२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एक हात गुमाएका मोरङका अरुण राई २ वर्षदेखि साउदीमा अलपत्र

२०७९, २५ श्रावण बुधबार ०८:२७

साउन २५, काठमाडौँ | वैदेशिक रोजगारीको क्रममा ड्राइभर भिषामा साउदी अरेबिया पुगेका मोरङ बेलबारी-६ का अरुण राईले सडक दुर्घटनामा एक हात गुमाएका छन्। उनी हाल साउदीमा नै अलपत्र परेका छन् । मध्यम वर्गीय परिवारमा जन्मिएका राई वैदेशिक रोजगारीको क्रममा १ जुन २०१९ मा नेपालमा रहेको नारायणी मेनपावरबाट साउदीस्थित अल मसार कम्पनीमा ड्राईभरको लागि गएका थिए ।

ड्राईभर कामको लागि नेपालमा गरिएको सम्झौता अनुसार १८ सय रियल प्रतिमहिना दिने सर्तमा साउदी पुगे तापनि उक्त कम्पनीले १२०० मात्र दिने सर्तमा काम दिएको र सोही काम  गरेका थिए। काम गर्दै जाँदा २५ जनावरी २०२० मा  सडक  दुर्घटना भयो । दुर्घटना भएलगत्तै हस्पिटल लाँदै गर्दा उनीसँगै रहेका सहचालक भारतीय नागरिकको मृत्यु भयो भने उनले सो दुर्घटनामा आफ्नो एक हात  गुमाए।


दुर्घटनामा भएको १० दिनपछि  हस्पिटलबाट कम्पनीले स्टाफ एकोमोडेसन राखेको तर हालसम्म पनि स्वदेश फिर्ताको लागि कुनै पनि पहल नगरेको उनको गुनासो छ । कम्पनीका अनुसार स्वदेश फिर्ताको लागि आवश्यक काम भइरहेको र पाउनु पर्ने सेवा सुविधा र सडक दुर्घटनामा देखिएको गल्तीलाई मध्यनजर गर्दै स्वदेश फिर्तामा केही ढिलाइ हुने भनेता पनि २ वर्षदेखि राई साउदीमा नै बिना काम अलपत्र परेका छन्। सम्बन्धित मेनपावर पनि यो अवस्थामा बेखवर रहेको जानकारी दिए।

पीडित अरुण भन्छन्, 'परिवारलाई सुख सुविधा दिने उद्देश्यले साउदी आएको थिएँ। मैले सोचेजस्तो कम्पनी परेन। सम्झौता अनुसारको सेवा सुविधा पनि पाइनँ। दुर्घटनामा मेरो गल्ती पुलिस केसमा देखाएको छ। त्यो केश तनफिज कोटमा रहेको र हालसम्म पनि कुनै सुनाई भएको छैन। स्वदेश फिर्ताको लागि कठिन भएको छ।'

उनले थप भने, 'काठमाडौंको गंगबुमा रहेको नारायणी मेनपावरबाट साउदी जाँदा १ लाख २५ हजार तिरेको थिएँ। म अलपत्र परेपछि साउदीमा रहेको नेपाली दूतावास रियादमा सडक दुर्घटना सम्बन्धी सम्पूर्ण जानकारी गराएको थिएँ। लगतै दूतावासले सम्बन्धित कम्पनी र पीडितसँग समन्वय गरी आवश्यक कार्य अगाडि बढाएको थियो ।'

दूतावासका अनुसार पीडितले आफ्नो समस्या दूतावासमा दिए लगत्तै सम्बन्धित कम्पनी, मेनपावर, र  पीडितसँग छलफल गरी आवश्यक सहयोगको लागी सम्बन्धित निकायको ध्यानाकर्षण गराएको थियो। साथै पीडितले पाउनुपर्ने सेवा सुविधा  जोड दिइ  पिडीत पक्षमा देखिएको पुलिस केसलाई तनफिज कोटको फैसला अनुसार  स्वदेश फिर्ताको लागि  एक्जिट प्रकिया गरी आवश्यक सहयोग गर्ने जानकारी दिएको छ।

स्वदेश फिर्ता हुने आशामा रहेका राईको अवस्थालाई मध्यनजर गर्दै साउदीमा कार्यरत नेपालीहरुले सि डी सी ग्रुपले आयोजना गरेको सांस्कृतिक कार्यक्रममा रकम संकलन गरी ६ हजार साउदी रियल सहयोग गरेका थिए। पीडितको घरमा बुवा आमा लगायत श्रीमती र एक छोरी छन्। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै