२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इजरायलमा एक वर्षपछि पुनः हिंसा चर्कियो

२२ श्रावण २०७९, आईतवार ०६:४१

साउन २२, काठमाडौँ | एजेन्सी | सन् २०२१ को मे महिनामा इजरायलमा दुई सय प्यालेस्टिनी र एक दर्जन इजरेलीको मृत्यु भयो। त्यसपछि युद्धविराम सम्झौता गरेर युद्ध रोकियो। तर, पुनः एक वर्षपछि हिंसा सुरु भएको छ। विभिन्न स्थानमा हवाई आक्रमण भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।  

इजरेली सेनाले ‘ब्रेकिङ डन’ नाम दिइएको यस कारबाही एक सातासम्म चल्नसक्ने चेतावनी दिएको छ। 

शनिबार इजरायलले प्यालेस्टिनी समूह इस्लामिक जिहादका १९ जना सदस्यलाई नियन्त्रणमा लिएको छ। उनीहरूलाई वेस्ट ब्यांकमा छापा मारेर पक्राउ गरिएको बीबीसीले जनाएको छ। यसअघि इजरायलले गाजा स्ट्रीपका विभिन्न स्थानमाा हवाई हमलाहरू गरेको थियो। हवाई हमलामा एक बालक तथा पीआईजेका नेता तैसिर जबारीसहित १५ जनाको मृत्यु भएको छ। 

यता इजरायलले गाजाबाट रातभरि इजरेलतर्फ दर्जनौं क्षेप्यास्त्रहरू प्रहार गरिएको र तीमध्ये अधिकांशलाई रोकिएको इजरेली सेनाले बताएको छ। यो इजरेल र प्यालेस्टाइनबीच एक वर्षभन्दा केही बढी समयमा भड्किएको सबैभन्दा गम्भीर हिंसा हो।

इजरेली सेनाले ‘ब्रेकिङ डन’ नाम दिइएको यस कारबाही एक सातासम्म चल्नसक्ने चेतावनी दिएको छ। शनिबार इजरेली सहरहरूमा क्षेप्यास्त्र प्रहार हुनसक्ने चेतावनी दिने साइरनहरू बजेका छन्। प्यालेस्टिनी स्वास्थ्य अधिकारीहरूले गाजा स्ट्रीपको दक्षिणमा एक व्यक्तिको मृत्यु भएको पुष्टि गरेका छन्। तर, अहिलेसम्म गाजा क्षेत्रको मुख्य सैन्य समूह हमासले आफ्ना ठूला क्षेप्यास्त्र प्रणालीबाट प्रहारहरू गरेको नदेखिएको बीबीसीले जनाएको छ।

त्यतिबेला गरिएको समझदारी कार्यान्वयन भएको भए भाषा र सीप सिकेर जापान जाने श्रमिकले त्यहाँ काम गर्दा जापानी नागरिकसरह सेवासुविधा पाउने थिए। जापानले नेपालसहित नौ मुलुकबाट तीन लाखभन्दा बढी कामदार लैजान त्यतिबेला समझदारी गरेको थियो। 

जापानले कृषि, नर्सिङ, केयर, सवारीसाधन मर्मतसम्भार, खाद्य सेवा उद्योग, निर्माण उद्योग क्षेत्रमा नेपाली लैजाने योजना बनाएको छ। त्यस्तै खाद्य र पेय पदार्थ उत्पादन, आवास उद्योग, मेसिनरी उद्योग, माछापालन व्यवसाय, औद्योगिक उपकरण उद्योग, इलेक्ट्रिक, इलेक्ट्रोनिक र सूचना प्रविधि उद्योग, बिल्डिङ सरसफाइ व्यवस्थापन, जहाज र जहाज पाटपुर्जा उद्योग एवम् हवाई उद्योगमा पनि अवसर पाइने समझदारी बनेको थियो। बिबिसिबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो