वालिङ – नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले राजनीतिक नेतृत्व सहि भएन भने मुलुकको विकास हुन नसक्ने बताउनु भएको छ ।"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... वालिङ – नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले राजनीतिक नेतृत्व सहि भएन भने मुलुकको विकास हुन नसक्ने बताउनु भएको छ ।"/>
२०८२, १ फाल्गुन शुक्रबार
काठमाडौँ - KTM

राजनीतिक नेतृत्व सहि भएमा मात्रै समृद्धि संभव: डा. बाबुराम भट्टराई

२०७३, २४ भाद्र शुक्रबार १४:४१

वालिङ – नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले राजनीतिक नेतृत्व सहि भएन भने मुलुकको विकास हुन नसक्ने बताउनु भएको छ । उहाँले नयाँ शक्ति पार्टी, नेपाल स्याङ्जाले शुक्रबार वालिङमा गरेको समृद्ध नेपालका लागि आर्थिक विकास विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा सो कुरा बताउनुभएको हो ।

उहाँले भन्नुभयो, – ‘मुख्य कुरा राजनीतिक नेतृत्व हो, देशको नेृतत्वमा सहि मान्छे भएन भने विकास संभव हुँदैन । नारा लगाएर मात्र हुन्थ्यो भने पञ्चायत कालमा पनि विकासको मुल फुटाउने कुरा भएकै हो । राजा महाराजले पनि त्यही कुरा गरेकै हुन् । र, कांग्रेस एमाले माओवादी सबैले पनि भनेकै हुन् । तर विकासको उपयुक्त मोडेल अवलम्बन गर्न नसक्दा विकास संभव भएन । नारामा मात्रै सीमित भयो ।’

उहाँले नेपालको परिवेश सुहाउँदा विकासको मोडेलले मात्र मुलुकले आर्थिक समृद्धि हासिल गर्न सक्ने बताउँदै विश्वमा प्रचलनमा रहेको पूँजीवादी र समाजवादी दुई मोडलबाट माथि उठेको विकासको मोडेल नै नेपालको लागि वैकल्पिक मोडेल हुने बताउनुभयो । उहाँले भन्नुभयो, – ‘यो त्यस्तो विकासको मोडेल हुनेछ, जसमा नीजि स्वतन्त्रता पनि कायम रहने छ र राज्यले पनि कल्याणकारी भूमिकासहितको दायित्व निर्वाह गर्नेछ’

नेपालको आर्थिक विकास र समृद्धिका लागि साँच्चिकै यहाँको परिवेश सुहाउँदो विकासको मोडेल जरुरी रहेको बताउँदै उहाँले भन्नुभयो, –‘विकासका लागि छाडा पूँजीवादी मोडेल पनि होइन र नोकरशाही प्रकारको तानाशाही मोडेल पनि होइन बरु हामी दुवैबाट माथि उठेको विकासको मोडेल खोज्दैछौं ।’

विश्वमा चलेका विकासका दुई मोडेलको बारेमा चर्चा गर्दै उहाँले भन्नुभयो, ‘पूँजीवादी मोडेल व्यक्तिकेन्द्रीत हुने र त्यसमा व्यक्तिको समृद्धि भएमा समाज र मुलुकको समृद्धि हुने कल्पना गरिन्छ । परिणामतः त्यसमा केही मुठीभर व्यक्तिहरु धनी हुन्छन् र अधिकांश गरिब हुन्छन् ।’ त्यसैगरी राज्यकेन्द्रीत समाजवादी मोडेलले निरपेक्ष गरिबी घटाउन मद्दत गरे पनि त्यसले मुलुकको समष्टिगत विकास गर्न नसक्ने उहाँको जोड थियो, उहाँले भन्नुभयो, ‘अर्को समाजवादी मोडेलमा साधन र स्रोतलाई राज्यले नियन्त्रण गर्दछ र त्यसलाई गरिबका लागि राज्यले वितरण गर्नुपर्छ भन्ने मान्यता राख्छ । तर, यसरी गरिने वितरणले मात्र विकास संभव हुन सक्दैन ।’

उहाँले विश्वमा प्रचलित यिनै दुई विकासको मोडेलको बिचबाट नयाँ मोडेल निर्माण गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, –‘यी दुई वटा मोडेलको बीचमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा बहस छ । यी दुवै मोडेलका राम्रा र नराम्रा पक्षहरु देखिए । दुवै मोडेलमा सीमाहरु देखापरे । र यसको विकल्पको रुपमा सामाजिक लोकतान्त्रिक मोडेलको रुपमा वीपीले नयाँ मोडेल अवलम्बन गर्न खोजे, तर व्यवहारमा त्यो लागु हुन सकेन र अन्ततः त्यो पनि उदारवादी मोडेलकै रुपमा परिचत बन्यो ।’ उहाँले प्रस्ट पार्नुभयो, –‘त्यसैले नयाँ मोडेलको कुरा गरेको हो जहाँ व्यक्तिको स्वत्व पनि रहन्छ र सरकारको भूमिका पनि बलियो रहन्छ’

नयाँ शक्तिले मुलुकको आर्थिक परिवर्तनका लागि विकास र समृद्धिको मार्गचित्र तयार गरेको बताउँदै उहाँले भन्नुभयो, ‘अबको विकासका लागि परनिर्भरताको अन्त्य गर्दै अन्तरनिर्भरताको विकास गर्नुपर्छ ।’ त्यस्तै विकाससँगै समृद्धिको समन्यायिक वितरण र आर्थिक असमनता घटाउनु आवश्यक रहेको पनि उहाँले जोड दिनुभयो । उहाँले भन्नुभयो, – ‘गरिब र धनी बिचको फाटो अर्थात् आर्थिक असमानता बढ्दै गएको छ । गाउँ र सहरबीचको असमानता बढेको छ  । विभिन्न क्षेत्रबिचको असमानता बढेको छ । जातीय असमानता बढेको छ । यी वर्गीय जातीय, क्षेत्रीय, लैंगिक र जातपातजन्य असमानता र विभेद नै नेपालको विकासको बाधक हो’ उहाँले भन्नुभयो, – ‘यी समस्याहरुको समाधान गरेमा मात्रै नेपालको विकास गर्न सकिन्छ ।’


मुलुकको आर्थिक विकासमा राज्यले पूर्वाधारजन्य क्षेत्रहरुमा लगानी बढाउनुपर्नेमा उहाँको जोड थियो । त्यस्तै दुई छिमेकी मुलुकबाट पूँजी, प्रविधि र पर्यटक भित्र्याएर मुलुकको आर्थिक विकास गर्नुपर्ने र त्यसमा राज्यले सडक, बिजुली, पानी, शिक्षा, स्वास्थ्य, सुरक्षा र सञ्चार जस्ता पूर्वाधारजन्य क्षेत्रको विकास गर्नुपर्ने बताउनुभयो ।

विकासका लागि राजनीतिक स्थिरता मुख्य शर्त रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘देशमा राजनीतिक स्थिरता नभएसम्म देशको विकास हुँदैन । ६÷६ महिनामा सरकार फेरेर मुलुकको विकास हुँदैन । ’

उहाँले भन्नुभयो, ‘नयाँ शक्तिको स्पष्ट धारणा भनेकै प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीमा जानुपर्छ र कम्तीमा ५ वर्ष जनताले चुनेको व्यक्तिले शासन चलाउनुपर्छ । त्यसको निम्ति अहिलेको सुधारिएको खच्चड प्रकारको संसदीय प्रणाली फेर्नुको विकल्प छैन ।’

कार्यक्रममा नयाँ शक्ति पार्टी नेपाल प्रदेश नं. ४ की संयोजक बलावती शर्माले व्यापक रोजगारीको अवसर सिर्जना गरेर आर्थिक समृद्धि हासिल गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘८० वर्ष राजनीतिक अधिकारका लागि लड्यौं अब आर्थिक विकास र समृद्धिका लागि लड्ने बेला भएको छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ नेपालविरुद्ध इटलीको १० विकेटको सहज जित नेपालले इटालीलाई दियो १२४ रनको लक्ष्य इटालीविरुद्ध ब्याटिङ गर्दै नेपाल देशलाई अस्थिरताको चक्रबाट मुक्त गर्न फागुन २१ को निर्वाचनको विकल्प छैन: प्रधानमन्त्री कार्की साँढेको जुधाइ बाच्छाको मिच्याइँ नहोस्: प्रचण्ड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निषेधाज्ञा जारी टी– २० विश्वकप : दोस्रो खेलमा आज इटालीसँग खेल्दै नेपाल अटोरिक्सा र टिपर एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?