भदौ ८, काठमाडौं | विराटनगर महानगरपालिका–१२ मल्हन्वा टोलमा गोपाल राजवंशी र राजकुमार कामतको समूहबीच झडप भएको छ । दुई समूहको फाइटमा १० जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ ।

पुरानो रिसिइबीका कारण दोहोरो झडप हुँदा राजकुमार गम्भीर घाइते भएका हुन् । उनको न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ । अन्यको कोसी अस्पतालमा उपचार भइरहेको छ ।
कुटाकुट हुँदा अजय राजवंशी, सञ्जीव राजवंशी, मन्जित राजवंशी, गणेश राजवंशी र धनपथ राजवंशी घाइते भएका हुन् ।उनीहरू राजवंशीको समूहका हुन् ।
कामततर्फका राजकुमारसहित दिनेश कामत, राजु कामत, सञ्जय कामत र काली कामत घाइते भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले घटनाको अनुसन्धान भइरहेको बताए ।