१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युक्रेन युद्धपछि रुसी अर्थतन्त्र खुम्चिएर चार वर्ष पछि धकेलियो

२८ श्रावण २०७९, शनिबार ११:१३

साउन २८, काठमाडौँ | एजेन्सी | रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सुरु गरेको युक्रेन आक्रमणको कारण रुसको अर्थतन्त्र ४ प्रतिशतले खुम्चिएर सन् २०१८ को स्तरमा पुगेको छ । कोरोना महामारीबाट बाहिरिएर सन् २०२२ को सुरुदेखि गति लिन थालेको रुसी अर्थतन्त्र दोस्रो त्रैमासिकमा खुम्चिएको तथ्याङ्कले देखाएको छ । 


शुक्रबार बैंक अफ रसियाले सार्वजनिक गरेको तथ्याङ्कले देशको कुल ग्राहस्थ उत्पादन कोरोना कालको प्रारम्भिक अवस्थापछि पुन खुम्चिएको देखाएको छ । तर पश्चिमी विश्लेषकहरूले प्रतिबन्धले रुसी अर्थतन्त्रमा जति असर गर्नेछ भनेर प्रक्षेपण गरेका थिए, त्यस्तो असर देखिएको छैन । 

युक्रेनमा आक्रमण गरेपछि रुसविरुद्ध लगाइएका अन्तर्राष्ट्रिय प्रतिबन्धले रुसी निर्यातमा ठूलो धक्का लागेको छ । 

कार निर्माणजस्ता विभिन्न निर्माण उद्योगहरू ठप्प प्राय छन् । त्यस्तै उपभोक्ताको खर्च पनि घटेको छ । रुसी अर्थतन्त्रमाथिको प्रतिबन्धको असर अपेक्षित रूपमा बढी नभए पनि यो बिस्तारै बढ्दै जाने र आगामी वर्षको पहिलो ६ महिनामा सबैभन्दा बढी प्रभाव हुनेछ । 

‘अर्थतन्त्र नयाँ दीर्घकालीन सन्तुलनतर्फ अघि बढ्नेछ । अर्थतन्त्रको पुनर्संरचना एक चरण पुरा भएपछि यसको वृद्धि हुन थाल्नेछ,’ मस्कोमा बोल्दै बैंक अफ रसियाका सहायक गर्भनर एलेक्सी जाबाट्कीनले भने । बैंक अफ रसियाले मुद्रा नियन्त्रणमार्फत बजार तथा रुबलको अस्थिरतालाई धेरै हदसम्म नियन्त्रण गर्न सफल भएकाले रुसी अर्थतन्त्रमा न्युन प्रभाव देखिएको हो ।

गत महिना बैंकले अन्तर्राष्ट्रिय प्रतिबन्धको प्रभाव पर्न नदिन वित्तीय अनुदान र पटक पटकको मौद्रिक नीति लागु गर्‍यो । यी सब कदमका बाबजुद रुसको अर्थतन्त्र यो त्रैमासिकमा ७ प्रतिशतले खुम्चिने र वर्षको अन्तिम तीन महिनाको असर थप घातक हुने बैंक अफ रसियाले अनुमान गरेको छ । ब्लुमवर्गबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण