलबार दिउँसो १ बजे काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतीय नागरिक डेभिड मक्करलाई पक्राउ गरेको प्रमुख भन्सार प्रशासक महेश भट्टराईले जानकारी दिए।

थाई स्माइल एयरलाइन्सको उडानमार्फत बैंककबाट काठमाडौं आएका मक्कर भन्सार छलेर सुन ल्याएको आरोपमा पक्राउ परेका हुन्।

उनले ल्याएका पाँच वटा हाफ-पाइन्टमा अस्वाभाविक संख्यामा टाँक राखिएको थियो। ती टाँकभित्र स-साना रिङ बनाएर ४२६ ग्राम सुन ल्याएको पाइएको हो। 

उनलाई नियन्त्रणमा लिएर भन्सार ऐन बमोजिमको कारबाही सुरू गरिएको प्रमुख भन्सार प्रशासक भट्टराईले बताए। 


मक्करले रेडिमेड हाफ-पाइन्टमा धातुले बनेका प्रत्येक टाँकमा दुई वटा सुनका रिङ राखेर ल्याएका थिए। भट्टराईका अनुसार उनीबाट बरामद भएको सुनको बजार मूल्य करिब ३५ लाख रूपैयाँ छ। 

उनले आफू एक्लैले यो कसुर गरेका हुन् वा अन्य व्यक्तिको पनि संलग्नता छ भन्ने विषयमा थप अनुसन्धान भइरहेको भन्सार कार्यालयले जनाएको छ। 

मक्करलाई अहिले नेपाल प्रहरीको हिरासतमा राखिएको छ। 

उनीबाट बरामद भएको सुन जफत, बिगोसहित ३५ लाख जरिवाना र ३ महिनासम्म कैद सजाय हुन सक्ने कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल