१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

त्रिभुवन विमानस्थलबाट हेलिकप्टर बिसौनी भक्तपुरको नलिनचोकमा सारिंदै

२२ श्रावण २०७९, आईतवार ०९:०७

साउन २२, काठमाडौँ | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हेलिकप्टरको बिसौनी अब भक्तपुरको नलिनचोकमा सारिने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाकाअनुसार हेलिप्याडका लागि आवश्यक संरचना निर्माण गर्न शुक्रबार ठेक्का सम्झौता भएको छ । भक्तपुरको नलिनचोकमा रहेको ३३ रोपनी क्षेत्रफलमा हेलिकप्टर बिसौनी बन्ने छ ।


सो प्रयोजनका लागि प्राधिकरणले चालु आर्थिक वर्ष २०७९/८० को बजेटमा २५ करोड रुपैयाँ विनियोजन गरेको छ । यसमध्ये टर्मिनल भवन र टावर निर्माणमा १० करोड रुपैयाँ विनियोजन गरिएको छ । हेलिप्याण्ड निर्माणका लागि भने १५ करोड रुपैयाँ विनियोजन भएको थियो । प्राधिकरणका अनुसार हेलिप्याड निर्माण यसै वर्ष सम्पन्न हुनेछ । त्यसपछि अहिले त्रिभुवन विमानस्थलबाट भइरहेको हेलिकप्टरको उडान/अवतरण अब नलिनचोकमा सर्नेछ । यात्रुले समेत सोही स्थानमा पुगेर हेलिकप्टर चढ्न पाउनेछन् । टर्मिनल भवन र टावरको कामलाई भने बहुवर्षीय आयोजनामा राखिएको छ ।

अहिले त्रिभुवन विमानस्थलमा भइरहेको जहाजहरुको चाप घटाउन यो संरचना सहयोगी हुने प्राधिकरणको भनाइ छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रिमोट पार्किङ वे नजिकै हेलिकप्टरहरुको पार्किङ भइरहेको छ ।

प्राधिकरणका अनुसार नयाँ बन्ने हेलिप्याण्डमा दुई दर्जन हेलिकप्टर एकै पटक बिसान गर्न सम्भव हुनेछ । अहिले प्राधिकरणले अनुमति लिएको बखत जुन विमानस्थललाई आधार मानिएको छ, सोही विमानस्थलमा हेलिकप्टरको बिसौनी गर्न निर्देशन दिएको छ । सोही अनुसार कतिपय हेलिकप्टर सेवा प्रदायक कम्पनीहरुले बिसौनी पोखरा र नेपालगन्जमा सारिसकेका छन् । काठमाडौंको हकमा अब बिसौनी नलिनचोक बन्ने छ ।

अहिले नेपालमा ११ वटा हेलिकप्टर कम्पनी दर्ता भई नियमित सञ्चालनमा छन् । यी कम्पनीसँग २९ वटा हेलिकप्टर रहेका छन् । दुर्गम भेगमा नियमित हवाई सेवा सञ्चालन हुन नसक्नु, पर्यटकको आगमन बढ्नु, दुर्गम भेगमा विकास निर्माणका गतिविधि बढ्नु र विपद् तथा आकस्मिक स्वास्थ्य समस्याका बेला बढ्दो मागले नेपालमा हेलिकप्टर विजनेश फस्टाउने क्रममा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण