१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

१२ को उत्तरपुस्तिका परीक्षण सकियो: नतिजा कहिले ?

३ भाद्र २०७९, शुक्रबार ०८:३३

भदौ ३, काठमाडौं | राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफलको प्रकाशन अन्तिम तयारी थालेको छ । बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को उत्तरपुस्तिका परीक्षण सकाएर प्राप्तांक चढाउने तथा ‘कम्प्युटर इन्ट्री’ थालिसकेको छ । प्राप्तांक कार्य सम्पन्नसँगै परीक्षाफल प्रकाशन तयारी हुनेछ ।

गत १६ देखि २५ जेठसम्म सञ्चालन गरेको कक्षा १२ को परीक्षामा ४ लाखभन्दा बढी परीक्षार्थी सहभागी भएका थिए । बोर्डका अनुसार भदौ दोस्रो सातासम्म प्राप्तांक चढाउने काम सकाएपछि परीक्षाफल प्रकाशन तयारी गरिनेछ ।


यसपटक नतिजा प्रकाशन ‘लेटर ग्रेडिङ’ निर्देशिका, २०७८ अनुसार हुने जनाइएको छ । सो निर्देशिकाअनुसार प्रयोगात्मक परीक्षामा न्यूनतम ४० र सैद्धान्तिकतर्फ कुनै पनि विषयमा न्यूनतम ३५ अंक ल्याएको हुनुपर्नेछ ।

तोकिएको अंकभन्दा कम ल्याएमा प्रमाणपत्रमा ‘एनजी’ अर्थात् ‘नन ग्रेडिङ’ लेखिनेछ । ‘एनजी’ लेखिएका प्रमाणपत्रले माथिल्लो कक्षा पढ्न पाउने छैनन् ।

यसअघि, कक्षा १० को एसईई परीक्षा नतिजामा पनि ‘लेटर ग्रेडिङ’ निर्देशिका, २०७८ अनुसार न्यूनत्तम ३५ अंक नल्याए ‘एनजी’ कायम गर्ने तयारी गरिएको थियो । अन्तिम समय आएर सो निर्णयबाट पछि हटेको बोर्डले कक्षा १२ मा भने ‘लेटर ग्रेडिङ निर्देशिका’ कार्यान्वयन गर्दै छ । राजधानी दैनिक


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण