१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जापानमा युवाहरूलाई धेरै रक्सी पिउन सरकारको अनुरोध !

७ भाद्र २०७९, मंगलवार ०८:२७

भदौ ७, काठमाडौँ | धूम्रपान तथा मद्यमान स्वास्थ्यका लागि हानिकारक हुने हुनाले सरकारले आफ्ना जनतालाई त्यसको लतबाट टाढा राख्न चाहन्छन् । तर, जापान सरकारले भने आफ्नो देशका युवाहरूलाई बढीभन्दा बढी मदिरा पिउन अपिल गरेको छ ।

मदिराको बिक्री घट्न थालेपछि बिक्री बढाउन जापान सरकारले साका भिभा नामक अभियान सुरु गरेको हो । जापानको राष्ट्रिय कर एजेन्सीले सुरु गरेको उक्त अभियान अन्तरगत २० देखि ३९ वर्ष उमेरका युवाहरू मदिरा उद्योगको पुनरुत्थानका लागि नयाँ अवधारणाका साथ अगाडि आउने अपेक्षा गरिएको छ ।


उक्त अभियानमा युवाहरूलाई जापानी सेक, शोचु, ह्वीस्की, बियर तथा वाइनको खपत बढाउने व्यवसायिक योजनासाथ अगाडि आउन अनुरोध गरिएको छ ।

एजेन्सीका अनुसार जापानमा घट्दो जन्मदर, बढ्दो पाको जनसंख्या तथा कोरोना भाइरस महामारीका कारण मदिराजन्य पेय पदार्थको खपत घटिरहेको छ ।

सरकारको पछिल्लो अभियानले युवाहरूलाई मदिराजन्य पेय पदार्थलाई युवा पुस्तामाझ प्रवर्द्धन गर्नका लागि व्यवसायिक योजनासाथ अगाडि आउन उत्प्रेरित गर्ने विश्वास छ ।

आम मानिसमा मदिराको सेवन बढाउन सहयोग गर्नका लागि आर्टिफिसियल इन्टेलिजेन्स तथा मेटाभर्सलगायतका अत्याधुनिक प्रविधिको प्रयोग समेत गरिने कर एजेन्सीको भनाइ छ ।

तथापि युवाहरूमा मदिराको सेवन बढाउने सरकारी अभियानप्रति आम जापानीहरूको प्रतिक्रिया उतिसारो उत्साहप्रद भने छैन ।

जापानमा युवापुस्ताले उनीहरूको अभिभावक पुस्ताले भन्दा कम मद्यमान गर्ने गरेका छन्ज, जसका कारण मदिराबाट उठ्ने करमा निकै कमी आएको छ ।

कर एजेन्सीको रिपोर्ट अनुसार जापानीहरूले खपत गर्ने मदिरा सन् १९९५ को तुलनामा सन् २०२० मा घटेको छ । हरेक जापानी वयस्क व्यक्तिले सन् १९९५ मा औसतमा वार्षिक १०० लिटर मदिरा पिउने गरेकोमा सन् २०२० मा ७५ लिटरमा झरेको छ ।

मदिराको खपत घटेसँगै मदिराबाट उठ्ने करको रकममा पनि कमी आएको छ । सन् १९८० मा जापान सरकारले संकलन गर्ने कुल वार्षिक करमा मदिराको करको हिस्सा ५ प्रतिशत रहेकोमा हाल त्यो घटेर १.७ प्रतिशतमा झरेको छ ।एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण