२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दिमागलाई स्वस्थ राख्न खानुहोस् यी ५ ड्राई फ्रुट, दिमाग तेजिलो हुन्छ

२०७९, ७ भाद्र मंगलवार ०७:४२

काठमाडौँ | स्वस्थ हुनु भनेको शारीरिक रूपमा मात्र स्वस्थ रहनु होइन, मानसिक स्वास्थ्य बलियो हुनु पनि अति आवश्यक हुन्छ । तर अहिलेको समयमा हामीमध्ये अधिकांशले चिन्ता, तनाव, डिप्रेसन, स्मरणशक्ति घट्ने जस्ता समस्याहरूको सामना गरिरहेका छौं । यसको एउटा प्रमुख कारण भनेको तपाईंको खानपान राम्रो नहुनु हो । त्यसैले मानसिक स्वास्थ्य सुधार गर्नका लागि आहारमा केही स्वस्थकर खानेकुराहरू समावेश गर्नुपर्छ । के तपाईंलाई थाहा छ ? केही ड्राई फ्रुटको सेवन मस्तिष्कका लागि निकै फाइदाजनक साबित हुन सक्छ । ड्राई फ्रुटको सेवनले दिमागलाई तीखो मात्र बनाउँदैन, मानसिक स्वास्थ्य र स्मरणशक्ति बढाउन पनि मद्दत गर्छ । कुन ड्राई फ्रुट्स मस्तिष्कका लागि फाइदाजनक हुन्छ भन्ने जान्नको लागि एक भारतीय सञ्चार माध्यमले क्लिनिकल न्यूट्रिशनिस्ट तथा डाइटिशियन गरिमा गोयलसँग कुरा गरेको छ ।

१. सुकेको खुर्पानी

सुकेको खुर्पानीमा प्रशस्त मात्रामा पोषक तत्व हुन्छ । यसमा डाइट्री फाइबर, पोटासियम, आइरन, नियासिन, आइरन र भिटामिन ई जस्ता आवश्यक पोषक तत्वहरूमा प्रशस्त पाइन्छन् । यो मानसिक स्वास्थ्य सुधार गर्न धेरै उपयोगी छ ।

२. बदाम (एल्मण्ड)

हामी सबैले बाल्यकालदेखि सुन्दै आएका छौँ कि बदाम खाँदा दिमाग तेजिलो हुन्छ । बदाममा रिबोफ्लेभिन र एल(कार्निटाइन हुन्छ, जसले कग्निटिभ डिक्लाइनको जोखिम कम गर्छ । भिजाएको बदाम दैनिक ५(६ वटा खानु  मस्तिष्कका लागि निकै फाइदाजनक हुन्छ ।

३. ओखर

ओखरलाई मस्तिष्कको खाना भनिन्छ । ओखर खानु मानसिक स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । ओखरमा फाइबर, प्रोटिन, क्याल्सियम, म्याग्नेसियम, आइरनजस्ता आवश्यक पोषक तत्वहरू प्रशस्त मात्रामा पाइन्छन् । साथै, ओखर फस्फोरस, कपर, ओमेगा ३ फ्याटी एसिडको उत्कृष्ट स्रोत हो । ओखर दिनदिनै खानुपर्छ ।

४. छोगडा

छोगडामा क्याल्सियम, सोडियम, फस्फोरस, म्याग्नेसियम, पोटासियम र जिंक, आइरनका साथै थायामिन, रिबोफ्लेभिन, नियासिन, फोलेट, भिटामिन ए, बी६ र भिटामिन के जस्ता आवश्यक भिटामिन र खनिजहरू प्रशस्त मात्रामा पाइन्छ । दैनिक छोगडाको सेवनले मानसिक स्वास्थ्यमा सुधार ल्याउन मद्दत गर्छ ।

५. अन्जिर

अन्जिर खाँदा दिमाग तेज हुन्छ । त्यसैले बच्चाहरूलाई अंजिर खुवाउन सल्लाह दिइन्छ, ताकि तिनीहरूको मस्तिष्कको विकास राम्रो होस् । साथै, यसले स्मरणशक्ति बढाउन पनि मद्दत गर्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा