३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

टिकटकमा रुचाइँदै ‘२ नम्बरी’ टिजर, झन्डै तीन लाख बने टिकटक

३ भाद्र २०७९, शुक्रबार ०७:२४

भदौ ३, काठमाडौं | आगामी २१ असोजबाट रिलिज हुने फिल्म ‘२ नम्बरी’को टिजर सार्वजनिक हुनासाथ यसलाई विशेषत टिकटक बनाउनेको संख्या बढ्दै गएको छ । टिजरमा प्रयोग गरिएको संवादमाथि झन्डै तीन लाखभन्दा बढीपटक टिकटक बनेका छन् ।

नौ दिनअघि सार्वजनिक टिजरले युट्युबमा १० लाख बढी भ्युज पाइसकेको छ । टिजरमा मुख्य कलाकारहरू नायकद्वय दयाहाङ राई, सौगात मल्ल र नायिकाद्वय उपासनासिंह ठकुरी र उगेन छोदेन हाबी छन् ।

दर्शकले सौगात र उपासनाविचको संवादलाई पनि निक्कै रुचाएका छन् । ‘हामीले दुई मिनेटभन्दा लामो टिजर सार्वजनिक गरेका थियौं । यसबाट नै उत्कृष्ट प्रतिक्रिया पाएका छौं । अब, टिजरभन्दा अझै बुलन्द ट्रेलर सार्वजनिक हुनेछ,’ प्रस्तुतकर्ता किरण नेपालीले भने ।

फिल्ममा दीपक मनांगे, अमलादेवी राई र जयश श्रेष्ठको लगानी छ । सरोज नेपाली कार्यकारी निर्माता रहेको फिल्ममा मिठु तामाङ्नी सहनिर्मात्रीको रूपमा छिन् । फिल्ममा सुशन प्रजापतिको छायांकन, निमेष श्रेष्ठको सम्पादन, जयन जे वाइवाको संगीत, रामजी लामिछानेको कोरियोग्राफी छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख बालेन्द्र शाह मादी नदीमा महिलाको शव फेला दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै