१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

छोरीसँग प्रेम गर्नेलाई शिक्षकले कुटे

२५ श्रावण २०७९, बुधबार १०:४९

साउन २५, काठमाडौँ | दाङमा छोरीको प्रेमीलाई घरमा बोलाएर एक जना शिक्षकले निर्घात कुटपिट गरेका छन् । विद्यार्थी कुट्ने छोरीका बुवा पाटेश्वर यादवलगायत तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । 


राजपुर गाउँपालिका ३ खरदरियाका १९ वर्षीय विद्यार्थी मन्साराम यादव कुटपिटबाट गम्भीर घाइते भएका छन् । उनको टाउको, हातखुट्टा, नाक र मुखमा गहिरो चोट लागेको छ । कुटपिट गरेको अभियोगमा पाटेश्वर यादव र उनका दाइ धिरजबहादुर यादवलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।  

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी सुरेस काफ्लेले घटनालाई प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिनुभययो । काफ्लेका अनुसार केटा र केटीबीचको प्रेम सम्बन्ध केटी पक्षकाले स्वीकार गर्न नसक्दा घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

मन्साराम यादव जनज्योति माध्यमिक विद्यालय बेलाको कक्षा १२ मा अध्ययनरत छन् । सोही विद्यालयमा पढाउने शिक्षक पाटेश्वर यादवले आफ्नी छोरीसँग प्रेम गाँसेको भन्दै केटालाई बन्धक बनाएर कुटपिट गरेको उजुरी इलाका प्रहरी कार्यालय गढवामा परेको काफ्लेले जानकारी दिनुभयो ।

‘दुवैबीच प्रेम सम्बन्ध रहेको केटीका बाबुले थाहा पाएपछि योजनाबद्ध रुपमा बन्धक बनाएर कुटपीट गरेको देखिन्छ’ उहाँले भन्नुभयो, ‘योजनाअनुसार छोरीलाई विभिन्न डर धम्की देखाएर मन्सारामलाई बोलाउन लगाइएको देखियो ।’ लाठीले अन्धाधुन्ध प्रहार गरेको पीडित मन्सारामले प्रहरी सामु बयान दिएका छन् ।  घाइते यादवको वेस्टर्न हस्पिटल नेपालगन्जमा उपचार भइरहेको छ ।

केटीका आफन्तले मान्सारामलाई नक्कली चोर बनाएको कागजसमेत प्रहरीले बरामद गरेको जनाएको छ । कागजमा केटीका आफन्तले ती केटालाई ‘म चोरी गर्न आएको थिएँ, चोरी गर्दागर्दै घरधनीले फेला पारी सामान्य कुटपिट गरेको र प्रहरीमा उजुर गर्ने छैन, गरेको खण्डमा यही कागजका आधारमा उजुरी फिर्ता लिनेछु’ लिखित कागज बनाएका रहेछन् काफ्लेले बताउनुभयो । 

कागजमा केटालाई जबरस्ती सहीछाप गर्न लगाएको पीडितले प्रहरीसामु बयान दिएको प्रहरीको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण