2026-09-19 08:14 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सौगात मल्ल भन्छन्- माइकल अधिकारीको स्क्रिप्ट पर्फेक्ट पाएँ

साउन २०, काठमाडौँ | अभिनयमा सौगात मल्लको आफ्नै छुट्टै पहिचान छ । उनले आफूले पाएको भूमिकालाई जीवन्त बनाउने गरेका छन् । यसैले गर्दा पनि सौगात निर्माता तथा निर्देशकको नजरमा परिरहेका छन् । सफल अभिनेताको सूचीमा पर्ने सौगातलाई प्रायः दर्शकले नाट्य क्षेत्र हुँदै फिल्म क्षेत्रमा भित्रिएको भनेर चिन्छन् । तर, उनको कला क्षेत्रको आगमन रंगमञ्चभन्दा पहिले केही फिल्ममा काम गरेर भएको हो ।

निर्देशक तथा निर्देशक आकाश अधिकारीको फिल्म ‘रणभूमि’ मा उनले पहिलोपटक क्यामेरा फेस गरेका थिए । पहिलोपटक क्यामेरा फेस गरेको फिल्म हेर्न पटक–पटक हल पुगेका सौगातले त्यसपछि ‘दाग’, ‘पन्छी’ जस्ता फिल्ममा पनि अभिनय गरे । तर, आफूमा अभिनेताको कुनै गुण नदेखेपछि थियटरमा अभिनय सिक्ने सोच बनाएर उनी नाटकतर्फ मोडिए । उनले फिल्म ‘लूट’ मा निभाएको हाकु कालेको चरित्र खुबै लोकप्रिय छ । उनी अभिनित पछिल्लो रिलिज ’कबड्डी ४’मा बमकाजीको चरित्र निर्वाह गरेका सौगातले त्यो चर्चा पाए । 

हाकु काले उपनाम पाएका सौगातले आफ्नो क्यारेक्टरमा जीवन भर्ने कोसिस गरिरहन्छन् । त्यसैले पनि हुन सक्छ, वास्तविकतासँग नजिक रहेर निर्माण गरिने फिल्ममा उनी मेकरको रोजाइमा पर्छन् । आउँदो भदौ महिनामा उनी अभिनित तीन फिल्म प्रदर्शनमा आउँदैछ । यसमध्ये एक हो, माइकल अधिकारी । ३ भदौमा प्रदर्शनमा आउने फिल्ममा उनले निम्नवर्गीय व्यक्तिको भूमिका निर्वाह गरेका छन् । उनको श्रीमतीको भूमिकामा छिन्, सृष्टि श्रेष्ठ । 

रञ्जित रौनियार निर्देशित फिल्मको स्क्रिप्ट सौगातलाई निकै मन परेको रहेछ । उनले स्टोरी सुनेर स्क्रिप्ट पढेपछि फिल्म गर्न तयार भएको बताए । ’निकै फाइन स्क्रिप्ट थियो । यस्तो मैले कमै पाउँछु । मेरो क्यारेक्टरसँगै पूर्ण कथा नै स्पष्ट थियो,’ उनले भने । त्यसो त सौगातले आफ्नो क्यारेक्टरभन्दा अन्य क्यारेक्टर र स्क्रिप्टमा ध्यान नदिने गरेको गुनासो सुनिन्छ । त्यसैले उनले अभिनय गरेका केही फिल्महरूमा उनको भूमिका बुलन्द भए पनि स्क्रिप्ट भने कम्जोर थियो ।

सौगात यसलाई स्वीकार्छन् । तर उनी पछिल्लो समय फेरिएका छन् । ‘मलाई स्क्रिप्टभन्दा पनि आफूले गर्ने भूमिका सशक्त हुनुपर्छ भन्ने लाग्थ्यो तर त्यसो होइन रहेछ । कथा बलियो भए मात्र चरित्रको काम नोटिस हुने रहेछ । किनकि मलाई निकै मन परेका र निकै मेहनतले तयार पारेका क्यारेक्टरहरू पनि नोटिस भएका छैनन् । एक किसिमले भन्ने हो भने मैले भूमिका निभाएका हाकु काले र बमकाजी मेरा लागि सजिला क्यारेक्टर हुन्,’ सौगातले भने । 

यसकारण पछिल्लो समय उनले क्यारेक्टरसँगै सम्रग प्रोजेक्टलाई ध्यान दिन थालेका छन् । सौगात आफूले निभाउने क्यारेक्टरसँगै स्क्रिप्टमा पनि उत्तिकै ध्यान दिने गरेका छन् । जसले गर्दा उनलाई क्यारेक्टर तयार गर्न पनि मद्दत गर्ने गरेको बताउछन् । उनले माईकल अधिकारीमा निर्वाह गरेको निम्नवर्गीय क्यारेक्टर निर्देशककै अनुसार तयार भएको हो । किनकि सम्पूर्ण कुरा स्क्रिप्टमै लेखिएको थियो । 

‘क्यारेक्टर यस्तो हुनुपर्छ भन्ने छर्लंग थियो । त्यसैले मैले यसमा क्यारेक्टर निर्माणमा मेहनत गरिन् । त्यसलाई जीवन्त बनाउन गर्ने मेहनत त छ नै,’ उनले भने । एउटा राम्रो परिवार हुँदा हुँदै पनि पैसाको अभावले निम्त्याउने परिस्थिति नै फिल्म हो । 

पैसा र भावना बीचको आन्तरिक द्वन्द्व देख्न पाइने फिल्ममा उनले विवशता हावी भएको बताए । ’एउटा अभिभावकको दायित्व परिवारलाई सुखी राख्नु पनि हुन्छ । त्यसको लागि नै मेरो क्यारेक्टरले मेहनत गरेको छ । मेरो उद्देश्य आफ्नो परिवारलाई खुसी र सुखी बनाउनु हुन्छ’ उनले भने । 

उनकै अनुसार फिल्ममा भावनात्मक सम्बन्धलाई बलियो देखाइएको छ । पैसा नै ठूलो सोच्ने अधिकारी दम्पतीले बच्चा दिन तयार हँुदैनन् । यसपछि हुने संघर्षले दर्शकलाई छुने उनको बुझाइ छ । पैसाकै लागि आफ्नो कोखमा अरुको बच्चा लिएर जन्माउन् तयार दम्पतीले पछि बच्चा दिन अस्वीकार गर्छन् । त्यसपछि आउने कठिन स्थिति दर्शकका लागि मनोरञ्जनसँगै सिकाइ हुने सौगातको बुझाइ छ । ‘पैसाको अभावले हामीलाई के सम्म गराउन सक्छ ? यो त देखाइएको छ नै साथै हामीले मानवता गुमाउन सक्दैनौ भन्ने सन्देश पनि फिल्मी शैलीमै दिन्छ,’ सौगातले भने । 

सौगात फिल्ममा पितासमेत बनेका छन् । तर कथाअनुसार उनी बच्चासँग धेरै अट्याचड छैनन् । यद्यपि उनले भावनात्मक रूपमा अभिभावत्वलाई महसुस गरे । ‘एउटा परिवारले भोग्ने पीडा र बाँच्ने जीवनलाई महसुस गरे । बाल्यकाल गाउँमै बिताएकाले यसलाई नदेखेको होइन । यद्यपि अभिभावक भएर दायित्व बोकेर हुँदा बुझाई भिन्न हुने रहेछ,’ सौगातले भने । उनले फिल्मले दर्शकलाई मनोरञ्जनसँगै सामाजिक सन्देश पनि दिने बताउछन् । 

‘हामीले फिल्ममार्फत मनोरन्जनात्मक शैलीमै सन्देश भन्नेछौँ । दर्शकले यस्तो गर्दा यस्तो हुनेरहेछ, भन्ने महसुस गर्नु हुनेछ,’ सौगातले भने । फिल्ममा सौगात र सृष्टिसँगै अशान्त शर्मा, ऐनी कुँवर, हेमन्त बुढाथोकी, विद्या कार्की, सुजना ढकाल, दिलिप बोहरालगायतका कलाकारको अभिनय छ । पैसाकै लागि अरुको बच्चालाई आफ्नो रेखदेखमा जन्म दिन दम्पती आमाबुवा बनेपछि बच्चा फिर्ता गर्न नमान्दा आउने द्वन्द्व नै फिल्मको कथा हो । गोपीकृष्ण मुभिजको ब्यानरमा निरक पौडेलले निर्माण गरेको फिल्मलाई रञ्जित रौनियारले निर्देशन गरेका हुन् । 

नयाँ टिमसँग पनि काम गर्न तयार हुने सौगातको भदौ महिनामा तीन फिल्म दर्शकले हेर्न पाउनेछन् । तीनै फिल्ममा उनको क्यारेक्टर फरक छ । परिवेश फरक छ । तर यो योजना अनुसार रिलिज तय भएका होइनन् । ‘फिल्महरू कोरोना भाइरसको महामारीका कारण ढिलाइ भएका थिए । प्रदर्शनमा आउँदा उस्तैउस्तै डेट पर्यो । तर दर्शकले मलाई सौगात भन्दा पनि क्यारेक्टरकै रूपमा पाउनु हुनेछ,’ उनले भने । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो