२४ मंसिर २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

सिचाई मन्त्री दिपक गिरी मंगलबार गृह जिल्ला दाङ आउँदै

२५ भाद्र २०७३, शनिबार ०७:१७

सन्तोषकुमार गुप्ता | भदौ २०, देउखुरी | नेपाल सरकारका सिचाई मन्त्री दिपक गिरी मंगलबार दाङ आउँदै हुनुहुन्छ । मन्त्री भए पछि गिरी पहिलो पटक दाङ आउन लाग्नु भएको हो । 

मन्त्री गिरी मंगलबार हेलिकेप्टरबाट बिहान ८ बजे भैरहवा अवतरण हुने र त्यहाँबाट गृह जिल्ला दाङ आउने कार्यक्रम नेपाली काँग्रेस दाङले जनाएको छ । दुई दिने दाङ बसाईका क्रममा दाङ आउन लाग्न भएका गिरीले सिँचाई मन्त्रालय अन्र्तगतका सरकारी योजनाहरुको स्थलगत निरक्षण तथा देउखुरीको भालुवाङ देखि तुलसीपुर सम्मका विभिन्न ठाउँमा कार्यकर्ता भेटघाट, स्वागत र सम्मान कार्यक्रम समेत तय गरिएको नेपाली काँग्रेसका जिल्ला सचिव शंकर डाँगीले जानकारी दिनु भयो । दाङ क्षेत्र नम्बर ५ बाट सांसद बन्नु भएका गिरीले बर्तमान सरकारमा सिंचाई मन्त्रालय सम्हाल्नु भएको हो । गिरी नेपाली काँग्रेसका केन्द्रिय सदस्य समेत हुनुहुन्छ । यसैबीच सचिव डाँगीले सोमबार एक प्रेस विज्ञप्थी जारी गरी २१ र २२ गतेको कार्यक्रमको जानकारी गराउनु भएको छ । मंगलबार बिहान ११ बजे राप्ती किनारमा बन्न लागेको बड्कापथ सिचाई आयोजनाको स्थलगत निरक्षण, आयोजनाका पद्धाधिकारीहरुसंग छलफल, १२ बजे लालमटियाको मसुरियामा कर्याकर्ता भेटघाट, १ बजे लमहीमा रहेको बड्कापथ सिचाई तथा प्रगन्ना कार्यालयको निरिक्षण तथा कर्मचारीहरु संगको छलफल र लमही पार्टी कार्यालयमा कर्याकर्ता भेटघाट कार्यक्रम रहेको जानकारी दिनु भयो ।

त्यसैगरी २ बजे जिल्ला प्रशासन कार्यालय दाङमा जिल्लका सरकारी कार्यालयका प्रमुखहरु संगको छलफल तथा निर्देशन दिने कार्यक्रम रहेको सचिव डाँगीले जानकारी दिनु भयो । दिउसो ३ बजे पार्टी कार्यालयमा मन्त्री गिरीलाई स्वागत, सम्मान र बधाई सँगै जिल्ला स्तरीय कार्यकर्ता भेटघाट तथा सम्बोधन गर्ने कार्यक्रम आयोजना गरिएको सचिब डाँगीले बताउनु भयो । त्यसैगरी २२ गते बुधबार बिहान ७ बजे सिँचाई डिभिजन कार्यालय दाङको निरक्षक, ८ बजे प्रेस युनियनले आयोजनाको पत्रकार सम्मेलन कार्यक्रममा सम्बोधन गर्ने, साढे ८ बजे तुलसीपुर श्रीचौर कुलो निरिक्षण, साढे १० बजे क्षेत्र नम्बर ४ मा कार्यकर्ता भेटघाट तथा सम्बोधन, साढे १२ बजे तुलसीपुर—५ कृष्णमन्दिर परिसरमा क्षेत्रिय स्तरको कार्यकर्ता भेटघाट तथा सम्बोधन, ४ बजे पश्चिम दाङको बाढी प्रभावित क्षेत्रको निरिक्षण गरी २३ गते बिहान राजधानी फर्किने कार्यक्रम रहेको सचिव डाँगीले जानकारी दिनु भयो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की एनपिएल : पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर आमनेसामने मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च