१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा २८ जना पक्राउ

३१ श्रावण २०७९, मंगलवार ०७:४८

साउन ३१, काठमाडौँ | काठमाडौं र चितवनबाट जुवातास खेलिरहेको अवस्थामा २८ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५ जोरपाटीबाट जुवातास खेलिरहेको अवस्थामा १५ जनालाई प्रहरीले पक्राउ गरेको हो ।  

सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–१ घर भएका २६ वर्षीय  निमा शेर्पाको खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिउको प्रहरीले जनाएको छ । 

प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ६० हजार १५० रुपैयाँ सहित पक्राउ गरेको हो । 

यसैगरी काठमाडौंको नागार्जुन नगरपालिका–२ सानोभ¥याङबाट जुवातास खेलिरहेको अवस्थामा ७ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । 

धनकुटा घर भएकी ५१ वर्षीया शुशिला लिम्बुको कोठाबाट जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरुलाई १ लाख १५ हजार रुपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो । 

चितवनको भरतपुर महानगरपालिका–२२ कुमिया घोल बस्ने ४५ वर्षीय बिष्णु राज महतोको घरमा तास खेलिरहेको अवस्थामा ६ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय गितानगरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४२ हजार ५ सय रुपैयाँ र १५ बुक तास सहित फेला पारी पक्राउ गरेको हो । 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण