२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भिजिट भिसामा युएई हिँडेका १८ जना महिलालाई जब अध्यागमनले रोक्यो…

२०७९, २६ श्रावण बिहीबार ०६:५१

साउन २६, काठमाडौँ । भिजिट भिसामा युएई हिँडेका १८ जना महिलालाई त्रिअबी अध्यागमन कार्यालयले प्रस्थान अनुमति दिन अस्वीकार गरेको छ। गृह मन्त्रालयले तोकेको मापदण्ड पूरा नगरी युएई हिँडेका उनीहरुलाई बुधबार अध्यागम कार्यालयले 'अफलोड' गरेको हो।

अध्यागमन स्रोतका अनुसार अधिकांशले मापदण्ड पूरा नगरेको र भनेबमोजिम कागजात पेस गर्न सकेनन्। 'अधिकांश महिलाले गृह मन्त्रालयले जारी गरेको मापदण्डको बुँदा ५ लाई टेकेर भिजिट भिसामा युएई जान हिँडेका थिए। तर कसैले पनि त्यसको औचित्य पुष्टि हुने कागजात पेस गर्न सकेनन्। जसका कारण सबैको प्रस्थान अनुमति अस्वीकार गरेको हो,' स्रोतले भने।

गृह मन्त्रालयले जारी गरेको मापदण्डको बुँदा ५ मा आफ्नो घरको नातेदारका साथमा भ्रमणमा जाने तथा एकाघरको व्यक्तिको आमन्त्रण र प्रायोजनामा जाने व्यक्ति वैदेशिक रोजगारमा रहेकाहरुको नातेदार समेत हुने उल्लेख छ।

महिलाहरुको यत्रो ठूलो समूहलाई दलालहरुले अन्य प्रायोजका निम्ति विदेश लैजान लागेको आशंका अध्यागमन कार्यालयका अधिकारीहरुको छ। 'यतिका धेरै जनामध्ये कसै न कसैले त कागजात पेस गर्न सक्थ्यो। तर कसैले पनि पेस नगरेपछि आशंका बढेर गयो,' स्रोतको दाबी छ।

अध्यागन कार्यालयका अनुसार 'अफलोड' हुनेमा सोलुखुम्बुका सन्जिता राई, भोजपुरका कविता राई डंगोल, देवकी राई, प्यामदेकी शेर्पा, झापाका सुनिता तामाङ,  बर्दियाका सुकी विक, सिन्धुपाल्चोकका सुकुमाया तामाङ, कालिकोटका कमला बोहोरा, दाङका मोतीकला नेपाली, शान्तिदेवी विश्वकर्मा, सर्लाहीका पुनम थापा मगर, रसुवाका कल्पना थिङ, गोरखाका दुर्ग बानिया रहेका छन्।

त्यस्तै कलालीका प्रिया धिताल, दैलेखका सुनिता थापा, धादिङका दुर्गा परियार, सुर्खेतका गौरी बादी र सुनसरीका माइती कुमारी विश्वकर्मा रहेका छन्।

त्यस्तै आजै वैदेशिक रोजगारका लागि कतार हिँडेका चार जनालाई प्रस्थान अनुमति दिन अस्वीकार गरिएको छ। अध्यागमन कार्यालयले पाल्पाका भरत झेन्डी, खेमबहादुर झेन्डी, लोहबिर झेन्डी मगर र शेरबहादुर झेन्डी रहेका छन्। उनीहरुसँग श्रम स्वीकृति नरहेका अफलोड गरिएको अध्यागमन कार्यालयले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै