2026-07-26 10:56 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आमिर खानको फिल्म ‘लाल सिंह चड्डा’ रिलिजअघि नै तीन राज्यमा प्रतिबन्ध!

साउन २३, काठमाडौँ | पछिल्लो समय बलिउड फिल्मले बक्स अफिसमा खास कमाई गर्न सकिरहेका छैनन्। फिल्मको रिलिज मिति सार्वजनिक हुनासाथ विरोध सुरू भएको छ। 

अहिले अक्षय कुमारको रक्षाबन्धन र आमिर खानको ‘लाल सिंह चड्डा’ दुई फिल्मको सामाजिक सञ्जालमा निकै विरोध भइरहेको छ। 

फिल्ममा आमिरसँगै करीना कपूर खान, नागा चैतन्य, मोना सिंहलगायत कलाकारको अभिनय छ। फिल्ममा आमिर खान, किरण राव, ज्योती देशपण्डे र अजित अन्धेरेको लगानी रहेको छ।

यसैबीच आमिर खानको फिल्म भारतका तीन राज्यमा प्रतिबन्ध लागेको खबर बाहिरिएको छ। बलिउड फिल्मका समालोचक कमल राशिद खानले सामाजिक सञ्जालमार्फत यस्तो जानकारी दिएका हुन्।

‘लाल सिंह चड्डा’ फिल्मलाई उत्तर प्रदेश, मध्य प्रदेश र हरियाणामा अनौपचारिक रूपमा प्रतिबन्ध लगाइएको छ, किनभने यो फिल्म देखाउनेहरू कुनै जोखिम लिन चाहँदैनन्,’ केआरकेले ट्वीट गर्दै लेखेका छन्।

टम ह्यान्स्क अभिनित फरेस्ट गुम्पसको औपचारिक हिन्दी रूपमा आएको यो फिल्म आगामी अगष्ट ११ मा रिलिज हुँदैछ। 

नेपालले ‘लाल सिंह चड्ढा’ को प्रदर्शन अधिकार अहिलेसम्मकै मंहगो रकममा खरिद गरेको छ। 

लाल सिंह चड्ढा हलिउड फिल्म ‘फरेस्ट गुम्पस’ को हिन्दी रिमेक हो। यो फिल्ममा १९८४ मा भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीको हत्या भएपछि भारतमा सिख समुदायको विरुद्ध लडेकाहरुको कथामा आधारित रहेको बताइएको छ।

आमिर खान प्रोडक्सन र भायकम–१८ ब्यानरमा निर्माण भएको फिल्ममा अद्वेत चन्दनको निर्देशन रहेको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली