२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘गलफ्रेण्ड’ भेट्न मध्यराति घरमा पुगेका मन्सारामलाई बाबुले रडै रडले हानेर टाउको फुटाए

२०७९, २७ श्रावण शुक्रबार ०८:१७

साउन २७, काठमाडौं | दाङमा एक युवकमाथि निर्घात कुटपिट भएको छ। राजपुर गाउँपालिका–३ खरदरियाका १९ वर्षीय मन्साराम यादवमाथि प्रेमिकाका बुवाले निर्घात कुटपिट गरेका हुन्।

मन्सारामलाई साउन २१ गते उनकी प्रेमिका सीता (परिर्वतीत नाम) को फोन आयो। प्रेमिकाले बोलाएपछि उनी साइकल चढेर राति नै ९ बजे भेट्न तीन किलोमिटर टाढा केटीको घर राजपुर–३ स्थित बेला पुगे।

जब उनी प्रेमिकाको घर नजिक पुगे, तब केही व्यक्तिहरु आएर उनीमाथि कुटपिट गर्न थाले। इलाका प्रहरी कार्यालय गढवाका अनुसार मन्सारालाई निर्घात रुपमा कुटपिट गर्दै स्थानीय धीरबहादुर यादवको घरमा लगेर टाउको, मुख, खुट्टामा गहिरो चोट पुग्ने गरी आक्रमण गरे।


उनीमाथि कुट्ने अरु कोही नभएर किशोरीका बुबा अर्थात आफ्नै शिक्षक पाटेश्वर यादव थिए। प्रहरीका अनुसार मन्साराम र किशोरी एउटै विद्यालयमा अध्ययनरत विद्यार्थी हुन्।

शिक्षक यादवले आफ्नी छोरी र किशोरबीच प्रेम भएको थाहा पाएपछि छोरीलाई नै फोन गर्न लगाएर भेट्न बोलाइ किशोरलाई निर्घात कुटपिट गरेको इलाका प्रहरी कार्यालय गढवाकी प्रहरी निरीक्षक रञ्जु केसीले बताइन्।

किशोर यादवमाथि  चिर्पट, लात्ती र मुक्काले निर्घात कुटपिट गरी गम्भीर घाइते भएका छन्। उनको अहिले नेपालगञ्जमा उपचार भइरहेको छ।

योजनाबद्ध घटना

मन्सारामलाई कुटपिटको घटना योजनाबद्ध भएको प्रहरी बताएको छ। ‘यादवलाई कुटपिट गरेपछि शिक्षक पाटेश्वर यावदले रातिको समयमा चोरी गर्न आएको हुँ भन्ने स्विकार्न बाध्य बनाइ नक्कली कागज बनाएको पाइयो’, प्रहरी निरिक्षक केसीले भनिन्, ‘घटनाको प्रकृति हेर्दा योजनाबद्ध ढंगबाट कुटपिट गरेको र चोरी स्विकार्न लगाएको कागज घटनास्थलबाट पाइएको छ।’

उक्त कागजमा आफू चोरी गर्न आएको र सो क्रममा घरधनीले फेला पारी सामान्य कुटपिट गरेको र प्रहरीमा उजुर गर्ने छैन भनी स्वीकार गर्न बाध्य गराइएको छ।

पीडित मन्सारमले आफूमाथि कुटपिट भएको भन्दै साउन २३ गते इप्रका गढवामा जाहेरी दिएका थिए। प्रहरी निरीक्षक केसीका अनुसार मन्सारामलाई कुटपिट गरेको आरोपमा शिक्षक पाटेश्वर यादव र यादवका दाइ धीरबहादुर यादवलाई घटनाको दुई दिनपछि प्रहरीले पक्राउ गरेको हो। कुटपिटमा संलग्न ३ जना भने अझै फरार रहेको गढवा प्रहरीले जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल