१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रीलंकाको हम्बनटोटामा जहाज पुगेपछि भारतको चिन्तामा चीनले दियो यस्तो जवाफ

१ भाद्र २०७९, बुधबार ०७:५५

भदौ १, काठमाडौँ | आफ्नो जहाज श्रीलंकाको हम्बनटोटा बन्दरगाहमा पुगेपछि चीनले कुनै पनि देशको सुरक्षामा खतरा नहुने स्पष्टिकरण दिएको छ । चीनले कुनै पनि तेस्रो पक्षले जहाज रोक्न नहुने बताएको छ । यो जहाज अगस्ट २२ सम्म हम्बनटोटामा रहनेछ । भारतले केही दिनअघि श्रीलंकालाई आफ्नो छिमेकमा जहाज रहेको भन्दै चिन्ता व्यक्त गरेको थियो ।


चीनले युआन वाङ–५ नामक जहाजमार्फत् भारतको आणविक, क्षेप्यास्त्रसँग सम्बन्धित प्रतिष्ठानहरूको जासुसी गर्ने हो कि भन्ने भारतलाई डर छ । समाचार एजेन्सी पीटीआईले चीनको आधिकारिक मिडिया रिपोर्टलाई उद्धृत गर्दै उक्त जहाज स्याटेलाइट र ब्यालिस्टिक मिसाइल जस्ता उन्नत प्रविधिले सुसज्जित भएको जानकारी दिएको छ । यसमा दुई हजार चालक दलका सदस्य बोक्न सकिनेछ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले भारतको चिन्ताबारे सोधिएको प्रश्नको जवाफमा उक्त जहाज ‘अन्तर्राष्ट्रिय कानुन अनुसार’ अनुसन्धानका लागि हम्बनटोटा पुगेको बताए । ‘म युआन वाङ–५ को सामुद्रिक वैज्ञानिक अनुसन्धान गतिविधिहरू अन्तर्राष्ट्रिय कानुन र अन्तर्राष्ट्रिय सामान्य प्रक्रिया अनुरूप नै छन् भनी दोहोर्‍याउन चाहन्छु,’ उनले भने ।

‘यो जहाजले कुनै पनि देशको सुरक्षा र आर्थिक हितलाई असर गर्दैन । यसलाई कुनै तेस्रो पक्षले रोक्ने प्रयास गर्नु हुँदैन,’ वेनबिनले भने ।

हम्बनटोटा बन्दरगाह बेइजिङले सन् २०१७ मा श्रीलंकाबाट ९९ वर्षका लागि भाडामा लिएको थियो । श्रीलंकाले व्यापक परामर्शपछि चिनियाँ जहाजलाई हम्बनटोटा आउन अनुमति दिएको बताएको हो ।

चीनले यो बन्दरगाहलाई सैन्य गतिविधिका लागि प्रयोग गर्न सक्ने भारतलाई डर छ । १.५ बिलियन डलरको हम्बनटोटा बन्दरगाह एशिया र युरोपका लागि मुख्य ढुवानी मार्गको नजिक छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण