२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अष्ट्रेलियाको भिसामा थप कडाई, अध्यागमन मन्त्री भेट्न पुगे शैक्षिक ब्यवसायी

२६ श्रावण २०७९, बिहीबार ०५:१४

साउन २६, काठमाडौँ । उच्च शिक्षा अध्यनका लागि अस्ट्रेलिया आउने नेपाली विद्यार्थीको प्रवेशाज्ञामा निकै कडाइ भएपछि अस्ट्रेलियाका नेपाली सरोकारवालाले अस्ट्रेलियन सरकारका अध्यागमन मन्त्री एन्ड्रयु गिल्सलाई भेटेर आफ्ना गुनासा पोखेका छन्। 

पछिल्ला दिनमा नेपालबबाट आउने विद्यार्थीको भिसा प्रकृया निकै कडाइ गरिएकाले भेट सेक्टरका अधिकांश भिसा रद्द भएका छन्। 

कोरोनाकालपछिको ६ महिनामा नेपाली विद्यार्थीको चाप ह्वात्तै बढ्नु र एकाएक जुन महिनापछि अधिकांश भिसा रद्द हुँदा यो पेशासँग जोडिएका नेपालीमुलका व्यवशायी तथा शैक्षिक परामर्शदाता केन्द्रीय अध्यागमन मन्त्री एन्ड्रयु गील्सलाई भेटेर समस्याको समाधानका लागि आग्रह गरेका हुन्। 

एकपछि अर्को गर्दै नेपाली विद्यार्थी र नेपालसँग जोडिएका केही गलत अभिब्यक्ति सार्वजनिक हुनुका साथै यसले समग्र शैक्षिक उद्योगमा परेको प्रभावका विषयमा गहन छलफल गरिएको एनएसडब्लुका महाबाणिज्यदूत दिपक खड्काले जानकारी दिए। ‘हामीले यस बिषयमा सरोकारवालाको तर्फबाट ग्रानभिलमा भेटेर आफ्ना कुराहरु स्पष्ट पारेका छौ’, खड्काले भने। 

यसअघि पनि नेपालीमुलका शैक्षिक उद्योगीले लिबरलका एनएसडब्लुका मन्त्री तथा प्रभावशाली नेता मार्क कुरेसँग भेटेर यो समस्याका विषयमा अवगत गराएका थिए। 

‘गलत काम गर्ने र आधारभूत आवश्यकता पुरा नगर्नेलाई रोक्दा खासै समस्या रहँदैन, तर एउटा अब्बल विध्यार्थीलाई अनेकन बहानामा उच्च अध्ययनबाट बञ्चित गराउँदा यहाँको शैक्षिक उद्योगप्रतिनै गलत शन्देश जानसक्छ भन्ने हाम्रो चिन्ता जताएका हौ’, अध्यक्ष सिटौलाले भने।

सिटौलाले यता भिसामा कठिनाइ हुन थालेपछि नेपाली विद्यार्थी अमेरिका, क्यानडा र युरोपतिर जानसक्ने सम्भावनालाई समेत उजागर गरेका थिए। 

महाबाणिज्यदूत दिपक खड्काको नेतृत्वमा गएको नेपाली प्रतिनिधि मण्डलमा एनआरएनका पूर्व अध्यक्ष गोवा कटुवाल, व्यवसायी सन्जिव शर्मा, प्रेम सापकोटा र शिशिर नेपाल थिए।

कार्यक्रममा पारामाटा क्षेत्रका लेबरका सांसद डा एन्ड्रयु चाल्र्टनको पनि उपस्थिति थियो। 

भेटमा अध्यागमन मन्त्री एन्ड्रयुले पछिल्ला दिनमा देखिएको यस्ताखाले समस्याका विषयमा सक्दो सहयोग गर्ने बचनबद्धता प्रकट गरेका थिए।

अस्ट्रेलियन अध्यागमन विभागद्धारा हालै जारी गरेको अन्तर्राष्ट्रिय प्रवेशाज्ञा सम्बन्धी नयाँ नियमनमा नेपाललगायत अन्य केही मुलुकका विषयमा कडाइ गर्ने बताएको छ।

गत जुलाइ ४ मा अस्ट्रेलियन सरकारद्धारा जारी गरिएको अध्यागमन सम्बन्धी नयाँ प्रतिवेदनमा नेपाली विद्यार्थीको भेट सेक्टरमा नक्कली कागजातको बढ्दो प्रयोगलाई स्पष्ट रूपमा इंगित गर्दै यसप्रति अस्ट्रेलियन सरकारको गम्भीर चासो रहेको बताएको छ।

विगतमा विद्यार्थी भिसालाई केही सहज बनाएको अष्ट्रेलिया सरकारले अब पढ्ने र पढ्न चाहने विद्यार्थीलाई प्राथमिकतामा राखेको छ। 

पढ्नका लागि आर्थिक तथा शैक्षिक योग्यता पुरा गरेर आएका विद्यार्थी केही महिनामै कोर्स परिवर्तन गर्ने र कलेज परिवर्तन गर्नेजस्ता गतिविधि बढ्दै गएकोमा चिन्तासमेत ब्यक्त गरिएको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो