2026-09-19 08:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चलचित्र ‘प्रेमगन्ज’ का अभिनेता गिरीले जब यौनकर्मीलाई ठेला किनेर व्यवसायमा लगाइदिए

साउन ३१, काठमाडौँ | आउँदो ३ भदौबाट प्रदर्शनमा आउने फिल्म ‘प्रेम गन्ज’ का अभिनेता हुन् तेज गिरी । नेपाली फिल्म उद्योगमा नयाँ सुनिए पनि तेज एक दशकयता नेपाली रंग क्षेत्रसँग जोडिएका छन् । सन् २०१२ मा मिस्टर नेपालमा टप फाइभमा आटाएपछि उनको सक्रियता रंगका विभिन्न विधामा बढ्यो । त्यही इभेन्टमा भेटिएका एक फिल्म निर्देशकको कारण उनले फिल्मसँग सम्बन्धित गतिविधिमा सक्रियता बढाए । पेसाले बैंकर भएकाले उनले फिल्मसँग जोडिएका गतिविधिलाई पनि सुस्त रूपमा अगाडि बढाए । उनको सक्रियता बढ्नुको कारण निर्देशक परिच्छेद सेन पनि हुन् । उनीसँग भेट भएपछि तेजले गतिविधि बढाएका हुन् । 

‘हाम्रो भेटघाट एउटा फिल्ममा काम गर्ने योजनाअनुसार भएको थियो । यद्यपि त्यो फिल्म बनेन तर निर्देशक सरसँग सम्बन्ध प्रगाढ भयो । त्यसैले गर्दा अहिलेसम्मको सहकार्य सम्भव भयो,’ उनले भने । त्यसो त तेजले मिस्टर नेपालकै इभेन्टमा भेटिएका निर्देशकसँग पनि काम नगरेका होइनन् । तर छायांकन भएको फिल्म अहिलेसम्म रिलिज भएको छैन । 

परिच्छेदसँग सहकार्य गर्ने भनिएको फिल्म नबने पनि ‘न दुखुन मनहरु’ नामक कार्यक्रम बनाउने योजनाअनुसार तेजको सहकार्य भयो । ‘हामीले सामान्य व्यक्तिको पूरा गर्न सक्ने चाहनालाई पूरा गर्ने उद्देश्यअनुसार कार्यक्रम सुरु गर्यौं । हामीले कसैलाई खाना खुवाएक छौँ , कसैलाई फिल्म देखाएका छौँ । यी यस्तै उनीहरुको पूरा गर्न सक्ने सपनालाई पूरा गर्ने गरेका थियौं,’ तेजले भने । 

‘नदुखुन मनहरु’ मा तेज प्रस्तोता थिए । परिच्छेदले निर्देशकको दायित्व सम्हालेका थिए । फिल्मकै अभिनेता पवन भट्टराईलाई छायाँकारको जिम्मा दिइएको थियो । कार्यक्रम बनाउँदै गर्दा उनीहरूले आममानिसलाई नजिकबाट बुझ्न पाए । एक वृद्धलाई नाँग्लोमा केही सामग्री राखेर व्यापारको माहोल बनाइदिए । एक यौनकर्ममा लागेकी युवतीलाई ठेला किनेर त्यहाँ व्यवसाय गर्ने वातावरण बनाइदिए । 

‘अहिले पनि हामीले ठेलामा व्यवसाय सुरु गरिदिएको बहिनीले फोन गर्नु हुन्छ । आफ्नो पछिल्लो जीवन बाध्यताका साथ जीविकोपार्जन गरिरहनुभएकी ती बहिनी खुसी हुनुहुन्छ । त्यही क्रममा हाम्रो भेट राजु फुयाँलसँग भयो,’ उनले भने । नेपाली फिल्ममा स्पट ब्वाई, किचेन स्टाफका रूपमा लामो समय बिताएका राजुको चाहना एउटा फिल्ममा निर्माताको रुपमा आफ्नो नाम आओस् भन्ने रहेछ । त्यो कुराको जानकारी तेज र परिच्छेदलाई एपिसोड बनाउँदा थाहा भयो । ‘उहाँको कार्यक्रम बनाउने समयमा फिल्ममा निर्माताको रूपमा नाम अओस् भन्ने सपना छ भन्नु भएपछि हामीले त्यसलाई पूरा गर्न फिल्मतर्फको तयारी थाल्यौं,’ तेजले भने । 

राजुको सपनाले तेज र परिच्छेदको सहकार्य गर्ने योजनालाई मूर्तरूप दियो । राजुलाई निर्माता बनाउने सपनासँगै तेजको फिल्ममा अभिनय गर्ने र आफूलाई लागेको कथा दर्शकसम्म पुर्याउने सपना निर्देशक सेनको पूरा भयो । ‘हामी सहकार्यमा जुटेपछि विस्तारै कथा, कास्टिङलगायतका काम अगाडि बढ्यो र  अहिले फिल्म बनेर तपाइँहरु समक्ष आउँदै छ,’ उनले भने । 

फिल्ममा उनी लिड रोलमा छन् । उनले युवा र वृद्ध अवस्थामा प्रेमलाई लिएर आउने परिवर्तनलाई प्रस्तुत गरेका छन् । एक युवाको जीवनमा प्रेमले कति महत्व राख्छ भन्ने तथ्यलाई समेत फिल्मले दर्शाउँछ । ‘माया गर्नेहरूको ठाउँ हो प्रेम गन्ज । हामीले दुई कालखण्डको प्रेमलाई दर्शाउने प्रयास गरेका छौँ । फिल्मले मायाको विभिन्न आयामलाई प्रस्तुत गर्नेछ,’ उनले भने । 

मोडलिङ हुँदै फिल्ममा आइपुगेका तेजले आफ्नो को–स्टार र टिमको कारण काम गर्न सहजता महसुस गरे । ‘मैले सम्पूर्णबाट काममा सहयोग पाए । यसैले गर्दा निकै सहज भयो । किनकि मलाई सम्पूर्ण टिमको उत्तिकै सहयोग थियो,’ तेजले भने । 

डेढ दशकभन्दा बढी समययता उनी मुक्तिनाथ विकास बैंकको एक डिपार्टको हेडका रूपमा समेत कार्यरत छन् । आफ्नो प्यासन र प्रोफेसन लाइफ उनलाई म्यानेज गर्न सहज नै छ । ‘बैंकिङ दायित्व त छ नै तर सेड्युलअनुसार काम गर्ने भएकाले मैले समय सन्तुलन कायम गरिरहेको छु,’ उनले भने । फिल्ममा बैंकरको समूहले लगानी समेत गरेको छ । तर नेपाली फिल्ममा त्यो सहभागिता निकै कम छ । 

प्रोजेक्ट लोन बैंकले दिँदैन । यी सब बारे तेज जानकार नै छन् । उनले विस्तारै नेपाली फिल्मलाई लिएर जोखिम कम महसुस बैंकहरूले गरिरहेको बताए । ‘बैंकले कम जोखिमको क्षेत्रलाई प्राथमिकता दिन्छ । फिल्म सफलताको रेसियो हेर्ने हो भने बैंक टाढा नै बस्न खोज्छ । साथै , बैंकलाई पारदर्शिता पनि चाहिन्छ’ उनले भने । नेपाली फिल्म बनाउँदा हुने लगानीको स्रोत, बैंकिङ ट्रान्जेक्सनलगायत स्पष्ट हुँदै गएपछि बैंकहरू पनि फिल्मतर्फ आकर्षित हुने उनले बताए । उनले फिल्म उद्योगमा व्यावसायिकता पनि कम पाएका छन् । ‘यहाँ व्यावसायिकता र व्यास्थापनाको पक्ष निकै कम छ । यी पक्ष सबल हुँदै गएमा अन्य क्षेत्रमा पनि आकर्षण बढ्ने छ,’ तेजले भने । 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो