पढ्न करिब 1 मिनेट लाग्छ

भदौ ४, काठमाडौं | काठमाडौं महानगरपालिकाले बल्खु स्थित खसी बजार हटाउन

निर्देशन दिएको छ । बिहिबार एक सूचना प्रकाशित गर्दै महानगरले बल्खु स्थित खसी बजार १५ दिन भित्र हटाउन निर्देशन दिएको हो ।

खसी बजार सञ्चालन गरेका कारण नदी प्रदूषण भएको, छिमेकलाई बाधा परेको र फोहरमैलाका कारण वातावरणमा गम्भीर असर परेको भन्दै स्थानीयले गुनासो गर्दै सामूहिक उजुरी परेपछि उक्त निर्णय लिइएको महानगरले बताएको छ ।

खसी बजार सञ्चालन गर्ने व्यवसायीहरूले आफैं वैकल्पिक व्यवस्था गर्न पनि सूचनामार्फत आग्रह गरिएको छ । निर्णयको अवज्ञा भएमा कानुन अनुसार हटाइने चेतावनी पनि महानगरले दिएको छ ।