१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ब्रेक नलाग्दा रूकुम-पूर्वमा प्रहरी जीप दुर्घटना

२८ श्रावण २०७९, शनिबार १०:००

साउन २८, काठमाडौँ | रूकुम-पूर्वामा प्रहरी नायब उपरीक्षकसहित ६ जना सवार दुर्घटना ब्रेक नलागेपछि भएको खुलेको छ। जिल्लाका प्रहरी प्रमुख डिएसपी प्रकाश डाँगीले मोडमा गाडीको ब्रेक नलागेपछि दुर्घटनामा परेको बताएका हुन्।  


शनिबार पुथा उत्तरगंगा गाउँपालिका वडा नं. ११ सेरो मोडमा प्रहरीको लु १ झ ६६० नम्बरको जीप सडकबाट करिब ८० मिटर तल खसेको हो। सो जिप खस्दा दुई जना डिएसपीसहित ६ जना घाइते छन्। मोडमा पुगेपछि गाडी चालक प्रहरी हवल्दार कुमारसिंह डाँगीले ब्रेक नलागेको कुरा गरेको डिएसपी डाँगीले बताए। 

‘अगाडि केटालाई बसालेको थिए अनि म र सशस्त्रका डिएसपी बीचमा बसेका थियौं। त्यही बीचमा चालकले ब्रेक लागेन सर भन्नु भयो, तर हाम्रो कुनै उपाय थिएन। गाडी खसिसक्यो,’ डिएसपी डाँगीले भने, ‘हामी बीचमा भएको हुँदा बार समात्न पायौं र चालक र गाडीसँगै पल्टिदै तलै पुग्यौं।’

सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक रविन श्रेष्ठ पनि सोही जिपमा सवार थिए। डिएसपी डाँगीले चालकको अवस्था गम्भीर रहेको जानकारी दिए। 

बीचमा बसेकै कारण आफूलाई चोट कम लागेको भएपनि सशस्त्र प्रहरीका डिएसपी श्रेष्ठलाई भने आफ्नोभन्दा बढी चोटपटक लागेको बताए।

उनीहरू तकशेरामा निरीक्षण गर्न जाँदै थिए। गाडी खस्दै गर्दा अगाडि बसेका प्रहरी जवान सञ्तोष बुढा पनि गम्भीर घाइते छन्।

गाडी पल्टिँदा ज्यान जोगाउन भनेर बीचमै हाम फालेको हुँदा बुढालाई बढी चोट लागेको र अवस्था गम्भीर रहेको डिएसपी डाँगीले बताए।

प्रहरी जवान बुढा र लक्ष्मण पुनलाई हेलिकप्टरबाट उद्धार गरी बाँकेको नेपालगञ्जतर्फ लगिएको छ। 

रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवारले हेलिकप्टर नेपालगञ्जमा बिरामी छोडेर फेरि फर्केर आउने जानकारी दिए।

‘अझै यहाँ हाम्रा दुई जना भाइहरूको अवस्था गम्भीर छ,’ उनले भने, ‘अब हेलिकप्टर आएपछि उहाँहरूलाई उपचारका लागि नेपालगञ्ज पठाउने छौं।’

डिएसपी डाँगीले पानी पनि नपरेको तथा बाटोपनि चिफ्लो नरहेको भएपनि ब्रेकले काम नगर्दा गाडी दुर्घटनामा परेको दोहर्‍याए। 

‘मलाई पनि दुखिरहेको छ। चोट त लागेको छ, तैपनि म आफू भन्दा गम्भीर अवस्थामा रहेका साथी-भाइको सहयोग तथा उद्धारमा निरन्तर खटिएको छु,’ डिएसपी डाँगीले भने, ‘मलाई सिडियो साबदेखि सबै प्रहरी साथीभाइले तत्काल उपचारका लागि जान सुझाव दिइरहनु भएको छ। तर म भन्दा गम्भीर घाइते साथीभाइलाई नपठाई म अस्पताल जाने छैन।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण