२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अधिकांश पुरुषले आफ्नो पत्नी वा गर्लफ्रेण्डसँग बोल्ने ८ झुट

२१ श्रावण २०७९, शनिबार ११:२२

काठमाडौं | सम्बन्ध (रिलेसनसीप)मा रहने व्यक्तिहरू अधिकांशले झुट बोलिरहेका हुन्छन् । आफ्नो पार्टनरसँग झुट बोल्नुपर्ने धेरै कारणहरू हुनसक्छ । कतिपय अवस्थामा झुट बोल्नु ‘बाध्यता’ पनि हुनसक्छ । भुक्तभोगीहरूका अनुसार कहिले आफ्ना पार्टनरलाई दुःखी नबनाउनका लागि झुट बोल्नुपर्ने अवस्था आइपर्छ भने, कहिले आफ्नो कुरा सावित गर्नका लागि पनि झुटको साहारा लिनुपरेको छ । 


अधिकांश पुरुषले यी ८ झुट आफ्नो पार्टनरसँग बोल्ने गरेको अध्ययनहरूले देखाएको छ । 

म एकल (सिंगल) छु

अधिकांश पुरुष रिलेसनसीपमा बसिरहेको अवस्थामा पनि अर्को कुनै महिलासँग आकर्षित भएमा सजिलै ‘म एकल (सिंगल) छु’ भनिदिन्छन् । उनीहरू आफूलाई मन परेको महिलाले बोल्न बन्द नगरोस् भनेर झुट बोल्ने गरेको बताउने गर्छन् । 

मैले उसलाई हेरिरहेको थिइनँ

आफ्नो पार्टनरसँगै बसिरहेको अवस्थामा पनि कोही सुन्दर महिला नजिकै भएमा पुरुषहरू एकोहोरो हेर्न थाल्छन् । यस्तोमा पार्टनरले उसलाई गाली गर्छिन् । पार्टनरले गाली गरेको बेला अधिकांश पुरुषले ‘मैले ती महिलालाई हेरेको थिइनँ’ भनेर सजिलै ढाँट्छन् । त्यस्ता पुरुषले अचानक आफू गहिरो सोचमा परेको बहाना बनाउँछन् । 

मैले कहिले पनि धुम्रपान र मद्यपान गरेको छैन, वा छाडिसके

रिलेसनसीपमा रहेका अधिकांश महिलाले आफ्ना पुरुष साथीले धुम्रपान परेको मन पराउँदैनन् । त्यस्तो अवस्थामा महिलाले धुम्रपानको विषयमा पार्टनरसँग चासो राख्दा पुरुषले ‘मैले कहिले पनि धुम्रपान गरेको छैन’ वा गर्नेले पनि ‘धुम्रपान गर्न छाडिसके’ भनेर झुट बोल्छन् । यदी यसको कपडाबाट चुरोटको गन्ध आएमा उसले सँगै बसेको साथीले पिएको थियो भनेर सजिलै ढाँटिदिन्छन् । 

म केवल तिम्रो बारेमा मात्र सोच्छु 

अधिकांश पुरुषहरूले आफ्नो पार्टनरको मन जित्नका लागि उसलाई ‘म केवल तिम्रो बारेमा मात्र सोच्छु’ भनेर भनिदिन्छन् । तर, वास्तवमा त्यस्तो हुँदैन । 

म तिमीबिना एक दिन पनि बस्न सक्दिन 

केही चलचित्रहरूमा पुरुषले आफ्नो पार्टनरलाई फोनमा ‘म तिमीबिना एक दिन पनि बाँच्न सक्दिनँ’ भन्छ । तर, फोन राख्ने बित्तिकै तुरुन्त पार्टी शुरू हुन्छ । वास्तविक जीवनमा पनि धेरै पुरुषले आफ्नो पार्टनरको मन राख्न यस्तो झुट बोलिरहेका हुन्छन् । 

पैसाको सम्बन्धमा झुट 

विवाह पहिले अधिकांश पुरुषले आफूलाई मन परेको महिलालाई आकर्षित गर्न आफूसँग धेरै पैसा भएको बताउँछन् । तर, त्यही पुरुष विवाहपछि पैसा हुँदाहुँदै पनि आफ्नो पत्नीसँग पैसा नभएको भनी झुट बोल्छन् । 

विवाह पहिले शारीरिक सम्बन्ध 

अधिकांश पुरुषले रिलेसनसीपमा बस्नुपूर्व आफ्नो पार्टनरलाई विवाह पहिले शारीरिक सम्बन्ध नराख्ने बताउँछन् । तर, रिलेसनसीपमा आउने बित्तिकै पुरुषको बाचा काम लाग्दैन । अरु त्यसअघि अरु कोहीसँग शारीरिक सम्बन्ध नभएको पुरुषहरूले बोल्ने आम झुट हो ।   

तिमी पहिलो केटी हौ, जोसँग मैले माया गरेँ

अधिकांश केटाहरू आफ्नो पत्नी वा प्रेमिकालाई उ नै पहिलो प्रेमिका भएको वा उसँग मात्र जीवनमा पहिलोपटक प्रेममा परेको भनेर झुट बोल्ने गर्दछन् । त्यस्तो केटाको विगतमा धेरै प्रेमिका भए पनि अधिकांशले त्यो कुरा वर्तमानमा रहेको प्रेमिकालाई बताउँदैनन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो