१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भित्रिवस्त्रमा पेस्ट गरेको अवैध सुनसहित विमानस्थलबाट भारतीय नागरिक पक्राउ

७ भाद्र २०७९, मंगलवार ११:११

भदौ ७, काठमाडौँ | अवैध तरिकाले ल्याएको सुनसहित प्रहरीले एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ।

काठमाडौं उपत्यका अनुसन्धान कार्यालयको टोलीले भारतको पश्चिम बिहार राज्य घर भएका ३४ वर्षीय विकास महाजनलाई नियन्त्रणमा लिएको कार्यालयका एसपी कृष्ण कोइरालाले जानकारी दिए।


उनी सोमवार दिउँसो दुबई हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएका थिए। विमानस्थलबाट बाहिरिएका महाजनलाई  सिनामंगल गोल्डेन गेट नजिक रहेको ट्याक्सी पार्किङबाट नियन्त्रणमा लिइएको थियो। उनले लगाएको सेण्डोमा ४ सय ८ ग्राम सुन पेस्ट गरेर ल्याएका थिए।

त्यस्तै, अन्डरवेयरमा ३६९ ग्राम सुन त्यसै गरी नै ल्याएको प्रहरीले जानकारी दिएको छ।

उनको साथबाट जम्मा ७७७ ग्रामको सुन बरामद भएको एसपी कोइरालाले जानकारी दिए। उनले सुन दुबईबाट भारत लैजान लागेको प्रहरीको अनुसन्धानमा खुलेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण