१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तपाइँको आजको दिन कस्तो रहला? थाहा पाउनुहोस आजको राशिफलबाट !

७ भाद्र २०७९, मंगलवार ०५:०९

आजको पात्रोः आज ७ भदौं, २०७९, मंगलबार । तद्नुसार अगष्ट महिनाको २३ तारिक २०२२ । भाद्रकृष्णपक्ष एकादशी, आज एकादशी व्रत हो । आजको एकादशीलाई अजा एकादशी भनिन्छ । एकादशी तिथि हिजो पनि थियो, तर व्रत चाहिँ आज परेको छ । एकादशीको दिन व्रत बस्नेहरुले भोजन ग्रहण गर्दैनन । एकादशीको दिन चामलबाट बनेको परिकार निषेध गरिएको छ । आज एकादशी तिथिले केवल सूर्योदयलाई मात्र छोएको छ । विहान ६ः२२ सम्म मात्र एकादशी त्यसपछि द्धादशी तिथि लागेको छ । आज विहान सूर्योदय ५ः३९ र सूर्यास्त ६ः३६ सम्ममा हुनेछ । बालब करण, आद्रा नक्षत्र, सिद्धि योग, चन्द्रमा मिथुन राशिमा रहेको छ । आजको देवता गणेश र ग्रहदेव मंगल रहेको छ । आजको दिन निकै शुभ दिन रहेको छ । मंगलबारको दिा गणेश, हनुमानको आरधना गर्ने दिन हो । ग्रहदेव पनि मंगल भएकाले आजको दिन अवस्य गणेशको आरधना र गणेश मन्दिरको यात्राले मनोबाञ्चित फल प्राप्त हुनेछ ।

आजको राशिफल ः

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)

मेष राशि भएका जातकका लागि हरेक मंगलवार मनमा प्रसन्नता छाउने छ । धनलाभ, स्वास्थ्यमा प्रतिकुलता र विजयप्राप्त हुनेछ । शत्रुमाथिको विजयप्राप्ति हुने भएपनि आर्थिक व्याय र हानी हुने देखिन्छ । आजको दिन तपाईले बजारमा सामान खरिद गर्दा राम्रो हुन्छ । गणेशको आरधना गर्नु उत्तम हुनेछ ।  

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)

आजको दिन अध्ययन अध्यापनमा रुचि कम र मनमा चिन्ता छाउने छ ।  यदी आजको दिन यात्रा गर्न खोज्नु भएको छ भने यात्रा कष्टकर हुनेछ । यदी यात्रा गर्नै पर्ने छ भने पूर्व दिशा तर्फ फर्केर यात्रा शुरुवात गर्नुहोला । सकारात्मक सोच, र कसैसँग विवाद हुने काम र कुरा नगर्दा राम्रो हुनेछ । हुनमानको मन्दिरमा दर्शन गर्नुहोला ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)

आजको दिन मिथुन राशिका जातकहरुले आफ्नो सोचअनुसारको कुनै नयाँ काम गर्न सक्नुहुनेछ । चन्द्रमाको साथ रहेको छ, विगतमा रोकिएका र अप्ठारा कामहरु समेत समाधान हुँदैन जानेछन् । अर्थलाभ र अध्ययन अध्यापनमा समेत सफलता मिल्नेछ । कसैसँग वैरभाव नराख्नुहोला । मनमा चिन्ता र भय छ भने त्यो हटदै जानेछ । विहान सूर्योदयको दर्शन गर्नुहोला । कुनै नयाँ योजना बनाएर काम गर्नुहोला । 

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)

तपाईको लागि आजको दिन अनुकल देखिन्छ । धनप्राप्तिको योग बनेको छ । नयाँ वस्त्र खरिद गरेर लगाउन सक्नुहुनेछ । आफन्त र मित्रजनबाट साथ सहयोग पाउनुहुनेछ । विगतमा तपाईप्रति राग राख्ने मित्रहरु समेत तपाईलाई सम्मानका शब्दहरु प्रयोग गर्नेछन् । कसैलाई दिनुभएको धन फिर्ता हुनेछ । तपाईको मनमा खुसियाली छाउने छ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)

आजको दिन तपाईले घर परिवार र मित्रहरुसँग अनावश्यक विवाद नगर्नु होला । लामो दुरीको यात्रा पनि नगर्दा वेश हुनेछ । स्वास्थ्यमा प्रतिकुल असर र आर्थिक व्यय हुने संभावना बढी छ । अध्ययन अध्यापनको काममा बाधा उत्पन्न हुनसक्छ । तपाईले विश्वास गरेको मित्रबाट तपाईलाई धोका हुनसक्छ । मौन र आफनो काममा मात्र ध्यान दिनुहोला ।  

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)

दाम्पत्य जीवनमा सुख, समृद्धि हुँदै जानेछ । मंगलवारका दिन कुनै नयाँ काम शुरुवात र मान सम्मान समेत मिल्नेछ । तपाईले गरेको कामको मान सम्मान र व्यबसायमा समेत सोचेभन्दा बढी फाइदा हुनेछ । आजको दिन तपाईले केही कन्याहरुलाई फलफूल उपहार दिनु भयो भने तपाईको मनमा प्रशन्नता छाउनेछ।

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)

आजको दिन समय त्यति अनुकुल देखिदैन । अनावश्यक यात्रा र अनावश्यक खर्च ब्यबभार बढ्ने छ । आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला । परिवारका सदस्यहरुमा समेत स्वास्थ्य समस्या हुनसक्छ त्यसैले आजको दिन तुला राशिको जातकहरुले कुनै पनि काम गर्दा ध्यान दिनुहोला । तपाईले सोचअनुसार काम नहुँदा मनमा उल्टो चिन्ता छाउने छ । 

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)

ब्यापार ब्याबसायबाट लाभ हुनेछ । स्त्रीजतिको साथ सहयोग मिल्नेछ । घरबाट बाहिर निस्कदा आमा, श्रीमति, छोरीहरुलाई जानकारी दिएर काममा निस्कनु भयो भने आजको दिन तपाईको कार्य सफलता मिल्नेछ । आजको दिन मित्रहरुसँग भेट गर्दा लाभकारी कार्ययोजना बन्नेछन् । सरकारी काममा अवरोध आएको छ भने आजको दिन जानु भएमा काम छिटो हुनसक्छ । 

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) 

तपाईले गरिरहनु भएको काममा सफलता मिल्नेछ । तपाईलाई साथ सहयोग दिने कुनै एकजना मित्र र आफन्तलाई आजको दिन भेट गर्नुभयो भने तपाईलाई सकारात्मक उर्जा भरिनेछ । आजको दिन नजिकको मठ मन्दिर वा घरका जेष्ठ सदस्यलाई केही उपहार दिनु राम्रो मानिन्छ। गणेश, हनुमान मन्दिरमा गएर लड्डु चढाउने र मन्दिर वरिपरी भाग्न बसेका ब्यक्तिलाई खान दिनुहोला ।  

मकर भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)

मकर राशिका जातकले आजको दिन अध्यात्मिक कार्य गर्दा मनमा प्रसन्नता छाउने छ । तपाईले आज आफ्नो बसोबास भएके स्थानमा रहेको मठ मन्दिर वा देवीको मन्दिरको दर्शन गर्दा तपाईले उत्साह प्राप्त गर्नसक्नुहुन्छ ।  आजको दिन हुनमानको दर्शन र हुनमान चालिसा पाठ गर्ने वा सुन्ने मात्रले पनि तपाईलाई उर्जा थप हुनेछ ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)

स्वास्थ्यमा ध्यान दिनुपर्ने र यात्रा गर्नुभन्दा पहिले पूवै तयारी गर्नुहोला । आकस्मिक समस्या र मनमा अशान्त छाउने छ । तपाईले सोचअनुसारको काममा कठिनाई हुनेछ । यदी व्यापार ब्यबसायमा हुनुहुन्छ भने धैर्यपूर्वक कार्य गर्नुहोला । आजको दिन तपाईले बालकलाई भोजन गराउनु भएकामा मनमा शान्ति मिल्नेछ । 

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)

दाम्पत्य जीवनमा सुख प्राप्तिका लागि परिवारका सदस्यहरुसँग यात्रा गर्नुहोला । मंगलवारको दिन घरमा गणेश मन्दिरमा गएर लड्डु चढाएर घरमा छोरा वा छोरीलाई दिनुभयो भने घरका सदस्यहरु बीच सम्बन्ध सुमधुर हुनेछ । आकस्मिक धनलाभ व्यापार ब्यबसायबाट नसोचेको फाइदा मिल्नेछ । शिवालय र देवालय यात्राले मनमा हर्ष छाउने छ । आजको दिन योजनाबद्ध ढंगले काम गर्नुहोला ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण