२०८२, २० चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पदका लागि जे पनि गर्न तयार हुने प्रवृत्तिले कम्युनिष्ट पार्टीभित्र विचलनः उपाध्यक्ष पौडेल

२०७९, १८ श्रावण बुधबार ०९:५२

साउन १८, बुटवल | एमालेका उपाध्यक्ष विष्णु पौडेलले पदका लागि जे पनि गर्न तयार हुने प्रवृत्तिले कम्युनिष्ट पार्टीभित्र विचलन देखिएको बताएका छन् ।

'समृद्ध नेपाल सुखी नेपाली'को सपनाभित्र जीवराज आश्रितको दृष्टिकोण विषयक गोष्ठीमा नेता पौडेलले पद प्राप्ती नै सबैथोक हो भन्ने प्रवृत्ति कम्युनिष्ट पार्टीमा लागेकाहरूले त्याग्नुपर्ने बताए ।


माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालप्रति लक्षित गर्दै उनले पदका लागि नै शक्तिशाली कम्युनिष्ट पार्टी विभाजन गरिएको दाबी गरे । 'कम्युनिष्ट पार्टी विभाजित हुनुमा दलीय लालचा बाहेक अरु केही थिएन, शक्तिशाली अवस्थामा पुगेको कम्युनिष्ट पार्टीलाई पदका लागि विभाजन गर्नु दुर्भाग्यपूर्ण थियो,' उनले भने ।

उनले स्वर्गीय आश्रितबाट अहिलेका समकालीन नेताहरूले त्याग र र विचारको राजनीतिक संस्कार सिक्नु जरुरी रहेको पनि बताए । 'जीवराजका बहुआयामिक योगदान छन्, कम्युनिष्ट आन्दोलनमा लागेकाहरुले उहाँबाट त्याग र विचारको राजनीति सिक्नुपर्छ, तबमात्रै कम्युनिष्ट पार्टीले लिएको लक्ष्य र उद्देश्य पूरा हुन्छ,' उपाध्यक्ष पौडेलले भने ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक अचलराज पाण्डेले समृद्ध नेपाल सुखी नेपालीको सपनाभित्र आश्रितको दृष्टिकोण विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । उनले अहिलेको पुस्ताले उहाँका योगदानबारे थाहा पाउन र बाटो पछ्याउन आवश्यक रहेको बताए । मुलुकको आर्थिक अवस्था र समुन्नत समाज निर्माणका लागि आश्रितले अपनाएको दृष्टिकोण अहिले पनि उत्तिकै सान्दर्भिक रहेको उनको भनाइ छ ।  

कार्यपत्रमाथि टिप्पणी गर्दै युवा विश्लेषक तथा प्राध्यापकद्वय माधव पौडेल र हुमराज भुसालले स्वर्गीय आश्रितको अर्थराजनीतिप्रतिको दृष्टिकोणलाई अहिलेको राजनीतिक नेतृत्वले कार्यान्वयन गर्न सक्ने हो भने मात्रै पनि मुलुक समृद्धिको यात्रामा अगाडि बढ्ने बताएका थिए ।

कार्यक्रममा आश्रित स्मृति प्रतिष्ठानका संस्थापक अध्यक्ष एवं संरक्षक देवेन्द्र घिमिरे, एमाले केन्द्रीय सदस्य शिवराज सुवेदी, प्रतिष्ठानका अध्यक्ष चरणदास तिमिल्सेना, उपाध्यक्ष युवराज घिमिरे, महासचिव कल्पना थापा, युवा विश्लेषक डा. सागर न्यौपाने लगायतले आश्रितको योगदानमाथि चर्चा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ