प्रज्वल पौडेल/भदौ २५, रामेछाप । संघिय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आफूहरुको माग संबिधान पुनर्लेखन नभई संशोधन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रज्वल पौडेल/भदौ २५, रामेछाप । संघिय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आफूहरुको माग संबिधान पुनर्लेखन नभई संशोधन"/>
२८ मंसिर २०८२, शनिबार
काठमाडौँ - KTM

संबिधान संशोधन नभए कार्यान्वयन हुँदैन: अध्यक्ष यादव

२५ भाद्र २०७३, शनिबार १६:२४

प्रज्वल पौडेल/भदौ २५, रामेछाप । संघिय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आफूहरुको माग संबिधान पुनर्लेखन नभई संशोधन मात्र रहेको बताएका छन् । 

संघिय समाजवादी फोरम नेपाल रामेछापले शनिबार गरेको पार्टी समायोजनमा कार्यक्रममा उनले आफूहरुसँग भएको सहमति अनुसार संबिधान संशोधन नगरिए कार्यान्वयन हुन नदिने चेतावनी दिए ।

संबिधान जारी हुनुपूर्व राष्ट्रिय एकता मजबुत पार्ने अबसर भएपनि त्यो अबसरलाई प्रमुख तीन दलले सदुपयोग गर्न नसकेको उनले जिकीर गरे । यस अघिको सरकारसँग ३६ पटक बार्ता भएपनि सरकार समस्या समाधानमा गम्भिर नभएको आरोप लगाउँदै नेता यादवले संबिधान संशोधन गर्ने सर्तमा मात्रै गठबन्धनले नयाँ सरकारलाई समर्थन गरेको प्रस्ट पारे । 

नयाँ सरकार बनेको दुई महिना भईसक्दा पनि आफूहरुका माग पूरा गर्न कुनै पहल सुरु नगरेको भन्दै अध्यक्ष यादवले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण अघि नै सम्झौता कार्यान्वयन गर्न आग्रह गरे । राजनीतिक सहमति बिना स्थानीय र केन्द्रीय चुनाव सम्भव नरहेको भन्दै उनले अहिलेको स्थितिमा चुनाव हुनै नसक्ने दाबि गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ