2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

छोरीसँग प्रेम गर्नेलाई शिक्षकले कुटे

साउन २५, काठमाडौँ | दाङमा छोरीको प्रेमीलाई घरमा बोलाएर एक जना शिक्षकले निर्घात कुटपिट गरेका छन् । विद्यार्थी कुट्ने छोरीका बुवा पाटेश्वर यादवलगायत तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । 


राजपुर गाउँपालिका ३ खरदरियाका १९ वर्षीय विद्यार्थी मन्साराम यादव कुटपिटबाट गम्भीर घाइते भएका छन् । उनको टाउको, हातखुट्टा, नाक र मुखमा गहिरो चोट लागेको छ । कुटपिट गरेको अभियोगमा पाटेश्वर यादव र उनका दाइ धिरजबहादुर यादवलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।  

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी सुरेस काफ्लेले घटनालाई प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिनुभययो । काफ्लेका अनुसार केटा र केटीबीचको प्रेम सम्बन्ध केटी पक्षकाले स्वीकार गर्न नसक्दा घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

मन्साराम यादव जनज्योति माध्यमिक विद्यालय बेलाको कक्षा १२ मा अध्ययनरत छन् । सोही विद्यालयमा पढाउने शिक्षक पाटेश्वर यादवले आफ्नी छोरीसँग प्रेम गाँसेको भन्दै केटालाई बन्धक बनाएर कुटपिट गरेको उजुरी इलाका प्रहरी कार्यालय गढवामा परेको काफ्लेले जानकारी दिनुभयो ।

‘दुवैबीच प्रेम सम्बन्ध रहेको केटीका बाबुले थाहा पाएपछि योजनाबद्ध रुपमा बन्धक बनाएर कुटपीट गरेको देखिन्छ’ उहाँले भन्नुभयो, ‘योजनाअनुसार छोरीलाई विभिन्न डर धम्की देखाएर मन्सारामलाई बोलाउन लगाइएको देखियो ।’ लाठीले अन्धाधुन्ध प्रहार गरेको पीडित मन्सारामले प्रहरी सामु बयान दिएका छन् ।  घाइते यादवको वेस्टर्न हस्पिटल नेपालगन्जमा उपचार भइरहेको छ ।

केटीका आफन्तले मान्सारामलाई नक्कली चोर बनाएको कागजसमेत प्रहरीले बरामद गरेको जनाएको छ । कागजमा केटीका आफन्तले ती केटालाई ‘म चोरी गर्न आएको थिएँ, चोरी गर्दागर्दै घरधनीले फेला पारी सामान्य कुटपिट गरेको र प्रहरीमा उजुर गर्ने छैन, गरेको खण्डमा यही कागजका आधारमा उजुरी फिर्ता लिनेछु’ लिखित कागज बनाएका रहेछन् काफ्लेले बताउनुभयो । 

कागजमा केटालाई जबरस्ती सहीछाप गर्न लगाएको पीडितले प्रहरीसामु बयान दिएको प्रहरीको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक