१४ कार्तिक २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

क्यान्सरबाट पीडित कांग्रेस नेता प्रदीप गिरी र कर्मा घलेको अवस्था सुधारोन्मुख

२६ श्रावण २०७९, बिहीबार १०:१५

साउन २६, काठमाडौँ । नेपाली कांग्रेसका दुई नेता क्यान्सर रोगबाट जुधिरहेका छन् । समाजवादी चिन्तक एवं प्रतिनिधि सभा सदस्य प्रदिप गिरी र कर्मा घले अहिले नेपालमै क्यान्सरको उपचार गराइरहेका छन् । 


लामो समय भारतको मुम्बईका विभिन्न अस्पतालमा घाँटीको क्यान्सरको सफल उपचारपश्चात केही महिनाअघि नेपाल आएका नेता गिरीमा निमोनिया देखिएकोले तत्काल ललितपुरस्थित नेपाल मेडिसिटी अस्पताल भर्ना भई उपचार भइरहेको छ । चिकित्सक एवं परिवार स्रोतका अनुसार उनको स्वास्थ्यमा क्रमिक सुधार देखिएको छ ।

यसैगरी, कांग्रेस सांसद कर्मा घले पोस्टेट क्यान्सर भई भारत, मुम्बईका विभिन्न अस्पतालमा उपचार गराई नेपाल फर्किन साथ पुनः स्वास्थ्य समस्या दोहोरिएपछि ललितपुरको नेपाल मेडिसिटी अस्पतालमा केही दिन उपचार गराई हाल नेपाल क्यान्सर अस्पताल एन्ड रिसर्च सेन्टर हरिसिद्धिमा थप उपचार गराइरहेका छन् ।

नेपाली कांग्रेस संसदीय दलले सांसदद्वय गिरी र घलेको स्वास्थ्य लाभको कामना गर्दै उनीहरुको प्रभावकारी उपचारका लागि सम्बन्धित चिकित्सक, स्वास्थ्यकर्मी तथा अस्पताल व्यवस्थापनसँग अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल-भारत सीमामा पर्खाल लगाएर भिसा प्रणाली लागू गर्नुपर्छ : वामदेव अस्पतालको शय्याबाट टेलिभिजनमै साफ हेर्दैछन् मैदानमा हुनुपर्ने दीपा र हीरा बेल्जियमको राजदुतमा सिफारिस लम्सालको नाम समितिबाट अनुमोदित जो बाइडेनले डोनाल्ड ट्रम्पका समर्थकलाई ‘फोहोर’ भनेपछि कडा आलोचना स्यालको आक्रमणबाट १३ जना घाइते, २ जनालाई काठमाडौँ ल्याईयो पटका पड्काउने क्रममा ६ वर्षीय बालक घाइते साफ च्याम्पियनसिप फाईनल: प्रति गोल १ लाख पुरस्कार प्रदान गर्ने गरिमा विकास बैंकको घोषणा आजको खेलमा साम्बालाई अर्को इतिहास बनाउने मौका प्रधानमन्त्री ओली मंसिर १७ गते चीन जाने, बिआरआईमा हस्ताक्षर गर्ने राजेन्द्र महतोको दाबी- रविको मुद्दा बार्गेनिङमा टुंग्याउन खोजिँदैछ एनपीएलका लागि अहिलेसम्म अनुबन्ध भए १८ विदेशी खेलाडी, कुन टिममा जोडिए कुन विदेशी खेलाडी? नेपाल र बंगलादेशबीचको फाइनल खेल काठमाडौं महानगरले तीन ठाउँबाट लाइभ गर्ने भाइटीकाका दिन पनि केही स्थानमा वर्षाको सम्भावना छ : मौसम विभाग रवि लामिछानेको बयान अन्तिम चरणमा, आज सक्ने तयारी देश कसरी डुब्दैछ सिंहदरबार वैद्यखाना हेरे पुग्छ : बालेन प्रचण्डप्रति बाबुरामको अर्को कटाक्ष, ‘माओवादी’को नाम फेरेर ‘प्रचण्डपन्थी’ राख्न सुझाव आज बुधबार तोलामा २२ सयले बढ्दै सुनको मुल्यमा फेरी नयाँ कीर्तिमान! नेपाल र बंगलादेशबीचको फाइनल खेल हेर्न टिकट काट्नेहरु बिहानैदेखि लाइनमा नेपाल र बंगलादेशको फाइनल खेल हेर्न आज प्रधानमन्त्री ओली रंगशाला जाने नारायणहिटी गेट अगाडि रमेश दुलालले गरे ‘२१औँ काग सम्मेलन’ (भिडियो हेर्नुहोस्)