2026-07-25 02:30 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

१२ को उत्तरपुस्तिका परीक्षण सकियो: नतिजा कहिले ?

भदौ ३, काठमाडौं | राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफलको प्रकाशन अन्तिम तयारी थालेको छ । बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को उत्तरपुस्तिका परीक्षण सकाएर प्राप्तांक चढाउने तथा ‘कम्प्युटर इन्ट्री’ थालिसकेको छ । प्राप्तांक कार्य सम्पन्नसँगै परीक्षाफल प्रकाशन तयारी हुनेछ ।

गत १६ देखि २५ जेठसम्म सञ्चालन गरेको कक्षा १२ को परीक्षामा ४ लाखभन्दा बढी परीक्षार्थी सहभागी भएका थिए । बोर्डका अनुसार भदौ दोस्रो सातासम्म प्राप्तांक चढाउने काम सकाएपछि परीक्षाफल प्रकाशन तयारी गरिनेछ ।

यसपटक नतिजा प्रकाशन ‘लेटर ग्रेडिङ’ निर्देशिका, २०७८ अनुसार हुने जनाइएको छ । सो निर्देशिकाअनुसार प्रयोगात्मक परीक्षामा न्यूनतम ४० र सैद्धान्तिकतर्फ कुनै पनि विषयमा न्यूनतम ३५ अंक ल्याएको हुनुपर्नेछ ।

तोकिएको अंकभन्दा कम ल्याएमा प्रमाणपत्रमा ‘एनजी’ अर्थात् ‘नन ग्रेडिङ’ लेखिनेछ । ‘एनजी’ लेखिएका प्रमाणपत्रले माथिल्लो कक्षा पढ्न पाउने छैनन् ।

यसअघि, कक्षा १० को एसईई परीक्षा नतिजामा पनि ‘लेटर ग्रेडिङ’ निर्देशिका, २०७८ अनुसार न्यूनत्तम ३५ अंक नल्याए ‘एनजी’ कायम गर्ने तयारी गरिएको थियो । अन्तिम समय आएर सो निर्णयबाट पछि हटेको बोर्डले कक्षा १२ मा भने ‘लेटर ग्रेडिङ निर्देशिका’ कार्यान्वयन गर्दै छ । राजधानी दैनिक

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक