३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘बिग बोस १६’ मा सलमानको पारिश्रमिक एक हजार करोड

३ भाद्र २०७९, शुक्रबार ०६:०२

भदौ ३, मुम्बई | भारतीय टेलिभिजनको विवादास्पद रियालिटी शो ‘बिग बोस १६’ चाँडै नै नयाँ सिजनका साथ पुनरामगन गर्दैछ । नयाँ सिजनका लागि शोका होस्ट सलमान खानले अघिल्लो १५औं संस्करणको भन्दा तीन गुणा बढी पारिश्रमिक लिँदैछन् । यद्यपि निर्माताले यो कुराको हालसम्म स्वतन्त्र पुष्टि गर्न सकेका छैनन् ।


समाचारअनुसार यो सिजनका लागि सलमानले एक हजार करोड रुपैंयाँ पारिश्रमिक लिँदैछन् । यदि यो खबर सत्य हो भने सलमानले लिने यो पारिश्रमिक यो वर्ष सर्वाधिक कमाई गरेको फिल्म ‘केजीएफः च्याप्टर २’ को बजेट भन्दा पनि १० गुना बढी हो ।

यश स्टारर फिल्म ‘केजीएफः च्याप्टर २’ करिब एक सय करोडको बजेटमा निर्माण भएको हो । यसले बक्स अफिसमा करिब एक हजार करोड रुपैंयाँको कमाई गरेको थियो । यही हिसाबले सलमान वर्षको ब्लकबस्टर फिल्मको बजेटभन्दा १० गुना बढी पारिश्रमिक लिन लागेका हुन् ।

‘बिग बोस १६’ अक्टोबरको सुरुवातसम्ममा अन एयर हुनेछ । केही दिनअघि मात्र यस सिजनको सेटको फोटो सामाजिक सञ्जालमा लिक भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा