२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दिमागलाई स्वस्थ राख्न खानुहोस् यी ५ ड्राई फ्रुट, दिमाग तेजिलो हुन्छ

७ भाद्र २०७९, मंगलवार ०७:४२

काठमाडौँ | स्वस्थ हुनु भनेको शारीरिक रूपमा मात्र स्वस्थ रहनु होइन, मानसिक स्वास्थ्य बलियो हुनु पनि अति आवश्यक हुन्छ । तर अहिलेको समयमा हामीमध्ये अधिकांशले चिन्ता, तनाव, डिप्रेसन, स्मरणशक्ति घट्ने जस्ता समस्याहरूको सामना गरिरहेका छौं । यसको एउटा प्रमुख कारण भनेको तपाईंको खानपान राम्रो नहुनु हो । त्यसैले मानसिक स्वास्थ्य सुधार गर्नका लागि आहारमा केही स्वस्थकर खानेकुराहरू समावेश गर्नुपर्छ । के तपाईंलाई थाहा छ ? केही ड्राई फ्रुटको सेवन मस्तिष्कका लागि निकै फाइदाजनक साबित हुन सक्छ । ड्राई फ्रुटको सेवनले दिमागलाई तीखो मात्र बनाउँदैन, मानसिक स्वास्थ्य र स्मरणशक्ति बढाउन पनि मद्दत गर्छ । कुन ड्राई फ्रुट्स मस्तिष्कका लागि फाइदाजनक हुन्छ भन्ने जान्नको लागि एक भारतीय सञ्चार माध्यमले क्लिनिकल न्यूट्रिशनिस्ट तथा डाइटिशियन गरिमा गोयलसँग कुरा गरेको छ ।

१. सुकेको खुर्पानी

सुकेको खुर्पानीमा प्रशस्त मात्रामा पोषक तत्व हुन्छ । यसमा डाइट्री फाइबर, पोटासियम, आइरन, नियासिन, आइरन र भिटामिन ई जस्ता आवश्यक पोषक तत्वहरूमा प्रशस्त पाइन्छन् । यो मानसिक स्वास्थ्य सुधार गर्न धेरै उपयोगी छ ।

२. बदाम (एल्मण्ड)

हामी सबैले बाल्यकालदेखि सुन्दै आएका छौँ कि बदाम खाँदा दिमाग तेजिलो हुन्छ । बदाममा रिबोफ्लेभिन र एल(कार्निटाइन हुन्छ, जसले कग्निटिभ डिक्लाइनको जोखिम कम गर्छ । भिजाएको बदाम दैनिक ५(६ वटा खानु  मस्तिष्कका लागि निकै फाइदाजनक हुन्छ ।

३. ओखर

ओखरलाई मस्तिष्कको खाना भनिन्छ । ओखर खानु मानसिक स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । ओखरमा फाइबर, प्रोटिन, क्याल्सियम, म्याग्नेसियम, आइरनजस्ता आवश्यक पोषक तत्वहरू प्रशस्त मात्रामा पाइन्छन् । साथै, ओखर फस्फोरस, कपर, ओमेगा ३ फ्याटी एसिडको उत्कृष्ट स्रोत हो । ओखर दिनदिनै खानुपर्छ ।

४. छोगडा

छोगडामा क्याल्सियम, सोडियम, फस्फोरस, म्याग्नेसियम, पोटासियम र जिंक, आइरनका साथै थायामिन, रिबोफ्लेभिन, नियासिन, फोलेट, भिटामिन ए, बी६ र भिटामिन के जस्ता आवश्यक भिटामिन र खनिजहरू प्रशस्त मात्रामा पाइन्छ । दैनिक छोगडाको सेवनले मानसिक स्वास्थ्यमा सुधार ल्याउन मद्दत गर्छ ।

५. अन्जिर

अन्जिर खाँदा दिमाग तेज हुन्छ । त्यसैले बच्चाहरूलाई अंजिर खुवाउन सल्लाह दिइन्छ, ताकि तिनीहरूको मस्तिष्कको विकास राम्रो होस् । साथै, यसले स्मरणशक्ति बढाउन पनि मद्दत गर्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो