२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘बिग बोस १६’ मा सलमानको पारिश्रमिक एक हजार करोड

२०७९, ३ भाद्र शुक्रबार ०६:०२

भदौ ३, मुम्बई | भारतीय टेलिभिजनको विवादास्पद रियालिटी शो ‘बिग बोस १६’ चाँडै नै नयाँ सिजनका साथ पुनरामगन गर्दैछ । नयाँ सिजनका लागि शोका होस्ट सलमान खानले अघिल्लो १५औं संस्करणको भन्दा तीन गुणा बढी पारिश्रमिक लिँदैछन् । यद्यपि निर्माताले यो कुराको हालसम्म स्वतन्त्र पुष्टि गर्न सकेका छैनन् ।


समाचारअनुसार यो सिजनका लागि सलमानले एक हजार करोड रुपैंयाँ पारिश्रमिक लिँदैछन् । यदि यो खबर सत्य हो भने सलमानले लिने यो पारिश्रमिक यो वर्ष सर्वाधिक कमाई गरेको फिल्म ‘केजीएफः च्याप्टर २’ को बजेट भन्दा पनि १० गुना बढी हो ।

यश स्टारर फिल्म ‘केजीएफः च्याप्टर २’ करिब एक सय करोडको बजेटमा निर्माण भएको हो । यसले बक्स अफिसमा करिब एक हजार करोड रुपैंयाँको कमाई गरेको थियो । यही हिसाबले सलमान वर्षको ब्लकबस्टर फिल्मको बजेटभन्दा १० गुना बढी पारिश्रमिक लिन लागेका हुन् ।

‘बिग बोस १६’ अक्टोबरको सुरुवातसम्ममा अन एयर हुनेछ । केही दिनअघि मात्र यस सिजनको सेटको फोटो सामाजिक सञ्जालमा लिक भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना