१४ कार्तिक २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेस नेता गिरिको निधनप्रति वहालवाला र पूर्व प्रधानमन्त्रीहरुले के भने ?

५ भाद्र २०७९, आईतवार ०५:३५

भदौ ५, काठमाडौं | नेपाली कांग्रेसका वौद्धिक नेता तथा सांसद प्रदीप गिरिको शनिबार निधन भएको छ । विभिन्न दलका नेता तथा कार्यकताहरुले उनको निधनप्रति दुःख व्यक्त गरेका छन् । 

कांग्रेस नेता प्रदीप गिरिको निधन

वहालवाला तथा पूर्व प्रधानमन्त्रीहरुले स्व.गिरीले नेपालको राजनीतिमा दिएको योगदानको सामाजिक सञ्जाल मार्फत स्मरण गरेका छन् । 

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गिरिलाई वैचारिक र समाजवादी चिन्तक रहेको बताएका छन् । उनको निधनको खबरल आफू निकै स्तव्ध भएको समेत उनले जनाएका छन् । 

‘नेपाली कांग्रेसका नेता एवं नेपाली राजनीतिका बैचारिक र समाजवादी चिन्तक मेरा मित्र प्रदीप गिरिजीको निधनको खवरले निकै स्तव्ध भएको छु । उहाँको निधनले नेपालले एक सच्चा र असल नेता गुमाएको छ,’ प्रधानमन्त्री देउवाले ट्वीटर मार्फत भनेका छन्, ‘उहाँको आत्माको चिर शान्तिको कामना गर्दै यस दुखद घडीमा परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु ।’ 


संसदको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गिरि चिन्तनशील राजनीतिकर्मी भएको बताएका छन् । 

सामाजिक सञ्जाल ट्वीटरमा ओलीले लेखेका छन्, ‘चिन्तनशील राजनीतिकर्मी, मित्र प्रदीप गिरिको निधनबाट मर्माहत भएको छु । उहाँप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।’ 

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गिरीलाई नेपाली राजनीतिको वौद्धिक व्यक्तित्व र वरिष्ठ समाजवादी चिन्तक भएको स्मरण गरेका छन् । 

‘नेपाली राजनीतिका वौद्धिक व्यक्तित्व वरिष्ठ समाजवादी चिन्तक एवं नेपाली काँग्रेसका नेता प्रदीप गिरिको निधनले स्तब्ध बनाएको छ । उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दछु,’ प्रचण्डले भनेका छन् । 

नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पनि गिरीलाई प्रखर समाजवादी चिन्तकको रुपमा सम्झना गरेका छन् । 

सामाजिक सञ्जाल ट्वीटरमा डा. भट्टराईले लेखेका छन्, ‘प्रखर समाजवादी चिन्तक तथा आत्मीय मित्र प्रदीप गिरिको निधनमा निःशब्द छु । २०३४ सालदेखि ४५ बर्ष निरन्तर वहाँसँगको गहन बौद्धिक विमर्शले मलाई ठुलो उर्जा प्रदान गर्ने गरेको थियो । नयाँ समाजवादी धारको विकासमा लागेका हामी सबैलाई वहाँको निधनले ठुलो क्षति पुगेको छ ! हार्दिक श्रद्धान्जली/समवेदना !’ 

गिरिको आवश्यका पछिल्लो समय झन् बढ्दै गरेको अवस्थामा उनको निधनले नेपाली राजनीतिमा अपूरणिय क्षति गरेको उनले बताएका छन् । 

‘प्रदीपजी, छिटै छोडेर जानुभो! अहिलेको भीषण वैचारिक खडेरीमा हाम्रो सहकार्य/सहयात्रा झन् आवश्यक थियो । टोखाको हार्मोनी हाउजिंगमा सँगै बसेर यो वैचारिक खडेरी चिर्न सहकार्य गर्ने हाम्रो सल्लाह पूरा हुन पाएन । तपाईंले राजनीतिमा गहन वैचारिकी र त्यागको जुन मानक छोड्नुभएको छ त्यो सधैं रहिरहनेछ!,’ डा. भट्टराइले भनेका छन् । 

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष कतथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले स्व. गिरीलाई समाजवादी चिन्तकको रुपमा स्मरण गरेका छन् । 

‘नेपाली कांग्रेसका नेता, सांसद तथा समाजवादी चिन्तक प्रदीप गिरिको शनिबार राति उपचारको क्रममा निधन भएको खबरले अत्यन्त दुःखी बनाएको छ । दिवंगत नेता गिरिप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु,’ नेपालले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्यालको आक्रमणबाट १३ जना घाइते, २ जनालाई काठमाडौँ ल्याईयो पटका पड्काउने क्रममा ६ वर्षीय बालक घाइते साफ च्याम्पियनसिप फाईनल: प्रति गोल १ लाख पुरस्कार प्रदान गर्ने गरिमा विकास बैंकको घोषणा आजको खेलमा साम्बालाई अर्को इतिहास बनाउने मौका प्रधानमन्त्री ओली मंसिर १७ गते चीन जाने, बिआरआईमा हस्ताक्षर गर्ने राजेन्द्र महतोको दाबी- रविको मुद्दा बार्गेनिङमा टुंग्याउन खोजिँदैछ एनपीएलका लागि अहिलेसम्म अनुबन्ध भए १८ विदेशी खेलाडी, कुन टिममा जोडिए कुन विदेशी खेलाडी? नेपाल र बंगलादेशबीचको फाइनल खेल काठमाडौं महानगरले तीन ठाउँबाट लाइभ गर्ने भाइटीकाका दिन पनि केही स्थानमा वर्षाको सम्भावना छ : मौसम विभाग रवि लामिछानेको बयान अन्तिम चरणमा, आज सक्ने तयारी देश कसरी डुब्दैछ सिंहदरबार वैद्यखाना हेरे पुग्छ : बालेन प्रचण्डप्रति बाबुरामको अर्को कटाक्ष, ‘माओवादी’को नाम फेरेर ‘प्रचण्डपन्थी’ राख्न सुझाव आज बुधबार तोलामा २२ सयले बढ्दै सुनको मुल्यमा फेरी नयाँ कीर्तिमान! नेपाल र बंगलादेशबीचको फाइनल खेल हेर्न टिकट काट्नेहरु बिहानैदेखि लाइनमा नेपाल र बंगलादेशको फाइनल खेल हेर्न आज प्रधानमन्त्री ओली रंगशाला जाने नारायणहिटी गेट अगाडि रमेश दुलालले गरे ‘२१औँ काग सम्मेलन’ (भिडियो हेर्नुहोस्) कर्णाली याक्सको हस्पिटालिटी पार्टनरमा ‘हिल्टन’ यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर साफ महिला च्याम्पियनसिपमा उपाधिका लागि आज नेपाल र बंगलादेश खेल्दै स्कटल्याण्डमाथि नेपाल पाँच विकेटले विजयी