2026-09-18 06:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मृगौलाको पत्थरी, पिसाब संक्रमणको समस्या हटाउन मकैको जुँगा फाइदाजनक, जान्नुहोस् अन्य फाइदा

काठमाडौँ | मनसुनमा मकै खानुको मजा बेग्लै हुन्छ । वर्षायाममा धेरै मानिसहरु मकै खान रुचाउँछन् । मकैको सेवन स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । तर मकै जस्तै यसको जुँगा पनि खान सकिन्छ  । हो, सायद अनौठो लाग्दा तर मकैको जुँगा खानुका धेरै स्वास्थ्य लाभहरू छन् । मकैको जुँगामा भिटामिन बी, भिटामिन सी, भिटामिन के, फाइबर, क्याल्सियम र पोटासियम जस्ता पोषक तत्वहरू प्रशस्त मात्रामा पाइन्छ, जसले धेरै स्वास्थ्य समस्याहरू हटाउन मद्दत गर्छ । मकैको जुँगा खाँदा पिसाबको संक्रमणसमेत निको हुन्छ । मकैको जुँगा खाँदा हुने स्वास्थ्य लाभ बारे जानकारी लिऔँ ।

मकै जुँगाको लाभ

१. शरीरबाट विषाक्त पदार्थ बाहिर निकाल्न 

शरीरको विषाक्त पदार्थ बाहिर निकाल्न मकैको जुँगा निकै फाइदाजनक मानिन्छ । किनभने मकैको जुँगाले शरीरबाट बढी पानी र विषाक्त पदार्थ बाहिर निकाल्न मद्दत गर्छ । यसका साथै यसले मिर्गौलाको पत्थरी र हृदयाघातको जोखिमबाट पनि बचाउन मद्दत गर्छ ।

२. पिसाब संक्रमण निको पार्न 

पिसाब संक्रमण निको पार्न पनि मकैको जुँगा निकै फाइदाजनक मानिन्छ । मकैको जुँगाले एन्टी इन्फ्लेमेटरी एजेन्टको रूपमा काम गर्छ, जसले पिसाबको संक्रमणलाई निको पार्न मद्दत गर्छ । यसबाहेक, यसले पिसाब पोल्ने र पिसाब नलीको सूजन निको पार्न  पनि मद्दत गर्दछ । त्यसैले मकैको जुँगाबाट बनेको चिया अवश्य खानुहोस् ।

३. मधुमेह नियन्त्रण गर्न 

मकैको जुँगा मधुमेह नियन्त्रण गर्न पनि निकै फाइदाजनक मानिन्छ । मकैको जुँगामा प्रचुर मात्रामा भिटामिन र मिनरल्स पाइने हुनाले यसले रगतमा इन्सुलिनको मात्रालाई नियन्त्रणमा राख्न मद्दत गर्छ । यसले मधुमेहलाई नियन्त्रणमा राख्न मद्दत गर्छ । त्यसैले मकैको जुँगाबाट बनेको चिया खानुहोस् ।

४. तौल घटाउन 

तौल घटाउनका लागि मकैको जुँगा निकै फाइदाजनक मानिन्छ । मकैको जुँगाले शरीरबाट वाटर रिटेन्सन र विषाक्त पदार्थ बाहिर निकाल्न मद्दत गर्छ । साथै यसमा फाइबर पाइन्छ जसले पेटमा जमेको बोसो घटाउन मद्दत गर्छ । यसले तौल घटाउन मद्दत पनि गर्छ । त्यसैले मकैको जुँगाबाट बनेको चिया खाँदा विभिन्न फाइदा मिल्छ ।

५. रगत जन्म मद्दत गर्छ

मकैको जुँगामा हुने भिटामिन ‘के’ को अधिक मात्राको कारणले यसले रगत जन्मे क्षमता बढाउँछ। यसको कारण चोटपटक लाग्दा अत्यधिक रगत गुमाउनु पर्दैन।

६. रक्तचाप नियन्त्रण गर्छ

आजको समयमा धेरै मानिस उच्च रक्तचापबाट पीडित छन्। यस्ता मानिसले उच्च रक्तचाप कम गर्नको लागि मकैको जुँगाको चिया प्रयोग गर्न सक्छन्।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई