२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आमिर खानको फिल्म ‘लाल सिंह चड्डा’ रिलिजअघि नै तीन राज्यमा प्रतिबन्ध!

२३ श्रावण २०७९, सोमबार ०६:१३

साउन २३, काठमाडौँ | पछिल्लो समय बलिउड फिल्मले बक्स अफिसमा खास कमाई गर्न सकिरहेका छैनन्। फिल्मको रिलिज मिति सार्वजनिक हुनासाथ विरोध सुरू भएको छ। 

अहिले अक्षय कुमारको रक्षाबन्धन र आमिर खानको ‘लाल सिंह चड्डा’ दुई फिल्मको सामाजिक सञ्जालमा निकै विरोध भइरहेको छ। 


फिल्ममा आमिरसँगै करीना कपूर खान, नागा चैतन्य, मोना सिंहलगायत कलाकारको अभिनय छ। फिल्ममा आमिर खान, किरण राव, ज्योती देशपण्डे र अजित अन्धेरेको लगानी रहेको छ।

यसैबीच आमिर खानको फिल्म भारतका तीन राज्यमा प्रतिबन्ध लागेको खबर बाहिरिएको छ। बलिउड फिल्मका समालोचक कमल राशिद खानले सामाजिक सञ्जालमार्फत यस्तो जानकारी दिएका हुन्।

‘लाल सिंह चड्डा’ फिल्मलाई उत्तर प्रदेश, मध्य प्रदेश र हरियाणामा अनौपचारिक रूपमा प्रतिबन्ध लगाइएको छ, किनभने यो फिल्म देखाउनेहरू कुनै जोखिम लिन चाहँदैनन्,’ केआरकेले ट्वीट गर्दै लेखेका छन्।


टम ह्यान्स्क अभिनित फरेस्ट गुम्पसको औपचारिक हिन्दी रूपमा आएको यो फिल्म आगामी अगष्ट ११ मा रिलिज हुँदैछ। 

नेपालले ‘लाल सिंह चड्ढा’ को प्रदर्शन अधिकार अहिलेसम्मकै मंहगो रकममा खरिद गरेको छ। 

लाल सिंह चड्ढा हलिउड फिल्म ‘फरेस्ट गुम्पस’ को हिन्दी रिमेक हो। यो फिल्ममा १९८४ मा भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीको हत्या भएपछि भारतमा सिख समुदायको विरुद्ध लडेकाहरुको कथामा आधारित रहेको बताइएको छ।

आमिर खान प्रोडक्सन र भायकम–१८ ब्यानरमा निर्माण भएको फिल्ममा अद्वेत चन्दनको निर्देशन रहेको छ। 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा रु ६७ लाखको क्षति सशस्त्रद्वारा दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रस्तुत अमेरिकी व्यापार नीतिको असर, जर्मनीको वृद्धि दर घट्ने सङ्केत ट्रकमा कार ठोक्किँदा वृद्धको मृत्यु जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ घाइते हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड मन्त्रिपरिषद् विस्तार हुँदै, थपिए चार मन्त्री ‘अण्डा’को लागत मूल्य बढ्यो सुनचाँदीको मूल्य निरन्तर उकालोतिर नागढुङ्गा मलेखु सडकखण्ड : शुक्रबार र शनिबार आंशिक बन्द नहुने