2026-09-19 03:35 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

२० रुपैयाँको मुद्दामा २२ वर्षपछि फैसला : ब्याससहित भुक्तानी गर्न आदेश

साउन २७, काठमाडौं | भारतको एकजना पुरुषले झण्डै बाइस वर्षपछि रेलवे टिकटको पैसा बढी तिर्नुपरेकाे मुद्दा जितेका छन् । 

पेशाले वकिल तुंगनाथ चतुर्वेदीले सन् १९९९ मा किनेका दुईवटा रेलवे टिकटको मूल्य साबिकको भन्दा २० रुपैयाँ बढी तिरेका थिए । 

यो घटना उत्तर भारतीय राज्य उत्तर प्रदेशको मथुरा क्यान्टोन्मेन्ट रेलवे स्टेसनमा घटेको थियो । 

गत साता उपभोक्ता अदालतले चुतुर्वेदीको पक्षमा निर्णय गर्दै रेलवेजलाई ब्याजसहित उनको पैसा फिर्ता दिन आदेश दिएको थियो । 

६६ वर्षीय चतुर्वेदीले बीबीसीसँग भनेका छन्, “यस मुद्दाको सिलसिलामा मैले एक सयवटा भन्दा बढी सुनुवाईमा भाग लिएको छु । यस मुद्दा लड्नका लागि मैले खर्चेको समय र उर्जाको मूल्य तपाईंले तोक्न सक्नुहुन्न ।” 

भारतमा उपभोक्ता अदालतले विशेषगरी सेवासँग सम्बन्धित उजुरीलाई हेर्ने गर्छ । तर, तिनीहरूसामु मुद्दाहरूको ठूलो बोझ हुने भएकाले कहिलेकाहीँ तिनीहरूलाई सानातिना मुद्दा सुल्झाउन पनि वर्षौँ लाग्ने गरेको छ । 

उत्तर प्रदेशमा बस्ने गरेका चतुर्वेदीलाई मथुराबाट मोरादावाद जाने क्रममा टिकट बुकिङ क्लर्कले उनले किनेका दुईवटा टिकटमा बढी पैसा लिएका थिए । त्यतिबेला एउटा टिकटको मूल्य ३५ भारु पर्थ्यो । 

उनले दुईवटा टिकटका लागि एक सय रुपैयाँ दिए । तर, उनलाई १० रुपैयाँ मात्र फिर्ता दिइएको थियो । उनले क्लर्कले बढी पैसा लिएको भन्दै गुनासो गरेपनि बढी गएको पैसा भने फिर्ता पाउन सकेका थिएनन् । 

त्यसैले उनले नर्थ इस्ट रेलवे (गोरखपुर) र बुकिङ क्लर्कविरुद्ध मथुरास्थित उपभोक्ता अदालतमा मुद्दा दायर गरेका थिए । 

अदालतले अन्ततः रेलवेजलाई जरिबानाबापत उनलाई १५ हजार रुपैयाँ तिर्न आदेश दिएको हो । 

साथै अदालतले उनलाई उनको २० रुपैयाँमा १९९९ देखि २०२२ सम्मको १२ प्रतिशत बराबरको ब्याज थपेर भुक्तानी दिन पनि आदेश दिएको छ । 

तोकिएको ३० दिनभित्र रकम भुक्तानी नभए ब्याजदर १५ प्रतिशत पुर्‍याइने निर्णय पनि अदालतले गरेको छ ।  बीबीसीबाट । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै