Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

‘मिस यूनिभर्स नेपाल’ मा २० सुन्दरी

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

साउन ३०, काठमाडौँ | अगष्टको २५ तारिखमा काठमाडौंमा आयोजना हुन लागेको ‘मिस यूनिभर्स नेपाल’का लागि अन्तिम प्रतिस्पर्धामा २० जना युवतीहरुले प्रतिस्पर्धा गर्ने भएका छन् ।

‘मिस यूनिभर्स नेपाल’मा विपना अधिकारी, दीक्षा खाती, आकृति मानन्धर, सामना कार्की, प्रियांशु महत्त, श्रृष्टि हाडा, जाश्मिन खड्का, मोनिका चौधरी, अनु अनमोल क्षेत्री, श्रृष्टी तामाङ्ग, मोनालिजा पराजुली, रिजु खड्का, डाक्टर आयुष्नोभा ढुंगाना क्षेत्री, मेनुका चौधरी, सोफिया भुजेल, रजनी मिश्रा, रुप्सी श्रेष्ठ, प्रतिभा महर्जन र आश्मा केसी सहभागी छन् ।

उत्कृष्ट २० मध्ये सोसल इम्प्याक्टर लिडर विधाको विजेता र पिपुल च्वाइस अवार्डको विजेताले उत्कृष्ट १० मा सोझै प्रतिस्पर्धा गर्न पाउनेछन् ।यसबर्षको ‘मिस यूनिभर्स नेपाल’को विजेताले १० लाख रुपैयाँ र इलेक्ट्रिक स्कुटर प्राप्त गर्ने निर्देशक नग्मा श्रेष्ठले जानकारी दिइन् ।

यस्तै, विजेताले ७१ औं श्रृङ्खलाको ‘मिस यूनिभर्स’मा समेत भाग लिन पाउनेछन् ।

निर्देशक नग्मा श्रेष्ठले आउँदो वर्षदेखि भने यो प्रतियोगीतामा विवाहित, गर्भवती र आमा भइसकेका तथा सम्बन्धविच्छेद गरेका महिलाहरूले समेत सहभागिता जनाउन पाउने बताइन् ।

‘मैले सधै नै मिस यूनिभर्सलाई मन पराउनुको एउटै कारण भनेको यसमा लागु हुने समावेशिता हो । आउँदो वर्षदेखि लागू हुने गरि गरिएको परिवर्तन साहसी, सशक्त र सुन्दर नेपाली महिलाहरुका लागि लागु हुनेमा विश्वास लिएकी छु,’ उनले भनिन् ।