१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लोसपाका नेतासहित २ जना भारतीय प्रहरीको नियन्त्रणमा

५ भाद्र २०७९, आईतवार ०८:२१

भदौ ५, धनुषा | मानव तस्करीको आरोपमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेतासहित दुई जनालाई नेपाल–भारत सीमा नाकाबाट भारतीय प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १६ बस्ने लोसपा नेपालका नेता अमर पंजियार र परिचय खुल्न नसकेका अर्का एकजना रहेको भारतीय सिमा सुरक्षा बलले जनाएको छ ।


उनीहरुलाई भारत–नेपाल सीमामा तैनाथ रहेको ४८ औं बटालियन जयनगर एसएसबी बोर्डर अन्तर्गत पिपरौन क्याम्पका जवानहरूले सीमा क्षेत्रबाट पक्राउ गरेको जनाइएको छ । बा २१ च ७१२८ नम्बरको गाडीमा ८ वर्षीया एक बालिकालाई भारतबाट नेपालतर्फ ल्याइरहेको अवस्थामा शुक्रबार राति उनीहरुलाई भारतीय एसएसबीका जवानले नियन्त्रणमा लिएको जनाइएको छ ।  शंकाको आधारमा चेकजाँच गर्दा उनीहरु पक्राउ परेका हुन् ।  नाबालिकालाई भने हरलाखी थानास्थित भारतीय प्रहरीको जिम्मा लगाइएको छ ।

उनीहरुले ती बालिकालाई काम लगाउन भारतको विहारस्थित मधुवनी जिल्लाको बाँसोपट्टी गाउँबाट आफ्नो घर लगिरहेको चाइल्ड लाइन सब सेन्टर जयनगरकी सबिता देवीले जानकारी दिइन् । घटनाबारे थप अनुसन्धान सुरु गरिसकिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण