२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सामन्थासँग डिभोर्सपछि यस्तो भन्छन् नागा चैतन्य

२५ श्रावण २०७९, बुधबार १०:३६

साउन २५, काठमाडौँ | केही समयअगाडि दक्षिण भारतीय अभिनेता नागा चैतन्य र अभिनेत्री सामन्था रूथ प्रभुले सम्बन्ध विच्छेद गरे। त्यतिबेला उनीहरूले मित्रताको सम्बन्ध कायम राख्ने बताउँदै वैवाहिक सम्बन्ध टुंगाएका थिए।

करण जोहरको शो 'कफी विथ करण' मा सामन्थाले नागा चैतन्यसँग राम्रो सम्बन्ध नरहेको बताएकी थिइन्। उनले दुवैजना एउटै कोठामा भए धारिलो वस्तु लुकाउनु पर्ने समेत बताएकी थिइन् तर नागा चैतन्यले सामन्थासँग अचानक भेट भयो भने हेलो भन्दै अंकमाल गर्ने बताएका छन्।


उनले बलिउड बबलसँग कुराकानी गर्दै भने, 'सामन्थासँग अचानक भेट भयो भने म हेलो भन्छु र उसलाई अंकमाल गर्छु।'

नागा चैतन्यको दाहिने हातमा एक ट्याटु छ। उनका प्रशंसकहरूले उक्त ट्याटु कपी गर्दै आफ्नो हातमा खोपिरहेका छन् तर नागाले आफ्ना प्रशंसकहरूलाई उक्त ट्याटु कपी नगर्न आग्रह गरेका छन्। उनले आफ्नो विवाहको मिति कोर्डमा लेखेको बताउँदै कपी नगर्न आग्रह गरेका हुन्।

'मैले यस्तो प्रशंसकहरू पनि भेटेको छु जसले मेरो नामको ट्याटु बनाएका छन्। कतिपयले त मेरो हातको ट्याटु समेत कपी गरेका छन्। उहाँहरूलाई म के भन्न चाहन्छु भने यो कुनै कपी गर्ने चिज होइन। यो मेरो विवाहको मिति हो। त्यसैले यो ट्याटु मेरा प्रशंसकले नबनाउनु भन्ने चाहन्छु। यो देखेर मलाई नराम्रो महसुस हुन्छ किनकी जिन्दगीमा धेरै चिज परिवर्तन हुन्छ। म पनि यस ट्याटुलाई परिवर्तन गर्न सक्छु,' उनले भने।

उनले तत्काल ट्याटु हटाउनेबारे नसोचेको समेत बताए। 

नागा र सामन्थाको पहिलो भेट सन् २००९ मा रिलिज भएको फिल्म 'ये माया चेसावे'को सेटमा भएको थियो। त्यो बेलादेखि नै उनीहरूको सम्बन्ध राम्रो थियो र दर्शकहरूले पनि यो जोडीलाई मन पराएका थिए।

उनीहरूबीच राम्रो बुझाइ भए पनि उनीहरू सम्बन्धमा भने बसेनन्। त्यो समय नागा अभिनेत्री श्रुती हसनसँग प्रेम सम्बन्धमा थिए। सामन्था पनि सिद्धार्थकी प्रेमिका थिइन्।

तर सन् २०१३ तिर नागा र श्रुतीको ब्रेकअप भयो, सामन्था र सिद्धार्थ पनि एकअर्काबाट टाढा भए। ब्रेकअपपछि नागा र सामन्था केही समय एकअर्कासँग प्रेम सम्बन्धमा रहे। उनीहरूले सन् २०१७ मा वैवाहिक सम्बन्ध गाँसेका थिए तर २ अक्टोबर २०२१ मा उनीहरूले डिभोर्स गरे।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’