२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्याउ खाएपछि भुलेर पनि नखानुहोस् यी चिज, फाइदाको सट्टा स्वास्थ्यमा हानी हुनसक्छ

२०७९, ३ भाद्र शुक्रबार ०९:२१

भदौ ३, काठमाडौं | स्याउ खानुका धेरै स्वास्थ्य लाभ छन् । मानिसलाई दैनिक एक स्याउ खाने सल्लाह दिइन्छ । स्याउमा भिटामिन बी६, भिटामिन सी, आइरन, क्याल्सियम, पोटासियम, फस्फोरस र म्याङ्गेनिजको गुण पाइन्छ, जुन स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ ।

बोक्रासहित स्याउ खानुका यी हुन् फाइदा – Online Khabar

स्याउले तपाईंलाई धेरै रोगबाट बचाउन मद्दत गर्छ । तर स्याउले फाइदा गर्नुको सट्टा तपाईंको स्वास्थ्यलाई हानीसमेत पुर्‍याउन सक्छ । स्याउसँग वा यो खाएपछि केही चिज खाँदा स्वास्थ्यलाई हानी पुग्न सक्छ । यसबारे केही जानकारी लिऔँ :

स्याउ खाइसकेपछि भुलेर पनि नखानुहोस् यी चिजहरु

१. मूला

स्याउ खाएपछि तुरुन्तै मूला खानु हुँदैन । किनभने स्याउ र मूला दुवैमा शीतल प्रभाव हुन्छ । त्यसैले स्याउ खाएलगत्तै मूला खाँदा शरीरमा कफ बढ्छ । पाचन सम्बन्धी समस्या पनि हुन सक्छ ।

२. पानी

स्याउ खाएपछि बिर्सेर पनि पानी पिउनु हुँदैन । किनभने स्याउ खाएलगत्तै तुरुन्तै पानी पिउँदा पेटको पीएच लेभल बिग्रन्छ । यसले पाचन गडबडी, पेट फुल्ने र अपच हुन सक्छ । साथै, छालासँग सम्बन्धित धेरै समस्या हुन सक्छ ।

३. दही

स्याउ खाएपछि सकेसम्म दही पनि नखानुहोस् किनभने स्याउ र दही दुवैमा चिसो प्रभाव हुन्छ । त्यसैले स्याउ खाएलगत्तै दही खाँदा पनि शरीरमा कफ बढ्छ । पाचन सम्बन्धी समस्या पनि हुन सक्छ ।

४. सिट्रस फल र अचार

स्याउ खाएपछि तुरुन्तै अमिलो फलफूल र अचार खानु हुँदैन । स्याउ खाएपछि तुरुन्तै सिट्रस फलफूल र अचार खाँदा पेटमा साइट्रिक एसिड बढेर पेटसम्बन्धी समस्या निम्त्याउन सक्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल