२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दाइजोको लोभमा ७० वर्षे वृद्धसँग १२ वर्षीया बालिकाको विवाह गर्न खोज्दा …

२०७९, २८ श्रावण शनिबार ०६:१९

साउन २८, काठमाडौँ | एजेन्सी | विवाह गर्दा उमेर, बानी व्यवहार, संस्कार हेर्ने गरिन्छ तर ७० वर्षे वृद्धसँग १२ वर्षीया बालिकाको विवाह गर्न खोजिएको घटना पत्याउन गाह्रो पर्छ तर केन्यामा यस्तै घटना भएको छ ।


बालिकाका काकाले गाईहरू दाइजोमा पाउने लोभमा झुक्याएर बालिकाको विवाह वृद्धसँग गरिदिन लागेका थिए । बालिकालाई उसका दाइको विवाह हुन लागेको भनिएको थियो । बालिका अमीरा दाइको विवाह हुने भनेर खुशी थिइन् ।

स्थानीय सञ्चारमाध्यमसँग अमीराले भनिन्, ‘मलाई नयाँ लुगा दिइएको थियो, मेरो हातमा मेहन्दी लगाइएको थियो, खुशीयाली थियो र मलाई विभिन्न परिकार खान दिइएको थियो ।’ स्थानीय क्षेत्र भोकभरी प्रभावित क्षेत्र थियो, त्यसमाथि अनेक परिकार खान पाउँदा उनी खुशी थिइन् । केन्यामा सन् १९९० देखि बाल विवाह प्रतिबन्धित थियो ।

बाल विवाहको षड्यन्त्र भइरहेकोबारे अमीराका सौतेला भाइले थाहा पाएपछि उनले प्रहरीलाई खबर गरे । विवाहका लागि बेहुलीसहित गइरहेको गाडीलाई प्रहरीले रोकेर बाल विवाह रोकेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । यस्तो घटना भइरहँदा उनकी आमाको निधन भइसकेको थियो भने बुवा घरमा थिएनन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल