२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गैह्रकानूनी धन्दा गर्ने मेडिकल पसलेलाई किन कारवाही गरिदैन ?

२०७३, २६ भाद्र आईतवार १२:३३

महेन्द्र केसी । गैह्रकानूनी धन्दा गरी रातारात करोडौ कमाउने मेडिकल पसलेहरुलाई कारवाही गर्न जिल्ला प्रशासन कार्यालय पर्वतले सकेको छैन । स्वास्थ्य जस्तो संवेदनशील पेशामा भएको गै¥हकानूनी धन्दा रोक्न र जीउधनको सुरक्षा गर्न अनुगमन गर्ने निकायले चासो देखाएन । 

स्वास्थ्य सेवामा केही मेडिकलपसलेले हद नै नाघेर कानून विपरितका काम गरिराखेको अवस्था छ । औषधि विक्री गर्न भनी स्वीकृति लिएको एक व्यक्तिले खुलेआम डाक्टर पास गरेको विशेषज्ञले जस्तै गरी विरामीको स्वास्थ्य जाँच गरेको छ । एक झोला औषधि विरामीलाई विक्र गरेर रुपैया कुम्ल्याउँछ । सामान्य त एक व्यक्तिलाई तीन थरी भन्दा बढी औषधि विक्री गर्न हुँदैन भन्ने स्टाण्र्डड टिूटमेन्ट प्रोटोकलको विश्वव्यापी मान्यता छ । 

एक्स रे राख्ने स्वीकृति नै नलिएको व्यक्तिले खुलेआम    एक्सरे गरेर विरामीसँग चर्को मूल्य लिई राखेको छ भने एक्स रे र भिडियो एक्स रे सेवा प्रदान गर्न कुनै कानूनी स्वीकृति नै नलिएको व्यक्तिले एक्स रे सेवा छ भनी प्रचार प्रसार गर्दछ । एक्स रे मेशिन आफ्नै औषधि पसलमा राखेको छ तर प्रशासनले आँखा बन्द गर्दछ । केही देख्दैन र कारवाही गर्दैन । 

यदि जिल्ला प्रशासनले चाहने हो भने कानून विपरित दर्ता नै नगरी संचालनमा ल्याइ राखेका एक्स रे मेशीन, भिडियो एक्स रे लगायतलाई आफ्नो नियन्त्रणमा लिन नसक्ने हुनसक्छ ? अवश्य सक्छ तर गर्दैन ।

कानून विपरित केही मेडिकल पसलेले एक्स रे, भिडियो एक्सरे, ईसिजी मेशीन राखेर सेवाको नाममा मुनाफा कमाइरहेका छन् । यो कुरा केही दिन पहिला जिल्ला स्वास्थ्य कार्यालयको नेतृत्वमा गरिएको मेडिकल पसलहरुको अनुगमन रिपोर्टले पनि बताएको छ । रिपोर्टले गलत काम गर्ने मेडिकल पसलहरु र तिनीहरुले गरेका कमजोरी सवै खुलस्त पारेको छ ।

कमजोरी र गलत काम गर्ने कुन कुन मेडिकल पसलहरु हुन् भन्ने प्रष्ट उल्लेख गरिरहदा समेत जिल्ला प्रशासन मौन बस्नुको कारण के हो ? भन्ने जनताले बुझ्न चाहन्छन् । स्वास्थ्य सेवाको नाममा मेडिकल पसलेहरुले कानून विपरितका कार्य गरी सर्वसाधारणको जीवन नै धरापमा पार्ने कार्य गरिरहदा समेत जिल्ला प्रशासन मुक दर्शक बनेर बसेको छ । अर्कोतिर जिल्ला अस्पतालका केही डाक्टरहरु नीजि मेडिकल पसलमै गएर विरामी चेकजाँच गर्ने र तिनै मेडिकल पसलेको पक्षमा लाग्ने गरेको पाइएको छ ।

मेडिकल पसलेले आवश्यकता भन्दा बढी औषधि विरामीलाई विक्री गर्ने, औषधि मात्र विक्री गर्ने भनी स्वीकृति लिएकाले विरामीको चेकजाँच गर्ने, स्वास्थ्य विभागबाट स्वीकृति नै नलिई भिडियो एक्स रे, ईसिजी, एक्स रे लगायतको संचालन गरी विरामीको स्वास्थ्य माथि खेलवाड गर्ने, चाहिने भन्दा बढी डोजको औषधि विक्री गर्ने, स्वास्थ्य सेवा कर नतिर्ने, विरामीको स्वास्थ्यलाई भन्दा बढी मुनाफालाई हेरेर व्यवसाय गर्दै आएको भन्ने आरोप धेरै वर्ष पहिलेदेखि सर्वसाधारणले गर्दै आएका छन् । 

यी लगायत यस्ता धेरै कमजोरी मेडिकल पसलेहरुको छ तर जिल्ला प्रशासन र जिल्ला स्वास्थ्य कार्यालय मौन छन् । अनुगमन गरेर प्राप्त गरेको रिपोर्ट अनुसार कारवाही हुँदैन भने किन अनुगमनको नाटक रच्ने र राज्यको स्रोतसाधनको दुरुपयोग गर्ने ?

मेडिकल पसलेलेको अनुगमन समय समयमा हुनुपर्ने भएपनि समयमा भएको पाइदैन र करीव तीन वर्ष पछि मेडिकल पसलहरुको अनुगमन भएको छ तर कारवाही भने भएन । यसअघि २०७१ सालमा मेडिकल पसलहरुको अनुगमन जिल्ला प्रशासनले गरेको थियो । 

त्यतिबेला कानून विपरित कार्य गरेका मेडिकल पसलहरु गणेश मेडिकल हल, पर्वत मेडिकलहल, बाग्लुङ मेडिकल हल लगायतले फेरि पनि सोही कार्य दोहो¥याउदै छन् । एक्स रे मेशीन, भिडियो एक्स रे र अन्य स्वास्थ्य सेवा प्रदान गरिरहेका छन् तर दर्ता नगरी कानून विपरित छन् । यसरी कानून विपरित स्वास्थ्य सेवा प्रदान गरी सर्वसाधारणको स्वास्थ्य माथि खेलवाड गर्ने मेडिकल पसलेहरुलाई कारवाही भएको   छैन । 

खाली अनुगमनको नौटंकी गरिएको छ र सुध्रिन भनी २ महिनाको समय दिएर कारवाहीबाट उम्काउन खोजिदै छ । प्रशासनले अरु केही कारवाही गर्न नसकेपनि औषधि पसलमा गै¥हकानूनी ढंगले  राखिएका    एक्सरे, भिडियो एक्स रे, ईसिजी लगायतका मेशीन हटाउन सक्नुपर्ने थियो तर यही पनि गरेन । 

किन यसरी कानून विपरित काम गर्ने मेडिकल पसलेको पक्षमा जिल्ला प्रशासन कार्यालय उदार देखिएको भन्ने विषय रहस्यमय बनेको छ । कानून विपरित एक्स रे राखेका मेडिकल पसलेले सुरक्षित र व्यवस्थित गरी राख्न नसक्दा क्यान्सर जस्तो घातक रोग लाग्ने विकिरण बाहिर गएको भनाई स्वास्थ्य विज्ञहरुकै छ । 

कमसे कम यो विषयमा त प्रशासनका प्रमुख प्रजिअ शम्भुप्रसाद मरासिनीको ध्यान जानुपर्ने हैन र ? प्रजिअ मरासिनीलाई सर्वसाधारणको प्रश्न यो छ कि गै¥हकानूनी धन्दा गर्ने मेडिकल पसलेलाई किन कारवाही गरिदैन ?

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित