Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

आमा बन्दैछिन् श्वेता खड्का

By साझासवाल 2 मिनेट पढाइ

साउन ३०, काठमाडौँ | अभिनेत्री श्वेता खड्काले पहिलो सन्तानलाई जन्म दिंदैछिन् । श्वेताले कात्तिक अन्त्य वा मंसिरको पहिलो सातालाई चिकित्सकले डेलिभरीको समय तोकेको जानकारी दिइन् ।

धनगढीका विजयन्द्रसिंह राउतसँग २०७७ साल मंसिर २२ गते श्वेताको विवाह भएको थियो । त्यसअघि उनको विवाह अभिनेता श्रीकृष्ण श्रेष्ठसँग भएको थियो । श्रीकृष्णको निधनको केही वर्षपछि श्वेता र विजयन्द्रले विवाह गरेका हुन् ।

उनको गर्भमा ६ महिनाको शिशु हुर्किरहेको छ । हिजोआज उनी घरमै आराम गरिरहेकी छिन् र सार्वजनिक कार्यक्रममा देखिएकी छैनन् । ‘स्वास्थ्यमा केही असहजजस्तो भएपछि अहिले घरमै आराम गरिरहेको छु,’ श्वेताले भनिन् ।