2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विद्यार्थी र शिक्षक नै भाइरलले बिरामी पर्न थालेपछि लमजुङका दुई विद्यालय बन्द

साउन २५, लमजुङ | विद्यार्थी र शिक्षकमा रुघाखोकी र ज्वरो देखिएपछि बेंसीशहर नगरपालिका–७ को जनविकास मावि  र  युनिर्भसल एकेडेमी बन्द गरिएको छ । 

जनविकास माविका प्रधानाध्यापक रत्नमान श्रेष्ठका अनुसार डेढ सयभन्दा बढी बिरामीमा रुघाखोकी र ज्वरोको समस्या देखिएको छ । विद्यालय आएका ५० भन्दा बढी विद्यार्थीमा समस्या देखिएको र एक सय बढी विद्यार्थी बिरामीका कारण विद्यालयमा उपस्थित हुन नसकेपछि बुधबार र बिहीबार विद्यालय बन्द गरिएको उनले बताए । शुक्रबार र शनिबार बिदा नै छ । 'चार दिन हेरौं,’ उनले भने । जनविकासमा एक हजार दुई सय विद्यार्थी पढ्छन् ।

युनिर्भसल एकेडेमीका प्रिन्सिपल विमल अधिकारीका अनुसार तल्लो तहका विद्यार्थीमा रुघाखोकी र ज्वरोको समस्या बढी देखिएपछि विद्यालय बन्द गरिएको हाे । नर्सरीदेखि ५ कक्षासम्मका ५० जना विद्यार्थीमा समस्या देखिएकाे छ । उनका अनुसार नर्सरीदेखि कक्षा पाँचसम्म सय पाँच सय विद्यार्थी छन् । ६ देखि माथिका विद्यार्थीमा भने समस्या नदेखिएको उनले बताए ।

बेँसीशहर नगरपालिका शिक्षा शाखा प्रमुख उपसचिव किसानराज चिलुवालले विद्यार्थीमा स्वास्थ्य समस्या देखिएपछि जनविकास मावि बेंसीशहर र युनिभर्सल एकेडेमीको पाँच कक्षासम्म बन्द गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक