२०८२, २० चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शारदा अधिकारीको कम्पनीबाट खोसियो तीनपिप्ले–बञ्चरेडाँडा सडक

२०७९, १ भाद्र बुधबार ०९:५१

भदौ १, काठमाडौँ | नुवाकोट सडक अन्तर्गत तीनपिप्ले–बञ्चरेडाँडा सडक खण्डको बाटो निर्माणको ठेक्का पाएको शैलुङ कन्सट्रक्सनकाे ठेक्का रद्द भएको छ। जिल्ला अदालत ललितपुरले यसअघि भएको अन्तरिम आदेशलाई खारेज गर्दै उक्त कम्पनीसँगको सडक विभागले गरेको ठेक्का रद्द गर्ने निर्णयलाई सदर गरेको हो।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का घरबेटी शारदा अधिकारीको कम्पनी शैलुङ्ग कन्सट्रक्सनसँगको ठेक्का सडक विभागले यसअघि नै रद्द गरिसकेको थियो। तर, कम्पनीले गत असार ८ गते ठेक्का रद्ध गर्ने सडक विभागको निर्णयविरुद्ध जिल्ला अदालत ललितपुरमा मुद्दा दायर गरेको थियो। उक्त मुद्दामा अदालतले शुरुमा अन्तरिम आदेश जारी गर्दै ठेक्का रद्द गर्ने निर्णय कार्यान्वयन नगर्न भनेको थियो। 

यसअघि अदालतले सो मुद्दामा अन्तरिम आदेश दिँदै ठेक्का रद्द गर्ने निर्णय कार्यान्वयन नगर्न सडक विभागलाई निर्देशन दिएको थियो । 

निर्माण व्यवसायी अधिकारीको शैलुङ कन्स्ट्रक्सनले सो सडकको ८ वर्षअघि ठेक्का पाएको थियो । त्यसपछि ७ पटकसम्म सडकको म्याद थप्दासमेत सडकको काम सकिएको थिएन । सो सडकमा हालसम्म ५० प्रतिशत मात्र प्रगति भएको सडक विभागको भनाई छ । 

८ वर्षअघि सडक विभागले ३१ करोड लागतमा २ वर्षमा काम सम्पन्न गर्ने गरी सम्झौता गरे पनि सो कम्पनीले ८ वर्षसम्म पनि काम सम्पन्न गर्न नसकेको हो । ७ औँ पटक थपिएको म्याद गएको चैतमा सकिएपछि सडक विभागले बाध्य भएर ठेक्का सम्झौता तोडेको थियो । 

सो सडकखण्डको ८ किलोमिटर सडक फोहोर विसर्जनका लागि प्रयोग हुने गरेकोमा बाटो नबन्दा फोहोर बोकेका सवारी चालकले हैरानी पाउँदै आएका थिए । सो ठेक्का सम्झौता तोडिएसँगै विभागलाई सो सडक निर्माणका लागि नयाँ ठेक्का प्रक्रिया गर्नका लागि बाटो खुलेको छ । 

के छ अदालतको फैसलामा ? 

सडक विभाग र शैलुङ कन्स्ट्रक्सनबीच २०७१ जेठ २२ गते मा सम्झौता सम्पन्न भएको, २०७३ जेठ २२ गतेसम्म काम सम्पन्न गर्नुपर्नेमा ३९ दशमलव ५० प्रतिशत काम सम्पन्न भएको देखिएको उल्लेख छ । त्यसपछि शैलुङ कन्स्ट्रक्सनले पटक–पटक गरी सडक विभागसँग ७ औँ पटक म्याद थप भएको अवस्थामा हाल निवेदकले ५८ प्रतिशत कार्य पूरा गरेको भन्ने दावी गरेको, शैलुङ कन्स्ट्रक्सन र सडक विभागबिच गत चैत ३ गते  ठेक्का सम्झौताको अवधि समाप्त भएपछि पनि सो ठेक्का निरन्तरताको लागि शैलुङ् कन्स्ट्रसनले कुनै पहल गरेको उल्लेख छ । सार्वजनिक खरिद नियमावली, २०६४ को बाह्रौँ संशोधन मिति २०७९–०३–२० आउनु पूर्व २०७९–०३–०५ मा नै ठेक्का रद्द गरिसकेको विषय देखाउँदै अदालतले सडक विभागको पक्षमा फैसला गरेको हो ।  २५ किलोमिटर लम्बाइ रहेको यो सडक अन्तरगत ८ किलोमिटर सडक काठमाडौँको फोहोर बोक्न प्रयोग हुने गरेको छ । सडक विभागले अदालतको फैसला आएसँगै नयाँ ठेक्का खोल्ने तयारी गरेको छ । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी