१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साढे दुई महिनामा कर्णालीका १० जिल्लामा थपिए ३० हजार मतदाता

२२ श्रावण २०७९, आईतवार ०७:१७

साउन २२, सुर्खेत | कर्णाली प्रदेशमा करिब ३० हजार मतदाता थपिएको निर्वाचन आयोगले जनाएको छ । सरकारले आगामी ४ मंसिर प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको मिति तोकिसकेको छ । कर्णालीका १० वटै जिल्लामा गरी करिब ३० हजार नयाँ मतदाता थपिएका हुन् ।


प्रदेशमा ३० वैशाख ०७९ भएको स्थानीय तहको निर्वाचनमा नाै लाख आठ हजार ६ सय ३१ जना मतदाता थियो । निर्वाचन आयोगका अनुसार तिमध्ये महिला मतदाता चार लाख ४९ हजार ३० रहदा पुरुष मतदाता चार लाख ५९ हजार ६ सय एक थिए ।  गत निर्वाचनयता कर्णालीका सबै जिल्लामा मतदाताको संख्या उल्लेख्य रूपमा बढेको छ ।असार र साउनमा मात्रै प्रदेशमा नाै हजार दुई सय ४५ मतदाता थपिएको प्रदेश निर्वाचन कार्यालयका निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले कर्णाली रैबारलाई जानकारी दिए । 

पाँच जिल्लामा १७ हजार ६ सय ३३ जना मतदाता थपिएका छन् भने अन्य पाँच जिल्लाको तथ्याङ्क संकलन भइरहेको जिल्ला निर्वाचन कार्यालयहरूले जनाएका छन् । गत वैशाखमा भएको निर्वाचमा सुुर्खेतमा दुई लाख १८ हजार ४३ मतदाता थिए ।  सल्यानमा गएको निर्वाचनमा एक लाख ४० हजार ६ सय ६७ रहेकोमा त्यसयता, जिल्लामा २५ सय मतदाता थपीएको जिल्ला निर्वाचन आयोग कार्यालय सल्यानले गरेको छ ।

यसअघि स्थानीय तहको निर्वाचनमा जाजरकोटमा एक लाख तीन हजार आठ सय ६९ मतदाता रहेकोमा, त्यसयता थप जिल्लामा १२ सय ८८ मतदाता थपिएका जिल्ला निर्वाचन कार्यालय जाजरकोटका निर्वाचन अधिकारी नृपराज उपाध्यायले बताए । वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा जुम्लामा ६७ हजार सात सय ४४ रहेकोमा त्यसमा थप तीन हजार मतदाता थपिने जिल्ला निर्वाचन कार्यालय जुम्लाले जनाएको छ ।

डोल्पामा यसअघि स्थानीय तहको निर्वाचनमा २२ हजार चार सय ४० मतदाता रहेकोमा दुई महिनामा डोल्पामा चार सय मतदाता थपिने जिल्ला निर्वाचन कार्यालयका डोल्पाका निमित प्रमुख अधिकारी सुमन राईले चार सय मतदाता बताए ।

यस्तै, मुगुमा पनि यसअघि स्थानीय तहको निर्वाचनमा ३५ हजार ९९ मतदाता रहेकोमा अहिले थप १२ सय मतदाता थपिने जिल्ला निर्वाचन कार्यालय मुगुले आकंलन गरेको निर्वाचन अधिकारी विष्णुप्रसाद न्यौपाने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण