२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जसपा खोटाङका अध्यक्षसहित ३९ जनाले गरे पार्टी परित्याग

२०७९, ३० श्रावण सोमबार ११:४९

साउन ३०, खोटाङ | जनता समाजवादी पार्टी, खोटाङका ३९ नेताले पार्टी परित्याग गरेका छन् ।

केन्द्रीय नेतृत्वले पार्टीलाई सही दिशा दिन नसकेको, सैद्धान्तिक र वैचारिक पथमा विचलन आएको, सांगठानिक र सैद्धान्तिक रुपमा पार्टीलाई विघटनको दिशातर्फ लगेको आरोप लगाउँदै जिल्ला अध्यक्ष टंक थापासहित ३९ नेताले जसपा परित्याग गरेका हुन् ।


अध्यक्ष थापाले सोमबार दिक्तेलमा पत्रकार सम्मेलन आयाेजना गर्दै ११ पदाधिकारीमध्ये सात जना, ५३ सचिवालय सदस्यमध्ये २३ जना, सात केन्द्रीय सदस्यमध्ये दुई जना र ६ जना प्रदेश सदस्यमध्ये तीन जनाले पार्टी परित्याग गरेको जानकारी दिए । 

जिल्ला अध्यक्ष थापा, उपाध्यक्ष मणि राई, नविनकिशोर राई, बसन्ती राई, सचिव जिवराज पोख्रेल, सह-सचिव आशिस राई र कोषाध्याक्ष सावित्री राईले जसपा छाडेका छन् । यस्तै, केन्द्रीय अनुशासन आयोग सदस्य वीरबहादुर राई, प्रदेश समिति सदस्य मोहन गुरुङ, किरात राष्ट्रिय समिति सदस्य देवकुमार राई र गीता श्रेष्ठले पार्टी परित्याग गरेका हुन् । जसपाले जिल्ला कमिटीको बैठक बोलाएकै दिन उनीहरूले पार्टीबाट अलग भएको घोषणा गरेका हुन् । 

थापाका अनुसार जिल्ला सल्लाहाकार सदस्य पञ्चशेर राई, सचिवालय सदस्य दिपककुमार तामाङ, प्रवचन राई, मनोज राई, ऐसेलुखर्क पालिका अध्यक्ष किशोर राई, ऐसेलुखर्क उपाध्याक्ष कृष्ण राई लगायतले जसपा छाडेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल